~केदार श्रेष्ठ “गगन”~
बसेको छु तिमीलाई पर्खि यो तन चोखो राखी
मनको राजा चाँडै आइदेऊ मेरो जीवन साथी ।
यो मन सधैँ सँगै हुन्छ तिमी टाढा भए पनि
सँगे मर्छु ,जिउँछु छाडि्दन म ज्यानै गए पनि
कहिले आउछौ सिन्दुर हाल्न मेरो सिउदो माथि
मनको राजा चाँडै आइदेऊ मेरो जीवन साथी ।
तिमी मेरो म त्रि्रो जति दुःख पाए पनि
छुट्ने छैन हाम्रो माया जत्रै हुरी आए पनि
भाकी देउता देउरालीलाई चढाउछु वेलपाती
मनको राजा चाँडै आइदेऊ मेरो जीवन साथी ।
-केदार श्रेष्ठ”गगन”
भिमस्थान-५,सिन्धुली
(स्रोत : ईलम्जुङ् डट काम)