~समीर पाख्रिन~
हिन्दू नारीहरूको महान् चाड हरितालिका तीज पर्वमा विकृति, विस·तिहरू भित्रिएका छन् भन्ने टीकाटिप्पणीहरू जताततै सुनिन थालेका छन् । तीज नजिकिंदै जाँदा समाजमा देखिने तडकभडकपूर्ण गतिविधिलगायत विभिन्न नेपाली टिभी च्यानलहरूमा प्रसारण हुने तीज सम्बन्धी गीत नृत्यहरू क्रमश: भड्किलो र व्यावसायिक बन्दै गएको विषयलाई कथाले कटाक्ष गर्न खोजेको छ ।
बर्सेनि हरितालिका तीजको उपलक्ष्यमा माइत जाने जानुका यसपालि माइत गइनन् । तीज आउनु अघिदेखि नै बूढीआमा, बहिनीहरूका लागि कोसेली किन्न हौसिने जानुका यसपल्ट आफ्ना लागि मात्र एकजोर महँगो साडी, ब्लाउज, चुरापोते, टीका आदि सामग्री किनेर बजारबाट घर फर्केकी थिइन् । अफिसबाट फर्केका शिवशड्ढरले जानुकालाई घरैमा देखेपछि आश्चर्य मान्दै सोधेका थिए– “जानु १ तिमी माइत जाने भनेकी हैन ? गइनौ ?”
“अहँ गइनँ”– जानुका छोटो जवाफ दिंदै लोग्नेका लागि चिया बनाउन भान्सातिर गएकी थिइन् । जवाफ सुनेर शिवशड्ढरको कौतूहल अरू बढेको थियो र उनले पुन: सोधेका थिए– “किन ? के भयो ? सञ्चो भएन कि क्या हो ? कि गाउँबाट बहिनीहरू आउँदै छन् ?”
“त्यस्तो केही होइन । आ.. आजभोलि गाउँघरतिर तीज त्यति रमाइलो हुँदैन । आमाबुबासित बेलाबेलामा मोबाइलमा कुरा भइराखेकै छ । नियास्रेला भन्नु छैन । अँ चिया बनाऊँ कि कफी ?” जानुकाले प्रस· अन्तैतिर मोड्न खोज्दै लोग्नेतिर फर्केर प्रश्न गरिन् । “चिया नै बनाए भइहाल्यो नि । अँ म फ्रेस भएर आउँछु अनि चिया पिउँला ।” यति भनी शिवशड्ढर बाथरूमतिर पस्यो । बर्सेनि तीजमा घर जान हौसिने जानुका यसपालि घर नजाने भनेको सुन्दा उनलाई पत्यार लागेको थिएन । हुन पनि दुई हप्ताअघि मात्र तीज खर्चका लागि भनेर जानुकाले लोग्ने शिवशड्ढरबाट पन्ध्र हजार रुपियाँ लिइसकेकी थिइन् । तीजमा घर नजाने भए यत्तिका रुपियाँ किन चाहियो ? शिवशड्ढर जानुकासित सोध्ने विचार गरी बाथरूमबाट सरासर भान्सातिर गएका थिए । जानुका चिया लिएर लोग्नेलाई पर्खी बसेकी थिइन् । शिवशड्ढरले चियाको लामो चुस्की लिंदै सोधेका थिए– “जानु, तिमी पक्कै माइत नजाने हो त ? ” अहिले भने जानुकाले झर्को मान्दै जवाफ दिएकी थिइन्– “हो भन्दैछु त कतिपल्ट भनूँ ?”
“त्यसो भए तिमीले तीज खर्चको लागि भनेर मबाट पन्ध्र हजार रुपियाँ लिएकी थियौं, खोइ के गर्यौं ? मैले त माइत जाँदैछौं, आमा, बहिनीलाई केही केही किनेर लगिदिन्छौं होला भनेर पो दिएको त । नजाने भए तिमीलाई त्यत्तिका पैसा के काम ?” शिवशड्ढरले भनेको थियो । यो सुनेर जानुका एकाएक आवेशमा आएकी थिइन् र लोग्नेलाई प्रतिपश्न गरेकी थिइन्– “ए हजुरलाई हिसाब चाहियो ? हजुरलाई थाहा छ ? साथीभाइ, टोल, छिमेकीहरूले एक महिनाअघि देखि दर खान, खुवाउन थालिसके । दिनहुँजसो कसै न कसैको घरमा दर खान जानुपरेको छ । सधैं एउटै साडी हल्लाएर जाने कुरा पनि त आएन । फेरि उनीहरूको मात्र खाएर भएन । आफूले पनि बोलाएर खुवाउनै पर्यो अनि खर्च हुँदैन ? महँगी दिन दुई गुना रात चौगुनाको हिसाबले बढेको हजुरलाई थाहा नै होला । जाबो त्यति पन्ध्र हजार रुपियाँको हिसाब खोज्नुहुन्छ हजुर ?” अहिले भने शिवशड्ढर केही रिसाएका थिए । हुन पनि महिनाभरि काम गर्दा जम्मा बीस हजार तलब पाउनेलाई त्यतिका रुपियाँ एउटै चाडपर्वमा खर्च भएको सुन्दा रिस नउठ्ने कुरै भएन । यसैले उनले जानुकाप्रति आफ्नो असन्तुष्टि जाहेर गर्दै भनेका थिए– “ए महँगी बढ्यो पनि भन्ने, अर्कातिर पातैपातै कपडा फेरेर दर खान पनि जाने ? त्यतिले नपुगेर घरैमा साथीभाइ बोलाएर भोजसमेत खुवाउने ? यो कस्तो चलन ? महँगी, सड्ढटको बेलामा त सञ्चय पो गर्नुपर्ने होइन र ? एउटै चाडपर्वमा यसरी खर्च गर्ने हो भने दशैं तिहार, चैते दशैं, माघे सङ्क्रान्ति, नयाँ वर्ष, मातातीर्थ औंसी, बुवाको मुख हेर्ने जस्ता यति धेरै चाडपर्वहरू छन् । कसरी मान्ने ? मितव्ययी हुनुपर्यो जानुका, नत्र जीवन धान्न गार्हो पर्छ है ।” जानुका लोग्नेको कुरा सुनेर अँध्यारो अनुहार पारेर त्यहाँबाट उठेर हिंड्न तरखर मात्र के गरेकी थिइन्, शिवशड्ढरले उनको हात समातेर आफू नजिक बसाउँदै भने– “जानुका नरिसाऊ न । हेर बूढीआमा छोरी तीजमा घर आउँछे भनेर बाटो हेरेर बसेकी होलिन् । छोरीलाई यो पकाएर खुवाउँछु, त्यो खुवाउँछु भनेर कति कुराको जोहो गरेर बसेकी होलिन् । छोरीलाई धीत् मरुन्जेल हेर्न, मायाले सुमसुम्याउन, छोरीसित दु:खसुखका कुरा गर्न कति व्याकुल होलिन्, तर तिमीले तीजको महत्त्व खोइ बुझेको ? जानुका तिमी माइत जानुपर्ने थियो । तिमीलाई पक्कै मेरो कुरा तीतो लाग्यो होला । हो, सत्य सधैं तीतै हुन्छ । अँ, जाऊ खाना पस्क मलाई भोक लागिसक्यो । अफिसमा अडिट आएको छ । बिहान चाँडै उठेर अफिस पुग्नुछ ।” जानुका चुपचाप उठेर भान्सातिर गइन् ।
भोलिपल्ट बिहान, जानुका नियमित झै नुहाइधुवाइ गरी आफू र लोग्नेको लागि चिया लिएर कोठामा पुगिन् । मुसुक्क हाँसिन् र चिया टक्रयाउँदै शिवशड्ढरसँगै टाँसिएर बसिनँ । शिवशड्ढरले पनि चाडवाडको बेला मुड बिगारिदिनुहुँदैन भन्ने कुरालाई ध्यानमा राख्दै जानुकासित ठट्टा गर्दै भने– “यसपालि त खुब कम्मर मर्काइमर्काइ नाच्ने होला नि, होइन त जानु ?”
“तीजको दिन टिभीमा हेर्नु नि, हजुरको जानु कसरी कम्मर मर्काइमर्काइ नाच्दि रहिछे” । जानुको मुखबाट अनायासै कुरा फुत्कियो । “यहाँ दिनहुँजसो म्युजिक कम्पनीहरू आएर तीज गीतको छायाड्ढन गरिरहेका छन् । अझ पशुपतिमा त झन् तीजको दिन नेपालका ख्यातिप्राप्त लोकगायक, गायिका, डान्सरहरू आउँदै छन् । साथीहरूले यसपालि खुब मज्जाले नाच्नुपर्छ भनेका छन् ।” अहिले भने शिवशड्ढरले जानुका माइत नगएको कारण बुझे र मुसुमुसु हाँस्दै मन चोर्ने विचारले फेरि सोधे– “अनि आजभोलि त पुरुषहरू पनि महिलाहरूसँगसँगै जोडी बाँधेर नाच्छन् भनेको सुनेको थिए हो त जानु ?” “अनि के त पशुपतिमा यसपालि चर्चित कलाकारहरूसमेत हामीसँग नाच्ने भएका छन् ।” जानुका यति भन्दै भावी दिनको कल्पनामा एकाएक डुबुल्की मार्न पुगेकी थिइन् ।
“कम्मर मात्र मर्काउँछन् कि व्रत बसेकी महिलाहरूको ना·ो कम्मरसमेत पक्रेर नाच्ने गर्छन् ती पुरुषहरू ?” उनले जानुकातिर हेरेर व्यङ्ग्य गरेका थिए । अहिले भने जानुका लाजले भुतुक्क भएकी होलिन् बोल्न सकिनन् । जानुका निरुत्तर भएपछि उनले थपेका थिए– “महिलाहरूको चाडबाडमा पुरुषहरूको हस्तक्षेप भनौ कि तीजपर्वमा भित्रिएको विकृति ? परम्परा अनुसार पार्वतीले महादेव वर पाऊँ भनी व्रत बसेको दिनलाई हिन्दू नारीहरूले तीजको रूपमा मनाउँदै आएका हुन् । तीजमा विवाहित महिलाहरूले आफ्नो लोग्नेको दीर्घायु र सुस्वास्थ्यको कामना राख्दै व्रत बस्छन् भने अविवाहित कन्याहरूले राम्रो लोग्ने पाऊँ भनी व्रत बस्ने परम्परा रहिआएको छ । यीबाहेक आफ्नो माइती, घरगाउँ पुगेका महिलाहरूले आफूले वर्षभरि लोग्नेको घरमा भोगेका सुखदु:खका घटनाहरूलाई गीतको लयमा व्यक्त गर्दै नाचगान गर्दै मनाउने परम्परा भएकोले यो तीज पर्वलाई महिलाहरूको चाडपर्व पनि भन्ने गरिन्छ तर आजभोलि टिभी च्यानलहरूमा देखिने कतिपय तीज गीतहरू हेर्दा, सुन्दा यसले तीज पर्वको महत्त्वलाई विकृत तुल्याएको जस्तो लागेको छ । अरूले यसलाई जेसुकै भनून् तर म चाहिं नेपाली लोक संस्कृतिमाथिको अतिक्रमण भन्न हिच्किचाउँदिनँ । यसरी नै परम्परा र चाडपर्वको मूल्य मान्यतालाई आधुनिकीकरणको नाममा जबर्जस्त तोडमरोड गर्दै लग्ने हो भने भोलिका दिनमा हामी नेपालीको लोकसंस्कृति नै लोप हुने अवस्थामा नपुग्ला भन्न सकिन्न ।” यतिन्जेल लोग्नेको कुरा सुनेर बसेकी जानुका अहिले भने निकै गम्भीर देखिएकी थिइन् । उनी हिन्दू नारी भइकन पनि तीजको महत्त्वलाई लत्याएकीमा स्वयंलाई धिक्कारिरहेकी थिइन् । उनले वर्ष दिनमा एकचोटी आउने तीज पर्वमा पनि माइत नगएर बूढीआमालाई रुवाएको र बहिनीहरूलाई निराश पारेकोमा घोर पछुतो गरेकी थिइन् ।
इति
–वीरगंज, पर्सा
(स्रोत : प्रतीक दैनिक पत्रिका)