~ध्रुब सापकोटा~
लेखनाथ कागजमा मरेको छ । उसको मृत्युको, प्रमाणपत्र घरमा राखिएको छ । व्यवहारमा भने त्यस्तो छैन । लेखनाथ ज्यूँदै छ । मेरो सामुन्नेमा बसेको छ । मलाई उसको नाम सम्झन गाह्रो भयो । अनुहार सम्झन गाह्रो भएन । मैले लेखनाथलाई आˆनो बैठक कोठामा बोलाएँ ।
-म लेखनाथ । चिन्नुभएन ? लेखनाथले भन्यो ।
-पन्ध्र वर्षअघि मैले लेखनाथलाई लण्डनमा भेटेको थिएँ । उ त्यहाँ विगत पाँच वर्षदेखि बसिरहेको थियो । बीस वर्षअघि लेखनाथ लण्डन गएको थियो । उ सरकारी कर्मचारी थियो । सेमिनारमा भाग लिन उ लण्डन गएको थियो । विभिन्न देशका कर्मचारी सेमिनारपश्चात् सबै आ-आˆनो देश फर्किए । लेखनाथ फर्किएन ।
-लेखनाथको मनोनयन पछाडि अलिकति हाकिमको कृपा थियो । अलिकति उसको दौडधुप । उसको परीश्रम खेर गएन । प्रतिस्पर्धामा अरूहरू पनि थिए । ऊभन्दा योग्य । तिनीहरू हिस्स परे । तिनीहरू भित्रभित्रै रिसाएका थिए । उसलाई रोक्न सक्ने शक्ति तिनीहरूमा थिएन । उल्टो बधाई दिए ।
तपाईंहरूको शुभेच्छा हो- लेखनाथले भनेको थियो । यो औपचारिकता थियो । उसको मनमा घमण्ड पलाएको थियो । उसले सफलता भेटेको थियो । यो पनि त्यसमा थपिएको थियो । तिनीहरूले उसको घमण्ड थाहा पाएका थिए । चालुको उपमा उसको पछाडि तिनीहरूले दिएका थिए ।
लेखनाथलाई लण्डनले तान्यो । लेखनाथले बुझेको थियो र भोगेको थियो, सडक भनेको धुवाँ र धुलो हो । प्रदूषणको स्रोत हो । सडक भनेको चक्का जाम गर्ने ठाउँ हो । सडक भनेको नारा र जुलुस गर्ने ठाउँ मात्र होइन टायर बालेर प्रदूषण फैलाउने ठाउँ हो । लेखनाथले भोगेको थियो, होटेलमा समोसामा मुसा राखेर बेच्दा केही फरक पर्दैन । खसीको मासुमा कुकुरको मासु राखेर पस्कँदा केही फरक पर्दैन ।
लेखनाथले कामको सिलसिलामा यात्रा गरिरहनु पथ्र्यो । त्यस बखत उसलाई आफू कुनै यात्रामा निस्केको होइन, कालको मुखमा जान लागेको अनुभूति हुन्थ्यो । घरबाट निस्कँदा अन्तिम अनुभूति गथ्र्यो ।
-किन तपाईंलाई त्यस्तो लाग्छ ? श्रीमतीको प्रश्न हुन्थ्यो ।
-बाटोले नै मलाई त्यस्तो अनुभूति गराउँछ । पहाडको घुमाउरो, साँघुरो ओरालो, उकालो र भत्केको बाटो । बाटोमा म कुनै न कुनै सवारी साधन पल्टेको देख्छु । मेरै मोटर पल्टेर दुर्घटना भएको लाग्छ । हर यात्रा मेरो लागि अन्तिम लाग्छ । लोग्नेको यो आशङ्का मेट्ने शक्ति श्रीमतीमा छैन । श्रीमती लोग्नेको सकुशल यात्राको कामना गर्थी । लोग्ने नफर्केसम्म तिनलाई अत्यास लाग्थ्यो ।
लेखनाथलाई लण्डनले तान्यो । धारामा चौबीस घण्टा पानी आउँछ । बिजुली जाने कल्पना कसैले गर्दैन । सडक कालो, चिल्लो र सफा छ । पार्क मनमोहक छ । ग्यासको समस्या नै छैन । मिसावट शब्दको आवश्यकता छैन । कागजमा जे लेखिएको छ सबलाई मान्य त्यही छ । कुरा र व्यवहारमा परक छैन । मान्छे जे बोल्छ त्यही गर्छ । लेखनाथले कानुनको राज्य देख्यो । अरू केही देखेन ।
-यस्तो ठाउँमा छोराछोरीले अध्ययन गर्न पाए कति राम्रो हुन्थ्यो । आˆनो देशमा हुने हास्यास्पद परीक्षा सम्भिmयो । आˆनो देशमा गाह्रो प्रश्नपत्र आएमा परीक्षाको अफिस नै अग्निपरीक्षामा पर्ने गरेको सम्झना उसलाई भयो ।
लेखनाथ एउटा होटेलमा बसेको थियो । यो होटेलको मालिक आˆनै देशबाट आएको थियो । त्यसले यस देशमा दुई दशक बिताएको थियो ।
-म पनि यस देशमा बस्न चाहान्छु । लेखनाथले भन्यो
-तपाइर्ं ? होटेल मालिकले सोध्यो ।
-हो म किन र ? लेखनाथले प्रश्न गर्यो ।
-तपाईं के गर्नुहुन्छ ? होटेल मालिकको प्रश्न थियो ।
-म त इन्जिनियर हुँ । लेखनाथले भन्यो ।
-त्यस्तो राम्रो अध्ययनको विषय रहेछ तपाईंको । होटेल मालिकले भन्यो ।
-सरकारी इन्जिनियर । लेखनाथले भन्यो ।
-झन् राम्रो । होटेल मालिकले भन्यो ।
-राम्रो केलाई भन्ने ? कुन अर्थमा राम्रो भन्ने ? त्यहाँको तलबले खान पुग्दैन । परिवार पाल्न सकिँदैन । लेखनाथले भन्यो ।
-अहिलेसम्म परिवार कसरी पाल्नुभएको छ त ? मालिकले सोध्यो ।
-घुस खाएर । लेखनाथले जवाफ दियो ।
-त्यहाँ त घुस खुल्लै छ हैन ? मालिकले भन्यो ।
-खुल्ला छ भनौं भने कानुन छ । अख्तियार छ । सब कुरा छ । खुल्ला छैन भनौ भने सबैले आरामसँग खाइरहेका छन् । लेखनाथले भन्यो ।
-सब कुरा छ । केही पनि छैन । मालिकले भन्यो ।
-ठीक भन्नुभयो । लेखनाथले भन्यो ।
-तपाईंको घर कहाँ छ ? मालिकले सोध्यो ।
-काठमाडौँमा छ । लेखनाथले भन्यो ।
-पहिलेदेखि नै हो ? मालिकले सोध्यो ।
-पहिले त पहाडमा हो । लेखनाथले भन्यो ।
-पहाडमा को को छन् ? मालिकले सोध्यो ।
-वृद्ध मातापिता छन् । लेखनाथले भन्यो ।
-तिनीहरूसँग भेट हुँदैन ? मालिकले सोध्यो ।
-बहुत कम । लेखनाथले भन्यो ।
-तिनीहरूप्रति माया लाग्दैन ? मालिकले सोध्यो ।
-के गर्ने, बाध्यता छ । लेखनाथले भन्यो ।
-तपाईं पहाड जानुभएको छ ? मालिकको प्रश्न छ ।
-एकाधपल्ट । लेखनाथले भन्यो ।
-कस्तो छ पहाड ? मालिकले सोध्यो ।
-कस्तो हुन्छ पहाड ? बाटो छैन, धारा छैन, बिजुली छैन, कलेज छैन, यी छैनहरूको बीचमा पहाड छ । लेखनाथले भन्यो ।
-तपाईंहरूजस्ता पढेलेखेका मान्छे पनि छैनन् नि । मालिकले भन्यो ।
-ठीक भन्नुभयो । लेखनाथले भन्यो ।
-काठमाडौँमा घर बनाएको कति भयो ? मालिकले सोध्यो ।
-दुई वर्ष भयो । लेखनाथले भन्यो ।
-जागिर खाएको कति भयो ? मालिकले सोध्यो ।
-पाँच वर्ष । लेखनाथले भन्यो ।
-आफैँले बनाएको ? मालिकले सोध्यो ।
-हो । लेखनाथले भन्यो ।
-काठमाडौँमा को को बस्छन् ? मालिकले सोध्यो ।
-श्रीमती, छोरा र छोरी । लेखनाथले भन्यो ।
-पाँच वर्षभित्रमा तपाईंले धेरै उन्नति गर्नुभएछ । मालिकले भन्यो ।
-म त एउटा सानो मान्छे । एउटा तल्लो श्रेणीमा इन्जिनियर । मभन्दा माथि धेरै तह छन् । ती तहभन्दा माथि मन्त्री छ । विज्ञानको भाषामा भन्नुपर्दा तिनीहरू अणु हुन् भने म परमाणु । लेखनाथले भन्यो ।
-परमाणु हुँदा त यस्तो छ भने अणु हुँदा कस्तो
होला ? मालिकले भन्यो ।
-कुरै नगर्नोस् । लेखनाथले भन्यो ।
-संसारको गरिब देशमा बसेर अणु परमाणु बन्दा कस्तो अनुभव हुन्छ ? मालिकले सोध्यो ।
-हामीहरूलाई कमाउने सुरभन्दा अरू कुराको बारेमा सोच्ने मौका नै हुँदैन । अरू कुरा सबैले सोचे देश त्यस्तो हुँदैनथ्यो । लेखनाथले भन्यो ।
-त्यस्तो भू-स्वर्गमा बसेर मजा लिन छोडेर यतातिर किन आँखा लगाएको त ? मालिकले सोध्यो ।
-त्यो सब इज्जतको काम होइन । यहाँ आएपछि त झन् आफैँलाई अपराधी बनेको अनुभव हुँदोरहेछ । लेखनाथले भन्यो ।
-यति छिटै यो ठाउँबाट प्रभावित हुनुभयो ? मालिकको प्रश्न थियो ।
लेखनाथ आˆनो निर्णयमा अडिग भयो । यो कुरा होटेल मालिकसँग गर्दा उसले भन्यो- मलाई हृवाइट कलर जब मन गर्छ । होटेल मालिकले यति भन्यो- अप्ठ्यारो परेमा यहाँ आउनुहोला । मिलेर काम गरौँला । तपाईंलाई स्वागत छ । यहीँ आएपछि उसलाई थाहा भयो काम गर्न कोही पनि हिच्किचाउँदैन । हर कामको इज्जत छ ।
-सुन अब । मैले लण्डन नै बस्ने निर्णय गरेँ । उसले श्रीमतीलाई फोनमा जानकारी दियो ।
-काम पाइयो ? श्रीमतीको प्रश्न थियो ।
-यहाँ होटेलमा काम गर्न चाहे त जहिले पनि गरे हुन्छ । म मेरो अध्ययनको विषयको कामको खोजीमा छु । लेखनाथले भन्यो ।
-मैले के भन्नु छ र ? तिमी आˆनो राम्रो कसरी हुन्छ त्यही गर । श्रीमतीले भनी ।
-अरू के छ ? लेखनाथले भन्यो ।
-सब ठीक छ । श्रीमतीले भनी ।
-तलब अफिसबाट आइरहेको छ ? लेखनाथले भन्यो ।
-आएको छ । श्रीमतीले भनी ।
-मेरो बिदा बाँकी भएसम्म पैसा आउँछ । त्यसपछि आउँदैन । लेखनाथले भन्यो ।
-त्यसपछि के गर्ने त ? श्रीमतीले चिन्ता प्रकट गरी ।
-तिमीहरूले चिन्ता लिन पर्दैन । राम्रो काम मैले तत्काल नै पाएँ भनी तिमीहरूलाई म तत्काल नै बोलाउँछु । लेखनाथले भन्यो ।
-हामीहरू सबै त्यहीँ आउने ? श्रीमतीको प्रश्न थियो ।
-हो त नि । छोराछोरीहरूले तल्लो कक्षादेखि नै यहाँ पढ्न पाए भने तिनीहरूले संसारको कुनै पनि देशमा काम गर्ने हैसियत बनाउँछन् । लेखनाथले भन्यो ।
यो श्रीमतीका लागि खुसीको कुरा थियो । यो खुसी त्यसले आफैँमा सीमित राखिन् । छोराछोरीलाई सुनाई । आˆनो माइतमा यो खुसीको खबर पुग्यो ।
-श्रीमान् कहिले आउने हो ? छिमेकीको प्रश्न छ ।
-अब उहाँ बेलायत नै बस्ने हुनुभयो । श्रीमतीको जवाफ छ ।
-सेमिनारमा गएको होइन र ? छिमेकीले पुनः प्रश्न गरेको छ ।
-हो, त्यहीँ नै उहाँलाई काम मिल्यो । श्रीमतीले भनिन् ।
-तपाईंको श्रीमान् त धेरै तगडा हुनुहँुदोरहेछ । छिमेकीको टिप्पणी छ ।
-किन र ? श्रीमतीको प्रश्न छ ।
-बेलायतीले समेत पत्याउने भनेको कुरा कम होइन । छिमेकीको टिप्पणी छ । श्रीमान्को प्रशंसा आˆनै प्रशंसा लाग्छ । श्रीमान्को निर्णय आˆनै निर्णय लाग्छ । तिनलाई थाहा छ, बेलायतमा आइमाई र लोग्नेमान्छे काम गर्न समान छन् ।
छोराछोरीहरू बेलायत जाने कुराले फुर्किएका छन् । आˆना कक्षाका साथीहरूलाई तिनीहरूले यो कुरा बताएका छन् । तिनीहरू साथीहरूका सामुन्नेमा अग्ला देखिएका छन् । सामान एक्कासि महँगो हुँदा, सामानको अभाव हुँदा र सडकमा टायर बल्दा तिनी भन्न थालेकी छिन्, बेलायत गएपछि यो सब दुःखबाट मुक्त हुइन्छ । एउटा अर्के संसारमा पुगिन्छ ।
पहिले महिनाहरू बित्छन् । लोग्नेको अफिसबाट आउने गरेको मासिक तलब आउन छुटेको छ । लोग्नेको फोन अनियमित भएको छ । आश्वासन आउन छोडेको छैन ।
-के भयो तपाईंहरूको बेलायत जाने कुरा ? छिमेकीहरू प्रश्न गर्छन् ।
-टिकट आएको छैन । श्रीमतीको भनाइ छ । धेरैपटक यो कुरा तिनले दोहोर्याएकी छन् । छिमेकीलाई यो जवाफ दिँदा तिनलाई अप्ठ्यारो लाग्न थालेको छ । तिनी यस्ता प्रश्नबाट टाढा हुन थालेकी छिन् । लोग्नेको हर कुराको समर्थन गरेकोमा तिनलाई थकथक लाग्न थालेको छ ।
-जे भए पनि तपाईं यहीँ आउनोस् । आफूले यो भन्न सकेको भए अहिले समस्या आउने थिएन ।
लेखनाथको फोन आउन छोडेको छ । लेखनाथले त्यहाँको फोन नम्बर दिएको छैन । बेलायत जाने मान्छेलाई तिनले खबर पठाइन् । त्यसको कुनै प्रतिक्रिया आएको छैन ।
तिनी एउटा वकिलको अफिसमा गएकी छिन् । यो वकिल कपाल फुलेको र मोटो छ । त्यसको वकालत पेशा अत्यन्त चलेको छ । फैसला गर्नमा प्रभाव पार्ने हैसियत राख्छ त्यसले, यो भनाइ तिनले सुनेका कारणले नै त्यसको अफिसमा गएकी हुन् ।
-अब के गर्ने ? वकिलसँग सल्लाह माग्छिन् ।
-के भयो ? पूरै विवरण बताउनोस् । वकिल भन्छ ।
-बेलायत गएका मेरा लोग्नेको खबर आउन छोडेको छ । परिवारको घर व्यर्थका लागि रकम आउथ्यो, त्यो पनि आउन छोडेको छ । तिनी बताउँछिन् ।
-यस्तो भएको कति भयो ? वकिलको प्रश्न छ ।
-बीस वर्ष । तिनी भन्छिन् ।
-बीस वर्षदेखि नै ? वकिलको प्रश्न ।
-खबर आउन छोडेको दस वर्ष भयो । तिनी भन्छिन् ।
-तपाईं यसमा मसँग के राय चाहानुहुन्छ ? वकिलको प्रश्न छ ।
-मेरो आयस्रोत भनेको त्यो घर भाडामा लगाएर केही रकम आउने हो । छोराछोरी ठूला भइसकेका छन् । मेरा गर गहना सबै बेची सकियो । म अब यो बसेको घर बेच्न चाहन्छु । त्योभन्दाबाहेक मैले अर्को उपाय देखेको छैन । श्रीमतीको भनाइ छ ।
-त्यसमा के अप्ठ्यारो पर्यो त ? वकिलको प्रश्न छ ।
-घर मेरो नाममा छैन । लोग्नेको नाममा छ । श्रीमतीको भनाइ छ ।
-यो त साँच्चै अप्ठ्यारो छ । वकिलको जवाफ छ ।
(स्रोत : मधुपर्क २०६५ चैत)