कविता : जलाएर कविता

~अनुप जोशी~Anup Joshi

वस्त्रविहिन सडके बालकहरुका यौनाङ्ग
जस्तै
ताराहरु फर्फराईरहेकै हुन्छन् आकाशमा
बादल र चन्द्रमा ???

यिनीहरुको चैँ हुने/नहुने
कुनै भर छैन ।

म यो समय
रातभरी ऐँठन भएर
छटपट्टिन्छु
र
असह्य मनोअवस्थामा
हरेक पल्ट
लेख्न बस्छु कविता
(अवचेतन मनको सहज निकास लेखन नै रहेछ)
खै के के हो के के कुरा
कानभित्र
अड्किएको किरा जस्तै
भुनभुनाईरहन्छ
मेरो मष्तिष्कमा

-घरको कुरा गरीबिको कुरा
-देशको कुरा अन्यायको कुरा
-विश्वको कुरा भुमण्डलीकरणको कुरा
-मान्छेको कुरा
विश्वासघातको कुरा

यी सबैको
कर्कश चिच्याहटमा
तयार
हुन्छ मेरो कविता

तर नछापिदै
भोलिको खवरपत्रिकामा
मैले तेसलाई
जलाईदिनुपर्ने हुन्छ

किनकी
हामी हिँसा चाहँदैनौँ
र त्यो कविताले
कि त सबै शाषकहरुको
सामूहिक
हत्या गराउँछ

कि त गराउँछ मेरा प्रिय पाठकहरुकै
आत्महत्या !

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.