~निशा खनाल अर्याल~
समय परिवर्तनशिल छ । सायद त्यसैले होला ,बिहान उदाउने सुर्यले बालक कालको अनुभूति दिन्छ । सुर्योदयको न्यानो ताप जन्मदाको सानो बालकलाई काखमा लिदा,जस्तै सुन्दर गर्व र आनन्दको अनुभूति दिने गर्दछ । जीवनका तिता मिठा पलहरु संग बढ्दै गएको उमेर दिउसोको चढ्दै गएको चर्को घाम र भर्भराउदो जवानी उमेरलाई सुर्यको दिउसोको कडा तापले हामीलाई प्रत्यक्ष उदाहरण दिदै जीवनको महत्व याद गराई रहेको हुन्छ । ,
त्यसैगर…दिन ढल्दै जाने समय संग क्रमश: ढल्कँदै जाने बुढेश काललाई र अंधकार भएर सुर्यास्त हुने समयलाई मृत्यु सँग सामिप्य देखाई रहेको हुन्छ । आखिर समयले कसैलाई पर्खदैन रहेछ । जन्मनु, बढ्नु र बुड़ो हुनु प्रकृतिले हामीलाई यसरी दीइ रहेको संकेत उदाहरणीय छ । जसरी बिहान, दिउसो अनि रात्री पछी फेरी बिहान हुन्छ त्यस्तै गरि जन्मने र मर्नेको सफर ,कुनै न कुनै रुपमा फेरी अबष्य हुन्छ भन्ने हामीलाई बोध हुनै पर्छ ।
मलाई सानोको केहि कुरा अझै याद आउँछ। मेरो बाबाले ट्याक्टरमा हालेर मलाई बिराटनगर देखि राजविराज सम्म ल्याउदाको त्यो क्षण र त्यो पिडा अविस्मरणीय छ । ट्याक्टरले थातारेर शरीर भरि घाऊले फतक्कै भएको मलाई सबै परिवारले चारै तिरबाट घेरेर ,पालो गर्दै शितल दिन छाता ओढ्याउथे । मेरोलागि त्यो कढिन समय, चर्को घामले घाउलाई पिल्साउछ भन्दै मलाई नया जीवन दिन सबै चिन्तित थिए । मेरो मर्दै बाच्दै गरेको अवस्था देखेर मेरो प्राण बचाउन मेरी जन्म दिने आमाले मलाई एकै छिन पनि छाड्नु भएन । आमाले मेरो टाउकोलाई आफ्नो काखमा शिरानी दिने , घरि केश सुम सुमाउने त घरि अनुहार आफ्नो आचल्ले पुछी दिने गर्नु भयो । मेरा मुख भरिका घाउहरु कुहेर पानी पनि निल्न नसकेको अबश्थामा मेरी आमाले रुवा (कपास) भिजाई ओठलाई रसाउदै पुलु पुलु मेरो अनुहार तिर हेर्दै मेरा मायाले आफ्ना आखाबाट बलिन्द्र धारा आशु खसाल्नु भएको अहिले झैँ लाग्छ । मैले त्यो बेला जानी नजानी मेरो परिवारलाई यस्ता कति कष्ट र दुख दिए होला ।
आमाको माया,त्याग र स्नेहको बर्णन गर्न सक्दिन म, तर आफु मर्दै बाच्दै गर्ने क्रममा शरीरहरू घाउले कुइदा पनि ,बालक देखिनै मन पर्ने श्लोक , कथा, कहानी,भजनहरुले गर्दा म आमा र बाबालाई अति नै दुख दिने गर्दथे। मलाई याद छ काखमा टाउको राखेर मेरो अनुहारमा हेरेर आखा भरि आशु गर्नु हुदा मैले आमाको अनुहार तिर पुलुक्क हेरेर दुई ओठ पुरै खोल्न नसकी नसकी भने ,…आमा मलाई एउटा श्लोक सुनाउनु न, …।आमाले रुन्चे बोलीले भन्नु भयो नानी अहिले सुत्ने प्रयास गर ,एक्कै छिन भने पनि निदाउ मेरो छोरी ।एकछिनमा कथा सुनौली भनेको आज झैँ लाग्छ ।
म बानीको जिद्धि भएकीले सुनाउँन लगाएरै छाड्थे। बाबा मलाई एउटा कथा सुनाउनु ..। .मेरो जिद्धिको अगाडी केहि लाग्दैन थियो र बाबाले जहिले पनि एका देशमा एउटा राजा थिए भनेर मात्र पुरुषको बर्णन उनीहरुको नै धाक,धम्कि ,शान बुद्धिमान र साहस, शिकार गर्न माहिर यस्तै यस्तै,,कुनै बेला बीर सिपाहीका कथाहरुको बारेमा सुनाउनु हुन्थ्यो । घरका हजुर बुवाहरु यस्ता थिए उनीहरुलाई देखेर गाउमा वर पर निस्कदा पनि डरले सबै थुर थुर हुन्थे,केटा केटीहरु छेउ नै पर्दैन थे अनेकौ किसिमका पुरुष सार्थक कथाहरु,त्यो बेला मलाई सुन्दा निकै चासो लाग्दथ्यो तर बाबालाई भन्थे जहिले पनि राजा र मात्र पुरुषको बर्णन,?
किन र उनका रानीहरु चाही हात बानेर बस्दथे , केहि गर्न सक्दैनथे र ? के रानी बिना राजाले देशको साशन एक्लै चलाउथे र ? यस्तो कथाले मलाई सधै नारीले पनि त केहि गर्न सक्छन नि । नारी बिना पुरुषले के पो गरि हल्लान र ?,उनिहरुको जीवनमा कसरी नारी बिना शुखको अनुभूति होला र ? घरका काम देखि लिएर ,खेतीपाती बाग बगैचा नोकर चाकर उनिहरुका चाकडी खानपिन,सफा लुगा , बच्चाहरुको हेरचाहरु यस्तै यस्तै , कसले गरि दिन्थ्यो त् ?भन्ने अनेकौ किसिमका भाव भित्र देखि प्रकट हुने गर्दथ्यो तर आज आएर यसो विचार गर्दा यो समाज पुरुष प्रधान हो भन्ने भएर सायद यस्ता धेरै कथाहरु भएका हुन् कि भन्ने मलाई भान हुन् थाल्छ । म त्यति खेर बालक अवस्थाको मस्तिष्क भएर होला त्यस्तै खालका कथाहरु सुनाउदा पनि चाख मानेर सुन्ने र महिलाको अस्तित्व किन नभएको होला भनेर सोच्न बाध्य हुन्थे । आफुले समय अलि कति पनि देख्यो कि कथा सुनाऊन ,श्लोक सुनाउनु ,भजन सुनाउनु भनेर दिक्क लगाउथे आफु भन्दा ठुला र आमा बालाई ।
समयको परिबर्तन संगै म पनि बढ्दै गए । स्कुल जाने,घरमा आउने रात पर्यो कि दिनभरी थाकेको आमा, बाबालाई कथा सुनाउनु भनेर दिक्क लगाउन छाडिन मैले । ,खानको भोको भन्दा कथा,कहानीको भोको म । जति नै ठुलो हुदै गए पनि मेरो स्वभाव भने कथा सुन्न बाट कहिले परिवर्तन भएँ न । एक दिन आमाले यसरी सधै दिक्क लगाएको देखेर हो वा धेरै छोरा छोरीको चाकडी गर्दा थाकेर हो ,झर्किदै ,रिसाउदै भन्नु भयो हेर नानी त् ठुली भएर कस्ती हुन्छेस,खै ! त् छोरी जात पराइ हुने बिबाह गरेर हामीले अरुलाई सुम्पिनु पर्ने । त्यसैले तिमीहरुले घरको काम सिक ,जसले गर्दा भोलि घरमा फलानोको छोरी केहि नाउने बेगरु रैछे नभनुन, ।
मलाई पढन अति नै मन लाग्ने र ठुलो भएर केहि बन्छु, कथा कहानी जीवनको,नारीको बारेमा केहि लेख्छु भन्ने लागेर पढन बस्दा पनि काम धेरै गर्नु पर्ने ,यता गर उता गर ,भन्दै समय जान्थ्यो,तर आफु भन्दा ठुलो दाजु भाइलाई कहिले काम नगाउने पढेर अफिसर हुन् ,ठुलो मान्छे बनुन भनेर पढन जा ,यता नाइज, बैनीहरुले गर्छन यो काम भन्नु हुन्थ्यो । एक दिन असाय भएर झंकिदै , फ़त्फ़ताउदै आँगन बढार्दै आमालाई भने मलाई यस्तो लाग्छ कि हजुरले छोराहरुलाई मात्र जन्माउनु भएकोले होकी? उनीहरुलाई मात्र माया गर्नु हुन्छ नि? उसो भए म त् मर्ने लागेको थिए किन दुख कष्ट झेलेर बचाउनु भयो,? के छोराहरु मात्र हजुरको सन्तान हुन् र ?
आमालाई यस्तो कठोर तिखो झर्किदै नमिठो बोलीले हिर्दयमा चोट पुगेर मुटु भित्र बाण झैँ बिझाएर होला आँखा भरि आँशु गर्दै भन्नु भयो हेर छोरी त कति फ़त्फ़ताउछेस् पछि ठुली भएर कस्ती हुन्छेस कुन्नि ? अहिले सानो छौ तिमीहरुले हामी बुढा बुढी आमा बाबालाई छाडेर पराइने हुने जात हौ ,तर त्यो बेला हाम्रो साथमा यिनै छोराहरु बाहेक को नै हुनेछ र? जसले हाम्रो रेख देख हेरचाह गर्ने र बुढेश कालमा यिनीहरुको भरमा जीवन बाच्नु पर्छ । आज पनि मेरो मानसपटलमा यस्ता आमाले भन्नु भएको कुराहरु घरि घरि गुन्जीने गर्दछ । किन होला हामीलाई यति छिटो आफ्नो कलेजोको टुक्रा भएर पनि टाडा ? आमा पनि छोरी भएर आफु टाढिनु परेको ब्यथा र कथाले हो कि ?
मलाई लाग्यो कि हाम्रा आमाहरुको पिडा मन भित्रको चाहना कहिँ इतिहास बनेर छोपिएका त् छैनन ? नारी भित्रको अस्तित्व कतै पुरूस्वार्थरुपी अत्याचार भित्र सहेका त् छैनन ?,हो त्यस्तै भान आज आमाले भन्नु भएको हरेक शब्दमा मलाई भई रहेछ । आमाहरुले गर्न नसकेको बलिदानको जिउदो स्वरुपलाई अब म पुरा गर्छु । आजको यो आधुनिक युगमा पनि नारीले मात्र गर्नु पर्ने हरेक कर्तब्य र बलिदानको इतिहासलाई म यही कलमले लेख्ने र संसार भरि चिनाउने कोशिश गर्छु ।
नारीलाई हेपेर,दबाएर ,शोषण गरेर राख्ने प्रयाश गरेको देख्दा मलाई यस्तो कुरा असयीय भएर आयो अनि आमा र बाबा खाना खान लाग्नु भएकै ठाउमा आफ्नो भातको थाल लिएर छेउमा गएर बसे ,र भने हेर्नुस आमा, बुवा, छोराले यो गर्छ छोराले त्यो गर्छ ,हामीलाई पाल्छ ,मृत्यु बाट तार्छ यस्ता कुरा गरेर एउटा कोखबाट जन्माउनु भएको सन्तान हामी ,हाम्रो माया संग नटाढिनु,छोराको झैँ हरेक दुख शुखमा काधमा काध हाल्न आउने छौ हामी ,… हेर्नु होला जुन काम छोराले गर्न सक्दैन ,त्यो काम हामी छोरीले गरेर देखाउने छु ,छोरा भन्दा पनि धेरै माया हजुरहरु दुबैले हामी छोरी संग महसुस गर्नु हुनेछ , म हजुरको शुख दुख, आराम बिराम पर्दाको आखाको सहारा, हुनेछु ।
आमाले मुसुक्क मुस्कुराउदै भन्नु भयो ,हेर छोरी जे भए पनि छोरा संगमा हुने र छोरी टाढिएका ….,जसरी म टाढिएको छु । मलाई हेर ! के मलाई मेरो आमा बाबाको माया लाग्दैन र ? मन छ माया छ तर पनि मेरो शरीर उनीहरु संग टाढिएको छ । मेरो बिबशता भनेको यही नै हो । आमाले भनेको कुरा कता कति एक अर्थमा ठिकै झैँ पनि थियो तर बुवाले भने केहि भन्नु भएँन मेरो प्रश्न सुनेर मौन हुनु भयो । गम्भीर हुनु भयो । सायद बुवालाई पछिको अबस्था कसले के जानेको छ र भन्ने लागेर पो हो कि ?
आमालाई मैले फेरी आफ्नो कुरा राख्दै भने ।जब हजुरहरुलाई कढिन अबश्था आउछ ,जुन बेला हामीले हेरचाह गर्नु पर्ने हुन्छ,हजुरहरुलाई हाम्रो आश्यकता पर्छ रोगी भएको बेला सेवा गर्नु पर्ने बेलामा ,दुख पर्दा खुशी दिन ,हजुरहरुको हेरेक चाहना पुरा गर्न हजुरहरुको ओठमा मुस्कान दिन हामी छोरी अगाडी उभिएका हुनेछौ आमा ।
यो समाज पुरुष प्रधान भएता पनि मेरो बाबाको अनुहारमा सन्तानलाइ गर्नु पर्ने समान कर्तब्य बोध भएको आखामा झाल्की रहेको थियो ,आखिर आफुले खै के गर्न सके र भन्ने भए त् होला नि ,! हो आज आएर म यी सबै कुरा सोच्न सक्ने भएको छु । यो संसारको इतिहास मात्र पुरुषलाई मुख्य आधार बनाएर भएको रहेछ । उनीहरुकै पुरुसस्वार्थ कथामा अडीएको रहेछ । खै किन हो त्यो बेलाको समाजमा महिला नै थिईन् कि? कि मात्र महिला उनिहरुको मनोरन्जनको साधन मात्र थिए । वा नारीलाई एउटा चित्रण प्राणीको रुपमा मात्र लिइएको थियो ?,महिलालाई देबीको रुपमा मान्ने प्रथा भएको देखिन्छ ,के त्यो बेला महिलाको अस्तिव त्यति मात्र हो त? आफुले त्यो आज आफै महसुस गर्न सक्ने भएको छु ।
जसरी पुरुषहरु हाम्रा बाबा, हजुरबाबा काम गर्न अफिस जादा ,लाहुरे हुन् जादा ,शिकार खेल्न जादा हाम्रा आमाहरुले उठाउनु परेको पिडा ,सहनु परेको ब्यथाहरु कति थिए होला,। हो आजको यो संसारमा जसरी छोराहरु लाउर जान्थे ,जागिर खान्थे,शिकार गर्दथे आज त्यो सबै नारीहरुले पनि गर्न सक्छन त्यति मात्र हैन आज देश हाक्न पनि अघि सर्ने नारी भए । ,हो मैले बालक कालमा आफुले देखेको सपना त्यस्तै थियो म पनि दाजु भाइ भन्दा कुनै कुरामा कमि हुने छैन । मैले हरेक संधर्षका चुनौतीहरुको सामना गरे ,परि आउने अबस्था समय संग धैर्य गरे ,मेरा फूल झैँ फक्रिने जवानी संग धेरै किसिमका कष्ट,दुख,अनि संधर्ष गरे ,मेरो खाउ खाउ लाउ लाउ भने बाबा आमाको काखमा हुदा पनि खुशी जति सबै बलि दिए ,आहुति दिए मात्र आफ्ना आमाको ब्यथा र बाबाको सपना साकार पार्न नहिचकिचाई अघि बढी रहे बढी रहे ।
मैले पनि पुरुष प्रधान समाजलाई च्यालेन्ज दिएर ,अधि बढेर पुरुषले गर्न सक्ने काम म स्वयं सबै गर्न सक्छु ,गरेर देखाउछु भन्दै आफै संग बाचा गरि सुन्दर सपनाको खोजीमा पाइला चाली रहे ।
अब मैले आमाको त्यो छोरी भएर गरेको त्यागलाई आफुले साकार पार्न विभिन्न क्षेत्रहरुमा आफुले सहभागिता हुदै ,शिकार गर्न बन्दुक चलाउन थाले,खेलकुद जस्ता अनुभवहरु पनि धेरै समेटिए ,कबडी, भलिवल,ब्याडमिन्टन,टेनिस जस्ता गेमहरु खेंल्ने गर्दथे ,टेलिभिजिन, सुतिंग, फिल्म सुटिंग जस्ता कलाकारितामा पनि आफुले सहभागी भएर अनुभवहरु बटुलिन पुगे । सानो देखिनै नेपालका आर्मि, पुलिसहरुले बन्दुक बोकेर हिड्दा , आफुलाई पनि सिक्ने आत्मा सुरक्षा गर्दै आफ्नो शानलाई कसै संग नडुब्न ,….आफै संग बन्दुक भएर पनि होला शिकार खेल्न अति नै मन पराउने म ,घरका पछाडी बास धारीमा धेरै ढुकुर,परेवा आउदा दिन भरि शिकार गरेर बस्थे , शिकार कै क्रममा टाडा टाडा सम्म काधमा बन्दुक बोकेर जादा समय बितेको थाहा नै हुदैनथ्यो अनि आमाले कुनै बेला रिसाउदै भन्नु हुन्थ्यो छोरी भएर पनि के पुरुष झैँ शिकार खेल्दै हिडेको हो ।
बाहिर कति उफ्रिएको गएर ,भो खेल्न छाडेर आइज ,आमाको त्यस्तो कडा बचन लाई बाबाले समाल्नु हुन्थ्यो खेल देऊन ,उसलाई गर्न मन लागेको कुरा गर्न देऊ नत्र फेरी रिसले चुर हुन्छे र भात नखाई सुत्न जान्छे, । सायद बाबालाई म छोरी माथि अलि ज्यादै बिश्वाश थियो ।छोटा लुगा,पुरुष झैँ पाइन्ट,ट्रयाक लगाएर हिड्दा आफन्तले कस्तो छोरी बिगारेको पनि भन्न पछी परेनन तर पनि मलाई अरुले दिएको शाशन,धाक धम्कि संग डराउने नारी परिन म,मलाई आफ्नो कर्म र कर्तब्य राम्रो संग थाहा थियो । हिड्ने बाटाहरुको पहिचान थियो जसले गर्दा सुगालाई पिजडामा बन्द गरे झैँ राखेको छोरी भनेर मन पर्दैन्थ्यो । जति नै आमा रिसाउनु हुन्थ्यो उति बढी मलाई झन् इखले गरेर देखाउन मन लाग्दथ्यो, । एक दिन आमाले भन्नु भयो नानी त् छोरीलाई यस्तो गर्दै हिडेको सुहाउदैन, हेर ।
आमाको कुरामा म सहमति थिइन किन कि मलाई पनि लाग्थ्यो कि म छोराले गरेर देखाउने काम गर्न सक्छु । मैले बिस्तारै आफ्नो स्कुलको १० कक्षामा पुग्दा ,रात भरि सबै सुते पछी सानो टुकी बालेर अध्ययन गर्दथे ।साना तिना कविताहरु लेखेर साहित्य गोष्टि भएको ठाउमा भाग लिन्थे । कहिले सानो तिनो पुरस्कार,उपहार लिएर घर पनि आउथे । सानो भए पनि आफ्नो खुट्टामा उभिर पढ्ने ,जागिर खाने मनले मैले धेरै ठाउमा अफिसका ठुला पधादिकारी संग कुरा राख्दा, तिमी ड्रोंइन् सिक ,टाइप गर्न सिक हामीले काम लगाई दिन्छु भन्दा अलि कति भए पनि मलाई हिम्मत आयो अनि मैले बुझे पुरुष हरुले जागिरको लागी मात्र पढेर होइन केहि कुरा सिक्नु पर्ने पनि रैछ ,त्यस पछी एकाएक अफिसमा अपरचुनौती पाए ।
अन्तरकार्यलय ब्याडमिन्टन प्रतियोगितामा सहभागी भएर बिजय प्राप्त गर्न सके जागिर दिने रे । अनि म त्यो कार्यलयबाट भाग लिन पाउदा बिजय हुन् आफ्नो जिउ ज्यान लगाएर प्रतिष्पर्धा ब्याडमिन्टन प्रतियोगितामा सफल प्राप्त गरे । धन्यबाद थियो इश्वरलाई त्यहा जागिर खान पनि सफल भए । ,आफ्नो खुट्टामा उभिदाको त्यो पल म खुशीले रोए पनि,पहिलो मैनाको तलब मेरो आमालाई दिए ,त्यस पछी पाउने तलबले अलि कता आफुलाई सिक्न मन लागेको ड्रोइंग गर्न ,टाइप गर्न सबै सिक्नुको साथै अध्ययनमा निन्तरता दिदै आमाको कोखबाट जन्मेका छ जना दाजु भाइ ,दिदी बैनी कि म कान्छी छोरी छ जना सन्तान भएको बाबु, आमाको काधलाई हलुको गर्न मैले पनि सहयोगी हात बढाउँ लागे ।
आमा छक्क पर्दै भन्नु हुन्थ्यो हैन यसले त् अहिले देखि नै छोरा ले गर्नु पर्ने काम पो गर्न थाली …! ,त्यो बेला मेरा दाजु भाइ मात्र अध्ययन गर्दथे । आखिर छोराले गर्ने जिम्मेबारी झैँ केहि मात्रामा बाबाको काध हाल्न सफल भए । बाबालाई पनि घर परिवार चलाउन सानो जागिर हुदा केहि हलुको भएको भान मैले महसुस गरे,।यस यल सी पास गरेर आफ्नै खुट्टामा अब निर्धक्क भएर उभिन थाले । म मेरो लागी र दिदी बैनी,तथा दाजु भाइको सहयोगी पनि भए ,, मलाई लेख, रचना ,मुक्तक, किम्द्न्ति कथा, कविताहरु लेख्ने कतै कुनै घटना घटेको अबस्थामा त्यो ठाउमा पुगेर पत्रपत्रिकामा लेखेर छपाउने जस्ता कार्य गर्दै ,गीत ,निर्त्य मन पर्ने ,विभिन्न साहित्य गोष्टिमा सहभागी हुने गर्दा मैले अझै जीवनको अमुल्य अनुभूतिहरु समेट्न पाए ।
एक दिन पत्रकारको तालिमका लागी मुरारी रेग्मी सरले दिनु हुने तालिममा सहभागी हुने मौका पाए , र केहि समय सम्म पत्रपत्रिकामा लेखेर छपाउने पनि काम गरे ,यस्तो छोरी भएर पनि स्बतन्त्र हिडेको मेरो माइलो दादालाई कहिले मन परेंन । सधै घरमा आए पछी कुटुला झैँ,रिसले झाम्तिदै आउनु हुन्थ्यो । बिहान देखि हिडेकी जवान बैनी बेलुका घर फर्कदा कुन दाजुहरूलाई मन पर्ला र ?त्यै पनि आखिर पुरुष प्रधान समाज भएर होला ? नारीको स्वतन्त्रता सहन गाह्रै हुन्छ, ।
बिस्तारै ,पाटी ,सँधसंस्था ,इत्यादी सबै तिर मेरो सहभागिताले मैले कामका अप्रचुनौतीहरु धेरै पाए ,धेरै तालिमहरु प्राप्त गरे ,बिदेसिहरु संग गाउ गाउमा गएर बुभिन्न किसिमका तालिमहरु सिकाउने काम गरे । बिभिन्न घरेलु उधोगका तालिमहरु , बाल शिक्षा, प्रोढ़ शिक्षा ,फ्याम्ली प्लानिग शिक्षा जस्ता अनेकै तालिमहरु गाउमा गएर सिकाउदा आफुलाई पनि मनमा आन्नदको अनुभूति प्राप्त हुन्थ्यो,। आध्यात्मिक संसार तथा आफु भन्दा मान्य,जो यो संसारलाई छाडेर गइ सके जसको रगतको सम्बन्धले हाम्रो मानब जन्म सिद्ध भयो,यस्ता अभिबाभक प्रति आभार हुदै आफुलाई पनि जति नै दुखको सामना गर्नु पर्दा पनि किचड काइ लागेको तलाउमा फुल्ने कमलको फूल भएर फुने प्रयाशमा निरन्तर लागि रहे ।
सेवा नै धर्म हो त्यस्तो अरुको जीवनका लागी दुइ थोपा रगतका दानहरु गरे जसबाट मैले छोरी भएर जन्म लिदा पनि सधै सन्तुष्ट प्राप्त गरे । विभिन्न क्षेत्र हरुमा यस्तो कार्यहरुले जाने अबशर प्राप्त गर्दा धेरै ठाउहरुको निरिक्षण,गर्दै जापान,थाइल्याण्ड,फिलिपिन्स,इसरायल जस्ता अन्तर्राष्ट्रिय देशहरु हेर्ने मौका पाए, के यो सबै पुरुषले गर्ने भन्दा कम थिए, त ? हो आज तिनै आमाहरुको बलिदान ,उनीहरुले गरेका त्यागको कथालाई इतिहास बनाएर सिता ,सत्य, सावित्रीको कथा चिनिए झैँ चिनाउन म तलिन छु सबै नारीको कथा ब्यथालाई समेटेर ।
निशा खनाल अर्याल
हाल: इजरायल
(स्रोत : नारीदर्पण डट कम)