कविता : प्यारो बसबिट्टी

~मणिराज सिंह~Maniraj Singh

कतैबाट नछेकिएको
कसैले नबिटुल्याएको
त्यो खुला आकाश
अनि त्यो शान्त गल्ली र सडकमा
परबाट आइरहेको
धान कुट्ने मीलको
मधुर आवाज
साँझ, विहान
गोरु जोतेर खेतमा
गाईबाख्राको बथानसँग लुटपुटिएर
एक्लो दिपेन्दरसित
फर्किरहेको भेटिन्छ
सिङ्गो वस्ती
प्यारो बसबिट्टी ।

उमेरको उकालि— ओरालीमा ।
चाउरिएको एक मु्ठी मन पोको पारेर
खुला चोकमा
अमना बूढी
आँखा डुलाउदै चारैतिर
सुरूप्प सुरूप्प पिउँदै
दिन छोट्याइरहेकी हुन्छिन्
चियाको घुट्कोसित
लाज उध्रिएको चोलीभैmँ
मक्किएर ठाउँ —कुठाउँ ।
सपनाको सुसेली
बेली—चमेली प्यारो बसबिट्टी ।

नाङ्गो खुट्टा हिँडेर
कदमको बूढो रूखमुन्तिर
रामचन्दर भट्याइरहेको भेटिन्छ
आँसुका अवशेषबीच
आफ्नै सुस्केराहरू
कर्मशील पाखुरीहरू बजाउँदै
भेटिनु हुन्छ कहिलेकाँही
इन्द्र जेठा बुबा
बुढेसकालमा पनि
रवाफिलो पारामा
ठिङ्ग उभिरहेको खाँवोभैmँ
इमान्दारीताको धरोहर
प्यारो बसबिट्टी ।

हिँडदा हिड्दै रहरका आलीहरूमा
अल्झाएर स्वप्न गुराँसहरू
विक्रम काका
बालकजस्तै
जीवन दौडमा भासिदाभासिदै पनि
गुलाफी पूmलहरूमा
मगमगाइरहनु हुन्छ
समयको क्यानभासजस्तै
प्यारो बसबिट्टी ।

जङ्गहा खोलावारि
लहलह धानका बालाहरूमा
ऐश्वर्यका रीतहरू सुसेल्दै
फुलेका फाँटहरूमा
जूनको शीतलता उन्दै
तोरीका पहेला पूmलहरू झुल्छन्
कूलोको सलल पानीमा
मदन दाइको आवाजसँगै
आँपको दाना मगमगाउँछ
गहँुका मनहरू फल्छन्
बबुराहरूको कालोपाटीमा
सितल, शान्त र समृद्ध
प्यारो बसबिट्टी ।

-इमाडोल, ललितपुर

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.