~हरी गौतम~
वार गर्नु पूर्व खुकुरीमा धार हुनै पर्छ.!!
चुप्प लागेर भएन अब… खुङ्खार हुनै पर्छ.!!
नेपाल आमालाई बिभाजीत गर्न खोज्नेहरू सुन
सेनाहरूको आक्रोश हो यो..लाचार हुनै पर्छ.!!
कती बसौ देशको यो,हरीगती देखी साथी?
चट्टानको रूप लिई सिमानाको..दीवार हुनै पर्छ.!!
राष्ट् बचाउन आफ्नो ज्यानै त्याग्न परोस न वरु
हाम्रो नेपाल सजाउने सपना…साकार हुनै पर्छ.!!
[[२” वार गर्नु पूर्व खुकुरीमा…धार हुनै पर्छ.!!
चुप्प लागेर भयन अब…खुङ्खार हुनै पर्छ.!!२]]
हरी गौतम
खनदह-3,अर्घाखाची
हाल-भारत
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )