~आचार्य प्रभा~
आज तिमी आत्मा साक्षी राख्दै
सपथ खाइरहेछौ ,
मेरो,उस्को अनी सबैको मनले ईश्वरसँग
प्रार्थना गरिरहेछ ।
हे!ईश्वर …
यो सपथ सत्य,सांचो र साक्षात होस्
समानता,समानुपातिकता र एकताको
प्रतिक होस् ,
सद्भभावना र सदबिवेक को जित होस् ।
नयाँ इतिहास कोर्छु भनेर
धेरै आए,गए ,
उज्यालो किरण छर्छु भनेर
धेरै उदाए,अस्ताए
त र —अफ्सोच !
सबै इतिहास पुरानै दोहोरिए
सबैका अधरमा अन्धकार नै छाए
त्यसैले ओबामा …
तिम्रो सपथ अन्तरात्माभित्रको
स्वछ बोली हुनु पर्छ ।
तिमी जात,अजात छुवाछुतको
बिरोधी बन्नु पर्छ ,
तिमीले कालो रङको अनुयायी
भएर होइन ,
त्यस्तै सेतो रङको बिरोधी पनि
बनेर होइन
बरु —सबै रङको मिश्रणको
मीठो अनी ज्वलन्त उदाहरण
बन्नु पर्छ ।
तिमी एउटा देशको मात्र होइन
धर्तीको नै मेरुदन्ड हुनुपर्छ
आउने पिढीहरुको
उत्साह र उमङ बन्नु पर्छ ।
(ओबामाको सपथ पश्चात तुरुन्त श्रीजित कबिता)
(स्रोत : ईलम्जुङ् डट काम)