कविता : लाहुरे

~निश्चल काउचा~Nischal Kaucha

हिमालको काखमा !
सानो झुपडी छ ।
त्यहि छ , मेरो ,
सानो संसार !
म सानो छदा !
बाजेले भन्नु हुन्थ्यो !
धेरै पदनु पर्छ ।
हामीले नपदेर धेरै दु:ख पायौ ।

तोरी फूल्ने पाखाबारी !
घयाँल पाक्ने डाँडा !
हिमाली चिसो सिरेटो ,
मुटु नै कमाउने ।
पदन छोडी ,
लाहुरे हुने हुटहुटी जाग्यो ।
कहिले अफगानिस्तान ,
कहिले ईराक ,
कहिले जम्मुकश्मिर ,
कहिले बर्माको जङ्गलमा !
गोला बारुदसँग लुकामारी खेल्छु ।

म कति ‘अभागी’
मेरो देशको नीम्ति लडन सकिन ।
पैसाको खातिर ,
अर्काको गुलामी गर्दै !
अर्कैको नीम्ति लडिरहेछु ।
ढाल बनिरहेछु ।

कुन बेला जीवन रित्तिन्छ?
कसलाई थाहा छ् र ?
भोली कसले पो देखेको छ र ?
अरुको नीम्ति लडनु पर्ने !
अरुको आदेश मान्नु पर्ने !
यो बाध्यता हो ?
या रहर ?
लाग्छ ! यो सिलसिला !
निरन्तर् चलिरहने छ ।
सायदै रोकिएला ?

-यामु काउचा “निश्चल” मगर
चौराह – १ – बाग्लुङ

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.