~दिपक अधिकारि~
सोर्गकि अप्सरापो हौ कि तिमी भनि,
दुर्बिनलिई हेरुँ-हेरुँ लाग्यो मलाई पनि,
बुढेसकालका आँखा मेरा बादल लागे सरी,
ढाकिईछौ तुँवालोमा देखुँ कसो गरी?
देख्छु म त चारैतिर ईट्टा थुप्रो जस्तो,
पहिले-पहिले हेर्दा चाँही थिएन नि यस्तो,
रुप तिम्रो कुरुप देख्छु किन भयौ यस्ती,
मानिसनै बस्नी हुन्की बाँदरको हो बस्ती?
चारैतिर गन्हाउने थुप्रो फोहोरको,
मलाई चाँही आईरहन्छ याद पोहोरको,
क्या आएछु काठमाडौं हेर्न तिमीलाई भनि,
दिक्क लाग्छ मुटु पोल्छ रुन्छ मन पनि!
बस्न मन लागेन है जान्छु फर्की गाँउ,
फोहोर फाल्ने भाँडो जस्तो भएछ यो ठाउँ,
कित मेरा आँखा बिग्रे कि दुर्बिन पुरानो,
आज मलाई काठमाडौं भैदियो बीरानो!!
दिपक अधिकारि,
एल्म्लोह्, जर्मनी
November 16, 2008
(स्रोत : माइ संसार डट कम)