कविता : सोँचाई

~नारायण पोखरेल~

गजब छ ,
कहिले कता जान्छ ,
कहिले कता ,
आखिर सोँच नै त हो ,
कहिले उहि बचपना मा भेटिन्छु त ,
कहिले वयस्क भएर भेटिन्छु ,
कहिले कुनै आकर्षक स्त्रीको
हात समातेर हिडिरहेको हुन्छु ,
आखिर सोँच न हो ,
कहिले एक अरबपति को लिस्टमा देखिन्छु ,
कहिले कुनै फिलीमको हिरो जस्तै देखिन्छु ,
कहिले देश बिदेश भर्मण गरेको हुन्छु ,
कहिले कुनै पुस्तकमा वा फिल्ममा रहेका
पात्रहरुको
दुख भरिएको कहानिहरुमा देखिन्छु ,
आखिर सोँच न हो ,
कहिले गर्दै गरेको काम छोडेर उहि
पुराना
साथिहरुसँग को समुहमा मिसिईन्छु ,
कहिले बिश्व नै हात पारिरहेको हुन्छु
बिना कुनै सँघर्ष ,
कहिले त सँघर्ष गर्दा गर्दै पनि लडिरहेको
अवस्थामा भेटिन्छु ,
कहिले मौन हुन्छु ,
कहिले श्वर मच्चाएर हिडिरहेको हुन्छु ,
कहिले पाँचतारे होटलमा खाना खाँदै रहन्छु ,
त कहिले फुटपाथ मा खाना बटुल्दै रहन्छु ,
आखिर सोँच न हो ..!!

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.