ढोका बाहिर चिटिक्क परेर उभ्भिएको मानिस देखेर सोधेँ – “केही काम थियो कि?”
उसले भन्यो – “हजुर म भिखारी भिख माग्न अा’को।”
अचम्म लागेर उसलाई तल देखि माथिसम्म हेरेँ। ऊ निष्पृह उभीईरह्यो भित्र गएर एउटा कचौरामा चामल लिएर निक्लेँ, झोला थाप्ला कि भनेर सोधेँ – “भाँडो खोई त?”
“हजुर म त उत्तर अाधुनिक भिखारी, कमण्डलु पनि दातासँगै लिने हो।”
सौराहाद्वार, रत्ननगर, चितवन
२०७४ भाद्र २० गते
(स्रोत : रचनाकार स्वयम्ले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )