~रेम राना~
अजंगको शरीर ढल्यो
०६८ भदौरे यामको भेल झै
सीमाको जंगे पिल्लर जस्तै
अजंगको शरीर ढल्यो
प्रकृतिको नियम पनि कस्तो
सोंच्नै नसकिने आकस्मिक घटना जस्तो
चाँदवारीमा बाल्यौ तिमी ज्योति
देश प्रवास संसारभर
प्रकाश पुञ्ज हिरामोती
भित्रभित्रै थाहै नपाई चलेछ हुरी
हत्केलाले छेक्ने मौका नै मिलेन
दियो निभ्ला भनी
एकै चोटी आइ पुगेछ
जापानी अनि अमेरिकाको सुनामी जस्तो
रोक्न सकिएन, छेक्न सकिएन
प्रकृृतिको शक्ति नै कस्तो कस्तो
भाद्र ८ चाँदवारी स्तब्ध भयो
गुरुङ डाँडा रोयो
देशभर मसालको झन्डा झुक्यो
देश विदेश विशाक्त खबरको हुरी चल्यो
गाउँ बस्ती सुकेको रुखमा काग करायो
बाम आन्दोलनको धरोहर ढल्यो
बाम आन्दोलनमा मूल बाटो देखाउदै
धपधपी बलिरहेको मसाल ज्वाला
अचानक निभ्यो
बाम आन्दोलनको खम्बा ढल्यो
अभिनन्दन क. कुशुम जी
शान्ति संविधान र अखन्ड नेपाल अनि
सर्वहारा मुक्तिको लागि
लाखौं लाख युवाहरूलाई त्याग तपस्या
निस्वार्थी र इमान्दारिताको पाठ सिकायौ
सर्वहारा वर्गीय मानवतावादको
रक्तरञ्जित झन्डालाई माथि उठायौ
सबैको हृदयमा तिमी
चन्द्र सूर्य र तारा जस्तै अमर बन्यौ
तिम्रो उद्देश्य पूरा नहुन्जेल
नवनिर्मित भवनको पूर्णता सँगै
हावाको झोक्काले फरफराईरहेको
सर्वहारावर्गको झन्डामा
तिम्रो आकृति र छायाँ हाँसिरहने छ
त्यही न्यानो मायाभित्र
तिमी जस्तै हजारौं योद्धाहरूको
सपना एक दिन पूरा हुनेछ
हो, अवश्य पूरा हुनेछ
(क. कुसुमको निधन भएको तेह्रौं दिन २०६८ भाद्र २० मा अर्घाखाँचीको सन्धिखर्कमा आयोजित शोकसभामा बाचित)
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ४२ – Sep. 14, 2011 – २०६८ भाद्र २८ गते, बुधबार )