~उमेश कुमार घिमिरे~
निराशाको पहाड,
थामिनसक्नु गरि अग्लिँदा पनि,
पर्खिहेरेँ आशाको त्यान्द्रो कतै
देखिएला कि भनि,
चट्टानमा पैताला खियाउँदै
तेरो अजंगको भारी बोकेर ।
हरपल हरदिन
तँ अझै क्रुर बन्दै गईस,
आसेपासे र चाप्लुुसेहरुलाई
काखी च्यापेर,
साँघुरो सोच तेरो
झन झन बिकृत बन्दै गो,
डुङडुङ गन्हाउने तेरो तनाशाही रवाफ
अब अत्ति भो ।
आफैलाई नचिनेर तेरो दासता स्वीकार्ने,
थुईक्क म ।।।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )