कथा : झरी र उनी..

~राजेश रुम्बा लामा ” अतृप्त “~Rajesh Rumba Lama

झरीमा रुझ्दै, भिज्दै हिड्न मन पराउने मेरो निम्ति आजको सिमसिमे पानी केही थिएन । यद्धपि साथमा रहेका ल्यापटप् र डकुमेन्टहरूको सेफ्टीको लागि गुडिरहेको बाइकलाई सडक किनारमा रोकीराखी नजिकैको भट्टी (खाजा घर) भित्र पसें । नजिकै बिरअस्पताल भएर होला मान्छेको भीड निक्कै बाक्लो देखिन्थ्यो भट्टीमा ।

उसो त कति त मै जस्तो झरी छल्नको निम्ति पनि भट्टीमा ओत लाग्न छिरेका होलान् । जाँड पिएर ढलेको बुढो मान्छे झैं भट्टी कुनामा ढलिरहेको मुढा तानी बसें । यतिनै खेर एक परम सुन्दरीको आगमन भो र कति न पहिले देखि नै परिचित झैं गरी –“दादा हजुर आज टाढै जानु भएको हो?” भनी प्रश्न गरिन् ।

मैले केही लुकाउनु पर्छ जस्तो लागेन र सही उतर नै दिएँ, ‘होइन आफ्नै अफिस त्रिपुरेसोरबाट हो बहिनी भनेर ।’

बर्षातको पानी कहाँ रोकिन्थ्यो र झन्झन् दर्केर पर्न थाल्यो । त्यसै गरी उनी पनि नजिक आई –’दादा जाने हो?’भन्न भ्याई । त्यस्तो झरीमा जाने त झन् कुरै भएन । पानी रोकेसी जाने हो बहिनी भनेर म आफ्नो ब्यागको डायरी निकाली पल्टाउन थालें । उनी पनि अलि पर सरिन् र अन्तै नजर घुमाउन थालिन् ।

लगभग २० मिनेट पश्चात पानी रोकियो । म नि भट्टीबाट बाहिर निस्कें । सडक किनारमा पानीले निथ्रुरक्क भिजेको आफ्नै बाइक देखेर दया लाग्यो । नजिकै गइ खाली हातैले स्पर्श गर्ने सैलिमा बाइक माथिरहेका पानी पुछें ।

ओ गड कस्तो आश्चर्य ! बाइक स्टार्ट गर्न मात्र के खोजेको थिएँ तिनै युवती ढ्यासिदैं मेरो बाइक माथि चढी । म अवाक भएँ । र झस्कें पनि । -“दादा जाउन प्लिज एकैछिन त हो नि । जाबो तीन सय त हो” । बल्ल मैले बुझें तिनी यौनकर्मिरहेछिन् भन्ने कुरा । चारैतिर बर्षात पछि खुल्ला थियो वातावरण तर मेरो मनमा भने एक्कासी हावा हुण्डरी चल्न थाल्यो । म अँझै मौन थिएँ । मेरा जोर आँखा तिनै युवती तिरै सोझिदै थियो । ममा छाएको मौनताले उनमा के जाग्यो खै “छ्या ! कस्तो हो यो दाइ त छिटो हिड्नु न ।” भन्दै चिच्याउन थालिन् । मौनतालाई तोड्दै प्लिज बहिनी म त्यस्तो खालको मान्छे होइन मलाई छोड भन्दै उबाट उम्किन खोजे । तर गाई बाख्राको कानको किर्ना झैं उनी मेरो बाइकमा टाँसिरहिन् । बाइकबाट ओर्लदैं ओर्लिन ।

बर्षात पछिको वाताबरण भएर होला मान्छेको चाप झन् झन् बढ्दै थियो । सडक किनारमा र सडकमा गाडीको चाप पनि त्यस्तै थियो,तर मेरो निर्दोष मनले भन्दै थियो यी सब मान्छेले मलाई हेर्दै छन् । मलाई गिज्याउँदैं छन् कि ल हेर यौनकर्मीसँग मोल मोलाई गर्दै गरेको भनेर । हुन पनि हो सम्मुखको वीर अस्पताल र वर-परका सबै घरले पनि हामीलाई नियाल्दै थियो । यतिकैमा मेरी प्रिय चमेलीलाई सम्झें,बाबाको बाटो हेर्दै गरेकी छोरी इलुलाई सम्झें र सम्झें भर्खर हाम्रो काखमा लुटुपुटु गर्न आइ पुगेको छोरा जेहेनलाई पनि सम्झें ।

जीव्रो चपाउदै उनी अँझ भन्दै थिइन्’ दादा यति खेर त पुगि नि सक्थ्यो । चारैतिर मान्छेको हुल्लाले असहज लागिरहेको मन पनि बाँडियो दुई गुट बनेर । एक मनले भन्दै थियो जा शेरे जा मौका यही हो । बाटोको मादल कसले पो बजाउँदैन र? फेरि अर्को मनले भन्दै थियो भो शेरे तिमी यस्तो अपवित्र बाटोमा हिड्न हुन्न । तिमी एक बौदिक मान्छे समाजलाई सकारात्मक दिशा दिनु पर्ने मान्छे नै त्यसरी हिंड्यौ भने तिमी भित्रको चेतनाले तिमीलाई सराप्ने छ । यसरी आफ्नै मन पनि युद्ध गर्न थालेपछि म निक्कै बेर अन्यौलमा परें । त्यति नै खेर मेरो सामु पूर्व सभासद दायाँ बायाँ सुन्दरीहरू च्याप्दै नसामा झल्लु देखें ।

मलाई त्यहाँबाट भाग्नु थियो कारण उक्त सभासदलाई निक्कै घोचपेच गर्दै मैले कथा लेख्ने गरेको थिएँ ।

त्यसैले ती युवतीलाई लिएर उनले भनेकै बाटो हुँदै लागें । वीर अस्पतालको पश्चिमी मोड महाबौद्धको गल्ली गल्ली ४,५ मिनेटको रफ्तार पछि एउटा पसल सामु बाइक रोक्न लगाइन् । बाइकलाई एक्लै अलपत्र पारी राखी तिर्खाएको बाछा झैँ तिनै युबतिको पछि पछि लागेँ । दुई तलाको भर्याङ्ग उक्लिसकेपछि उत्तरी मोडको ढोका ढकढक्याउन थालिन् । उसै त अतालिएको मन त्यहाँ अरु निरहेछ भन्ने थाहा पाएसी झनै अतिएँ । तर पनि आफ्नो मनलाई समालेर् नाकको टुप्पातिर बढेको चस्मालाई चोरी औंलाले माथितिर ठेली दिएँ । घोर्ल्यांङ् ढोका खोलियो । हतारले चस्मा भित्रको मेरो आँखा त्यतातिर भाग्यो । सामु थिइन् अर्धनग्न रुपमा एक युवती । उनको हातमा सकिन लागेको चुरोटको ठुटा थियो भने ओंठमा फुङ्ग उडेको मुस्कान । र पनि उनी भन्दै थिइन् ।

‘ओइ सरिसा उहाँ भेनाज्यू हो?’ भनेर । म बुझ्दै थिएँ तिन्ले मलाई एक यौन प्यासी जो यौन तृप्तीको निम्ति एकछिनलाई आएको हो भन्ने थाहा पाई थाहा पाई नाटक गर्दै छिन् भनेर ।’हो हो तेरै भेना हो ।’ भन्दै सरिसा जो मलाई लगेर जाने युवती थिइन् भित्र छिरिन् । म चाँही भने ढोका बाहिरै अल्झिएँ । म जस्तो सयौंलाई मुर्गा बनाइसकेकी मैयाँहरूले मलाई त्यतिकै कहाँ छाडथे । र ।’छि:कति लजाउन जानेको यो भेना त’ भन्दै मलाई भित्र तानिन् । सँगै गएकी सरिसा भित्र कपडा फेर्दै थिइन् क्यारे म भित्र पसग्दा कति छिट्टै एउटा म्याक्सीमा मुस्कुराइरहेकी थिइन् । हुन त जिउमा तीन बित्ताको बस्त्र उतारेर बोरा जस्तो म्याक्सी उन्नलाई कति बेर लागछ र ?

कोठाको चारैतिर असरल्ल कपडाहरू छरिएका थिए । त्यसै गरी छरिएका थिए चुरोटका ठुटाहरू । खै तिनीहरू के कुरा गर्दै थिए कोठाको कुना निर उभिएर स्याप स्याप स्युप स्युप । म नियाल्दै थिएँ कोठाका चारैतिर । कुनै गेस्ट हाउसको कोठा झैं लाग्ने त्यो कोठा लाम्चो आकारको थियो । भित्रै बाथरुम टोइलेट एटेच कोठाको ढोका निर पुरानो रंग उडेका र जताततै आगोले पोलेको प्वालहरू हास्दै गरेको सोफा थियो । शायद यही सोफामा बसेर मोल मोलाई गर्दो हुना तिनीहरू आफ्ना ग्राहकसंग् अथवा त ग्राहक बढी हुँदा पालो कुराउँदो हुन् ।

कोठाको भित्तातिर कतै लिपिस्टिकदार ओंठले गरेको चुम्बनको डाम ताजै देखिन्थ्यो भने कतै अस्पस्ट लाग्ने फोन नम्बरहरू । यतिकैमा मलाई भेनाज्यू भन्ने केटीले आफ्नो लेडिज ब्यागबाट झिकेर बढो वास्नादार परफ्यु म चर्किई । त्यसको गन्ध मेरो नाकको पोर्रामा पनि ठोकिन आइपुग्यो । त्यही पर्फ्युम्को मतक्ताले भनौ या त मनै देखि अन्जानमै भनौ मेरा जोर आँख ती युबतीको पैताला देखि शिरसम्म नाच्न थाल्यो । ओ ! क्या मिलेको नितम्ब,क्या सेता छन् थाईहरू, छोटो समिस,छोटै मिनिस्कट कति सुन्दर ! कसले भन्छ यिनीहरूलाई यौनकर्मी? कति छिट्टो मेरो मुखबाट वोव् होव् बेऔतिफुल्,भन्ने वाक्य निस्किएछ पत्तै पाइन । सायद सुन्दर बस्तुको जो कोहिली पनि प्रशंसा गर्दछ ।

जुन् प्राकृतिक कुरा हो । फेरि पनि मैले संयमता अपनाएँ । मैले त्यसो गर्नु हुन्न किनकि म देशका एक सचेत नागरिक मात्रै नभई एक कथाकार थिएँ । जसले समाजलाई विसंगतिबाट सचेत गराउनु थियो र समाजमा घटेका हरेक घटना परिघटनालाई ।
सायद् उनीहरूको गफगाफ सकिसकेको थियो त्यसैले उनी बाहिरिदै थिइन् र निर्धक्क साथ् भन्दै थिइन–भेनाज्यू माथि ब्युटिफुल हाउडको पुल ! हि हि हि ।’ खै उनले के भन्न खोज्या थिइन् मैले बुझिन ।’ लौ भेना राम्री बस्नु र इन्जोई गरेर जानु तर नबिर्सिनु नि’ भन्दै उनी कोठाबाट बाहिरिन् । कोठामा सरिसा र म बाहेक कोही थिएन ती निर्जीव सोफा र यत्रतत्र छरिएका कपडा बाहेक । उनि यति छिटै मेरो नजिक आएर छिलिन थालिन् कि उनको हात मेरो जिउ भरि नाच्दै थियो भने उनको मुखबाट अस्लिल शब्दहरू फुत्किदै थियो ।

शायद उन्लाई लाग्यो अन्य ग्राहक झैं उनको तो निच हर्कतबात म मोहित भएर म खहरे खोला बग्नेछु । उसो त मेरो एक मनले भन्दै पनि थियो यिनको छल्किएको यौवनको प्यालालाई मुठीले कसेर थुनी देऊ । अनि दुई हातले निचोरेर झारी देउँ तिनको सेखी । तर त्यसो गर्न मेरो अन्तराअत्माले पटक्कै दिएन । अनि अचेतानाले छाएको मानसपटलमा चेतनाको दिप बाल्नु थियो । उनको वेश्या स्पर्शमा पनि म मौन देखेर उनी झस्किन् । अनि भन्न थालिन्’ दाइ के हो छिटो गर्नुस न । मलाई अन्तै जान हत्तार छ ।’

उन्को आसय मैले बुझें र तीन सय होइन पर्सबाट निकालेर ५ सयको नोट उन्को अघि राखिदिएँ । त्यसपछि उनी हैरान् भैइन् । दङ्ग पनि परिन् । ५ सयको नोट हातमा खेलाउदै –’यो सब मलाई? भन्दै नाच्न थालिन् । त्यस पछि मलाई सहज लाग्यो उसको बारेमा जान्न र आफ्नो वास्तविकता वकल्न । मैले आफ्नो वास्तविकता दर्साउँदै उनको यथार्थ,अतित र वर्तमान जान्न चाहें । सायद उनले मेरो नाम यतै कतै सुनेको हुनु पर्छ अचम्म मान्दै ‘ओ हो ! हजुर नै हो कथाकार?” भन्दै रातो पिरो हुन थालिन् र आफ्नो वास्तविकता प्रकाशमा नल्याउने सर्तमा आफ्नो बारे यसरी कहिन आफ्नो कहानी –“दादा म एक निम्न स्तरको परिवारकी सदस्य हुँ ।”

१० क्लासमा पढ्दा पढ्दै विवाह भो र बर्ष दिनमै छोरा भो । छोराको भविष्यको लागि लोग्ने मलेसिया जानु भो तर ७,८ बर्षसम्म फिर्नुभएन । केही अत्तो पत्तो पनि पाइन । अनि म बाध्य भएर गाउँको एक आफन्त पर्ने एजेन्टको पछि लागेर दुबईमा कमाउन जाने निधो गरें । हो दादा सम्पतिको नाममा एउटा छोरो र अंशमा परेको केही पाखा बारी थियो । त्यो पनि बन्कीदह् राखेर गएँ । गाउँबाट काठमाण्डौ आइन्जेलसम्म मैले आफ्नो अस्मिता मात्रै होइन भाको अलि अलि पैसा तिनै एजेन्टलाई सुम्पिसकेको थिएँ ।

तिनै एजेन्टले दुबईमा बिउटीपार्लमा काम पाइन्छ भनेर पठायो तर त्याहाँ पुग्दा एउटा रेस्टुरेन्टमा नतर्कीको काम गर्नु पर्यो । आखिर आइ त हालियो नगरौ कसरी?आफू जस्तै अन्य नेपाली दिदी बहिनी र बिदेशी युवतीहरूलाई हेरी चित्त बुझाएँ । बाध्य भएर सोहि काम गरें । कति छिटै समयको छालले दुई बर्ष कटिसकेछ पत्तै भएन । जब म होसमा आएँ त्यति खेर म दुई जिउकी भैइसकेकिरहेछु । त्यहाँको कानून अनुसार बिदेशी ।

आउन त आईयो अब गर्ने के? कमाइ धमाईबिना नेपालमा आइयो र अलि अलि भाको पैसाले क्युरेट गरें । त्यस पछि पनि त बाँच्न पर्दो रहेछ दादा । त्यसैले यी यस्तो काम गर्न बाध्य भएँ । र पनि यसरी बाँच्न सजिलो कहाँ छ र दादा?बिदेशमा त अपरिचित नकाबधारीले समेतले खुशीसाथ पैसा दिएर यौन प्यास मेटाउथे । तर यहाँ त बर्दीवाला देखि लिएर उच्च ओहदाका हाकिम भनाउँदाहरूसमेत हाम्रो यौन शोषण गर्दै उल्टै भएको पैसा पनि खोसेर लान्छन् ।’उन्ले यति भनून्जेल सम्म्मा मेरा सजल आँखा खहरे भेल बनेर उर्लिसकेका थिए । तर पनि मैले आफूलाई समाल्नु थियो र सम्हालिएँ पनि । यदि मेरो त्यो हालत थाहा पाइन् भने उन्ले आफ्नो यथार्थ नभन्न पनि सक्थिन् कति कमजोर मुटु रहेछ यिन्को भनेर । यति बेलासम्म जुनकिरीले घामलाई घाटमा पुर्याएर फर्किन लागिसकेको थियो ।

त्यसैले म त्यहाँबाट छिटै निसक्नु थियो । घरमा नानीबाबु मेरै बाटो हेर्दै होलान् भन्ने चिन्ताले कटकटी मन खाइरह्यो । यति धेरै आफ्नो कथा व्यथा मसँग पोखेकोमा नानीलाई अर्को ५ सयको नोट दिएँ । उन्ले लिन मानिरहेकी थिइन । भन्दै थिइन्’ दादा हजुरले मसँग त्यस्तो गलत केही गर्नु भएकै छैन । म कसरी लिउँ यत्रो पैसा?” मैले यो मेरो तर्फबाट तिमीलाई असल बाटोमा लाग्न केही सानोतिनो काम गर्न गरेको सहयोग हो । राख यो र सक्छौ भने यो पेशा छाडेर कुनै अर्को सम्मानित काम गर । भनेँ ।

मनमा दु:खको नैना ताल बोकेर छुटिएँ । फेरि लग्गत्तै खुसी पनि भएँ एउटा गतिलो कथाको थिम भेटाएकोमा । यद्यपि मनले चाहिं भन्दै थियो’ यो निरिह सरकार र प्रसासनले हामी सबैलाई एक न एक हिसाबले शोषण गर्दै छ । सरिसा बहिनी चिन्ता नगर एक दिन हाम्रो नि दिन आउने छ । जुन दिन तिमी जस्तै यौन कर्कोर्मीको छुटै इज्जत हुने छ ।

तिमी जस्तै अन्य नेपाली दिदी बहिनीले दुबईको रेस्टुरेन्टमा कसैको नर्तकी बनेर खेलौना बन्नु पर्ने छैन । न त साउदी, कुबेत, ओमन र लेबनानतिर खादामा बनेर कसैको दासी बन्नु पर्ने छैन । न त म जस्तै लाखौं युवाहरू साउदी, कतार दुवैको घाममा डढ्नु पर्ने छ, न त मलेसियामा रात दिन परिश्रम गरेको धनले बेश्याहरूलाई पाल्नु पर्ने छ ।

राजेश रुम्बा लामा “अतृप्त”
reasonlama_rumba@yahoo.com
बिरेन्द्रनगर-१ चितवन

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.