कविता : गाईजात्रा

~मुक्तिनाथ शर्मा~Muktinath Sharma

अहिले गाईजात्राको प्रसङ्ग छ यतातिर
लाखे नाच चलिराछन् टोलभित्र र बाहिर
बहर मात्तिएका छन् कोरलीहरू मस्त छन्
जात्रा जात्रा निहालेर जनताहरू बस्तछन् ।

र्सकारै गाईजात्रे भो न नाच्छ न बजाउँछ
नैतिकता कता भाग्यो नाम माम रुचाउँछ
प्रधानमन्त्री भन्दा नि रक्षामन्त्री ठूलो भयो
रक्षा रक्षा रटानै छ गाईजात्रा यही त हो ।

रक्षा गर्न नसक्नेमा रक्षा नै चाहियो किन
असक्षम बूढो गोरु गाई ताक्छ कि दिन्दिन
गाईजात्रे यी नै प्रश्न आए समाजबीचमा
किनकि आइनै हाल्यो गाईजात्रा नजिकमा ।

(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.