स्वदेश गीत : नेपाल हौ आमा तिमी

~हरिहर तिमिल्सिना~

नेपाल हौ आमा तिमी, हामी छोराछोरी
रंगरूप, जातधर्म, भाषा थरीथरी

कोही बस्छौं फेदीतिर कोही टाकुरामा
श्रमशक्ति फुलिदिन्छ हाम्रा पाखुरामा

बुद्ध हाम्रो मुटु बनोस् सगरमाथा शिर
चन्द्रसूर्य ध्वजा बोकी बढ्छौं लक्षतिर

दुखसुख साझा हाम्रा बाँच्ने साझा धर्ती
एकअर्को नेपालीमा गाँसी मायाप्रीति

हातमाथि हात दिन्छौं मुठ्ठीमाथि मुठ्ठी
एकताको सुगन्धमै फुल्छ हाम्रो मट्टी।

यो गान राष्ट्रिय गान छनोट समितिले २०६३ मंसिर १४मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। प्रदीपकुमार राई/व्याकुल माइलाको गान राष्ट्रिय गान छनोट भएपछी, यो गीत दोस्रा भएको थियो र रामप्रसाद ज्ञवालीको लेखन तेस्रो भएको थियो ।

This entry was posted in नेपाली गीत and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.