~दिवाकर सिग्देल~
आहा त्यो दीप !
धेरै टाढा छ |
म बिचरा कठै बरा,
बिछौनामा कल्पीरहेछु |
साङ्ग्लाहरु मेरा नशा-नशामा,
यत्र तत्र ब्याप्त छन् |
कोष-कोष को पुकार छ ,
टाढा रहेको त्यो,
अमृत प्याला,
करोडौ माहुरी को,
त्यो अटुट देन ,
फुकालु म साङ्ग्ला,
फेरु म काचुली,
गरु म अनन्त कर्म ,
होस् बिस्फोटन मेरो हृदयमा,
आहा त्यो अमृत प्याला |
जन्जीर मेरा यी,
बलिया हुदाहुन त;
त्यहि सबल ब्रम्ह चलाउथे|
म अज्ञानी शक्ति को भिख ,
नित्य किन चढाउ |
शक्ति मेरो हृदय तलमा,
शुषुप्त बास बसेको छ |
बाकि एक झिल्को
ज्ञान ज्योति पर्खिएको छ |
मेरा पटलका खोच बिबरमा,
तन्त्र हजारौ बन्दाहुन |
मेरा भोगी स्कन्द तुनामा ,
यन्त्र अनेक अटदाहुन |
मेरा यी बेवास्ते पलमा,
मन्त्र अनेकौ राचिदा हुन् |
माफी छ एक मागनु,
प्रकृति को काखमा,
लिनुछ एक प्रतिज्ञा,
भिड्नु छ निरन्तर |
कर्मउर्बर रहोस जिबन,
होस् बिस्फोटन त्यो त्यागको,
मेरा इ जन्जिर झुर्का होउन|
कर्म मेरो चरम सिमा पुगोस ,
होवस मेरो मृदुल पटलमा
एकदिन ज्ञानामृतको वर्षा |
-वर्दिया, नेपाल
हाल, मायामी, फ्लोरिडा, संयुक्त राज्य अमेरिका
(स्रोत : कविता संग्रह “बिन्दु र आकृती “)