~गोपालप्रसाद पौडेल~
बल्ल पढ्न गाथें राम्रै भाको थ्यो
बानी राम्रो भन्थे इज्जत आको थ्यो
घरको काम गर्दा मज्जा आको थ्यो
बाबुआमा हामि सङ्गै सुख भाको थ्यो ।।
विदेशमा जाने सपना देख्न थालेथें
ठुलो रकम रिण गरि तेतै हालेथें
पैसा नपुगि आमाको सुन गालेथें
विदेशमा के के न गर्छु भन्ने ठानेथें ।।
विदेशमा काम गर्न निकै दुख भो
नेपालमै खेतिपाती निकै सुख थ्यो
कामैकामले थाकेर जिऊ नै बिग्रेको
सपनाको संसारमा संसार नै सकेको ।।
मोजमस्ति गर्नलाई खेति बिसायें
सानो सानो कुरामा अति रिसायें
पुर्खाले आर्जेको सम्पत्ती सिद्धाएं
बाउबाजेले जोगाको इज्जत रित्ताएं ।।
गोपालप्रसाद पौडेल
कपन १, काठमाण्डौँ
कपन साहित्य समाज
(स्रोत : कपन साहित्य डट कम)