~हुसैन खाँ~
प्रेमको बाटो बनाए, रम्छ हाम्रो जिन्दगी
देशको माटो रमाए, रम्छ हाम्रो जिन्दगी ।
हिन्दु- मुस्लिम्- बौद्ध-ईसाई बसेको बागमा
धर्म मायाको चलाए, रम्छ हाम्रो जिन्दगी ।
लेक- वेसी भीर- पाखा औ तराई -दूनमा
गाउँ- बस्ती नै हसाए, रम्छ हाम्रो जिन्दगी ।
अल्झिएकाछन् नशामा आँगनीका कोपिला
अम्मले बानी हटाए, रम्छ हाम्रो जिन्दगी ।
गाउँ- बस्ती माथि डाडामा बसे हुन्थ्यो कसो?
फाँट खेतीले सजाए, रम्छ हाम्रो जिन्दगी ।
(२१२२×३+२१२) मा आधारित
हूसैन खाँ
गणेशमार्ग नारायणगढ चितवन ।
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )