~जीवराज बुढाथोकी~
भाे नगर्दा हुन्छ धेर्, त्याे जवानीकाे कुरा ।
रित्तियाे त्याे केगराैं, जिन्दगानीकाे कुरा ।
घाउ हुन्थ्यो छातिमा, संझनामा प्रेमकाे,
रून्छु कल्पी साँझकाे, या विहानीकाे कुरा ।
भन्नलार्इ शास्ति भाे, रातका पीडाहरू,
अाँसु वर्षा थामने, त्याे सिरानीकाे कुरा ।
प्यारमै हुर्के म त्याे, प्रेममै वाँचे पनि,
अाज बेपत्ता भयाे, त्याे निशानीकाे कुरा ।
घामकाे अाभाष नै, छैन कस्ताे “राज” भाे,
मेटदैन्थ्याे प्यासनै, कस्ताे पानीकाे कुरा ।
बहर: मदीद
२१२२ २१२//२१२२ २१२
फाइलातुन फाइलुन / फाइलातुन फाइलुन
मात्रा : २४, वर्ण : १४
पिङ्गल छन्द: विलम्बित
२१२ २२१ २२१ २२२ १२
र त त म लगु
सात अक्षरमा विश्राम
जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलो, काठमाडौं
२०७२।०३।२४