~प्रकाश सुनुवार ‘निराकार’~
असिमित रंगिन सपनाहरु वुनिएका
शहरको छाडा गुलियो स्वाद पल्काउन
केहि नक्कली उज्यालो भविष्यहरु
लाम लागेर
तांती लागेर
रित्तो पेटहरु उबारेर वसेका गाउँमा
भोक र शोक साँचेका
फुलहरुलाई फकाउन आउँछन् ।
आवश्यबता अनुसार लालीपाउडरको पत्र घसिदिन्छन्
गाउँको भन्ज्याङ्गहरु छिचोल्दै
कालो अन्धकारहरुमा
उज्यालो पोखिन नपाउँदै
लावारिस आत्माहरुको मोजमस्तीको शहरमा
सुरक्षाका घेरा हालिएको अंध्यारो कोठामा ठोक्किन पुग्छन्
र आफु वेचिएको थाहा पाउँछन्
तर आप्mनो मूल्यको मापदण्ड के हो
थाहा पाएका हुन्नन् ।
सुरक्षाघेरा भित्र
भोक र शोकहरुका
मापदण्ड लगातार भत्काउन शुरु हुन्छ
प्रत्येक पटकको असुलीमा दुख्नुपर्ने हुन्छ
यौनपिपासुहरु त्यहि दुखाईमा आनन्दित हुन्छन्
सिंगो संसारलाई मापदण्डको
विभिन्न आधार पेश गर्दागर्दै
आफु जिउनुको आधार विर्सिसकेका हुन्छन्
र भित्ताहरुमा परिणत भइदिन्छन् कलिला फुलहरु ।
मान्छेहरु भित्तामाथि
कोपर्छन् – कोपरिंदाको चित्कारहरु कोरेर जान्छन्
चिथोरिन्छन् – चिथोरिंदाको दागहरु छोडेर जान्छन्
भित्ताहरु हेरिमात्र रहन्छन्÷ सुनिमात्र रहन्छन्
भित्ताहरु कैदमा छन्
भित्ताहरुका भावनाहरु पनि कैद छन्
शहरले भित्ताहरुलाई वन्दी बनाएको छ ।
आँसुहरु पिएर भित्ताहरु सिन्चित छन्
आँसु पिएरै आप्mनो प्यास मेटाउँछन्
न्याय भित्ताहरुको कल्पना भन्दा वाहिरको सोंच भएको छ
फुलहरु भित्तामा रुपान्तरित भएका छन्
हज्जारौं फुलहरु हाम्रो वगैंचावाट दिउँसै चोरिंदैछन्
पत्रपत्र घेरावन्दी भित्र
आप्mनो अस्मिता गुमाई रहेकाछन् ।
भित्ताहरु आपसमा कानेखुसी गर्छन्
सल्लाह गर्छन्
एकअर्कालाई साथ दिन्छन्
एकअर्कालाई हाँस्न सिकाउंछन्
चरा भएर आकाशमा उड्न सिक्छन्
उडेर वाहिर निस्कन्छन्
र बाहिर
भित्ताहरुको मुटुमा घोचिएको पिडालाई दाग भनिएको छ
भित्ताहरु दागहरुलाई मेटाउन खोज्छन्
चित्कारहरुलाई हाँसेर दवाउन खोज्छन्
फुल चुंड्नेहरु पहिचान गर्छन्
तर आफुहरु नक्कली उज्यालोहरु भन्दा धेरै असुरक्षित
अनि उनीहरु धेरै सुरक्षित पाउँछन् ।
र
गाउँमा भोक र शोक साँचेका फुलहरु
अन्ततः भित्ता हुनुको बेदना साँचेर वाँचेका छन् ।
(२ जलाई २०१६, फार्नवोरो)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)