~मदन बज्रचार्य~
कलमले होईन आँसुले लेखियका छन् यो “डायरी”
उनीहरुको आफ्नै भाषा र लिपि र संस्कृति थियो
गुन्द्रु र कोदो फापर भय पनि खान पायकै थियो
घर छाप्रो नभयका “ओडार” पनि घरै जस्तो थियो
यक्लै सुत्नुपर्ने पनि समाजमा मिलेरै बसेको थियो/
यकायक कतै बात मिल्न होईन जित्न खोज्ने पसे
मिल्न मात्र जानेका लड्न नजानेकाको सबै खोसे
खोस्ने लुट्नेलाईनै “ठुला र बडा” हुन् भन्न लगाय
लुटियकालाई शोसित मात्रै होईन अछुत पनि बनाय
पाउ धोक्न लगाय लंगौती धुन लगाय केके गरेगरे/
जिब्रोले जानेको बोले छ्या नबुझ्ने बोलि नबोल भने
औंलाले जानेको लिपिमा लेखे “केरमेर” नगर भने
लुत्नेकै बोलि बोलेलेखे असुद्ध लेखेको भनेर फेल गरे
सकी नसकी सिकेर कुर्सि खोजे “चिसो भुईं” देखाय
बुझ्न खोजे चुप बस्नै पर्ने गरि बाध्य बिबस बनाय/
जान्न खोजे बढी जान्ने नहोउ भनेर गालि खुवाय
उठ्न खोजे घुंडा टेकाय, घुंडा टेके पाउनै मिचाउने
मिल्न मात्रै जान्ने जुट्न नजानेले नराम्रो दण्ड पाय
आफुलाई चिन्ने खोज्दै हिड्दा पराईको भिडमा हराय
शोसित पिडितको डायरी मसिले होईन आँसुले लेखिन्छ/
December 16, 2012