कविता : अक्षर आरम्भ भएन

~शिवराज पन्थी~

सूर्य झल्किएला भनेको बस्तीमा
सधै रात भइरहने भो
चाँदनी रातको चन्द्रमा समेत डुबेर
चकमन्नै अँध्यारो भइरहने भयो
ए ! नयाँ नेपालका पहरेदारहरू
सदन र सडक अलपत्र कहिलेसम्म ?

केही दिन मात्रै बाँकी रह्यो अब
अक्षरयात्रा शुरू भएन ! तिम्रो
सागरमाथा चढ्ने बाचाबन्धन
नाम्चे बजार मै हरायो किन ?

सूर्य झुल्किएला भनेको बस्तीमा
सधै रात भइरहने भो
चाँदनी रातको चन्द्रमा समेत डुबेर
चकमन्नै अँध्यारो भइरहने भो
मन्त्रिमन्डलको विस्तार रोकिएन यहाँ
भाषा संस्कृति बिर्सिसक्दा पनि
अक्षर आरम्भ भएन “क ख ग’ को,
कुर्सी खस्किसक्दा पनि
संविधान लेख्ने कि महोदयहरू
सदैब सदन मात्र छेक्ने ?

सत्ता र भत्ताको रस स्वादमै गन्हाएर किन ?
नयाँ नेपालको सपना मात्र देख्ने
रगतका टाटा नसुकेका धर्तीमा
बिग्रह र विखन्डनका भाटा बाँधियो ।

–दाङ

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ४२ – Sep. 14, 2011 – २०६८ भाद्र २८ गते, बुधबार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.