~अनिलकिशोर घिमिरे~
बहिनी,
यसपाली पनि देउरालीको सुन्दर
वगैचामा तिमि एक्लै हुनप¥यो
अवैध धनका विलासी साडीहरू
यत्रतत्र छरिएकै होलान्
सुनको पिंजडा भित्र
चहकिलो संसारमा घरानाहरू
रमाइरहेका होलान् ¤
मान्छेहरू समयसंगै
मोलमोलाइमा लागेका छन्
तर वर्षायामको भुमरी संगै
महासागरको पानी पनि धमिलिदै गएको छ
फुल्दाफुल्दै फूलहरू हराए जस्तै
स्वतन्त्रता यहां हराएको छ
सुख सयलमा लिप्त हुनेहरूलाई
आंधिका तिव्रतम हुंकारहरूको
सन्देश के थाहा ?
रत्नजडित सुनका हारहरू संगै
मृत्युले पछ्याइरहेको के थाहा ?
तिनिहरू समयका संघारहरूमा
पलेटी कसेर
धर्तिका फराकीला पाटाहरूमा
एकदिन शिर निहुराउने छन्
बहिनी
तिजको सन्देश त
दासताको फुल सिउरीने होइन
गतिशिलताको पाइला संगै
त्यसलाई च्यातिदिने पो हो ¤
जीवनमाथीका वर्वर आतंकहरू
दरिलो गरी पञ्छाउने हो ¤
समयको गतिमा आवेशमा वहकिने होइन,
यथार्थको धरातलबाट
खोक्रो आडम्भर र क्रुरता फाल्नुपर्ने हो
सगरमाथाको अमरता संगै
समानता र स्वामीमानी
गन्तव्य खोज्नुपर्ने हो
प्रत्येक दिन उदाउने विहानी संगै
इन्दे्रणीको आश गर्ने होइन
सधै भरी चट्याङ पनि त पर्ने छैन
वहिनी,
तिजको रमझममा
वादलमा रूमेलिएको सूर्य झै
एकान्तको महशुस भएपनि
अनिणर्यका पाइलाहरू
जथाभावी कुद्नुको के अर्थ ?
निर्धक्क निदाउन नपाउने
सुनको संसारको के अर्थ ?
कृतिमताको बैशाखी टेकेर
धर्तीलाई दौडनुको के अर्थ ?
हिजो सडक तातेको
दुःखबाट सुखलाई साट्नुलाई हो
आधा आकास पनि ओर्लिएको
तमासाहरू हेर्नलाई होइन
जिन्दगीको उदास चौरमा
हरियो दुवो उर्मानलाई हो ¤
त्यसैले वैनी
तिजको सन्देश यही हो
लोग्नेको जीवन र मर्यादाको
भिख मागेर बाँच्ने होइन अब
नारीत्वको सम्मान गर्न सिक
पराजयको पिंडा होइन
मानवताको रक्षा गर्न सिक
हाम्रा खुसीहरू त
दुःखको गहिरो अध्यारोमा
लुकि बसेका छन्
त्यसैलाई पछ्याउदै हिंड ।
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ४० – २०६८ भाद्र १४ गते)