गजल : पिउनलाई आउँछु पक्का

~गोविन्द रावत~Gobinda Rawat

तिमी त हौ पानीको मूल, पिउनलाई आउँछु पक्का ।
अधूरो छ फूलको माला , सिउनलाई आउँछु पक्का ।।

आधा जीवन जिईसके आधा बाॅकि नै छ
बाॅकी जीवन तिमी सितै ,जिउनलाई आउँछु पक्का ।।

हेर मनु कति कुरा खोल्न भने बाॅकी नै छ ।
दबिएका मनका वात ,खोल्नलाई आउँछु पक्का ।।

मनका भाव छचल्किई , दिन्छन दुख दिलमा मेरो
खोज्दै तिम्लाई तिम्रो समीप ,बोल्नलाई आउँछु पक्का ।।

मैले आफ्नो ठान्दाठान्दै, तिम्ले पराई ठाने पनि
तिम्रो मेरो प्रेमको गीत, गाउनलाई आउँछु पक्का ।।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.