कविता : शहर तिर किन सर्यौ

~हरी गौतम~

आफ्नै घरको जमीन छोडी, शहर तिर किन सर्यौ ..!!
हलो-जुगां गरी बरु लाग्छ गाँउ मै खेती गर्यौ..!!

हिंडे मात्र हुन्न हजुर, गन्तव्य मै पुग्नुपर्छ..
वीच बाटो मै फस्न किन जानी जानी जघांर तर्यौ..!!

सुखी होश या दु:खी जीवन, जे भएनी खुसी छु म..
दुनीयाको पछी लागी, मधेश तराई किन झर्यौ..!!

आफन्तलाई लत्याएर, धन-सम्पती जोड्नु भन्दा..
सपनाहरू जलाएर, दु:खई गरी-गरी मर्यौ..!!

हरी गौतम
खनदह-3,अर्घाखाची
हाल-भारत

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.