~सावित्री सिलवाल सापकोटा~
गाई भैंसीको स्याहार गर्ने बेला हिड्छौ कुकुर डुलाएर
अहिले रोग लाग्यो भनी कपालभॉंती गर्छौभुडी फुलाएर ।
दही दुध नखाएर खोज्यौ व्हीस्की बान्डी र रोयलस्टेक
बिलासिताले गर्दा रोगले छोयो बस्छौ चक्की खुलाएर ।
किन जान्छौ जिमखाना चलाउ हलो कोदालो र बाउसो
स्वास्थ्य नै ठुलो धन हो परिश्रम गर मनोरंजन भुलाएर ।
ढिडो रोटो साग सिस्नु खानुपर्छ हाईजेनिक र अर्गानिक
ऐस आराम र मिठो खोज्दा जान्छौ छिटै परिवार रुलाएर ।
कस्तो छ बिडम्बना दुध बेच्न हिड्न पर्छ घरघर चाहारेर
रक्सी किन्न जान्छन् बरै आफै नै भट्टी पसलमा धाएर ।।
सावित्री सिलवाल “सावी”
पोखरा– १४, कासकी ।
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान – पल्लव डट कम )