~पद्मप्रसाद शर्मा~
विनोद आफूलाई राम्रो ब्यक्तित्व भएको व्यक्तिको रुपमा सम्झन्छन् । उनले आफ्ना सबै क्रियाकलाप देशभक्तिपूर्ण र जनताका निम्ति भएको ठान्छन् । आफूले रोजेको विचार र सिद्धान्त जनमुक्तिका खातिर हुन् भनेर ब्याख्या गर्छन् ।
विनोदमात्र होइन उनको पूरै जमात आफ्नो विचारमा नआउनेलाई या त प्रतिक्रियावादी ठान्छन् या त प्रतिगामी ठान्छन् । यस्ता शब्दालंकार प्रयोग गर्न लागेको केही समय बित्यो ।
एकदिनको कुरा हो खुशलले विनोद र उसको समूहको निकै प्रशंसा गरे । खुशलले प्रशंसा गरिरहँदा विनोद मुस्कुराइरहे । खुशल त्यहाँबाट हिंडेपछि विनोदले पनि उसको राम्रा पक्षको कुरा उठाए । त्यसअघि विनोदले खुशललाई टेडो आँखाले पनि हर्ेन चाहँदैनथे तर आज ।
विनोदको नाडी छाम्नका लागि खुशलले योजनावद्ध किसिमले विनोद र उनको समूहको प्रशंसा गरेका थिए । खुशलले प्रशंसा गरे अनुसार विनोद र उनको समूहमा कमै गुणहरु थिए । विनोद र उनको समूहबाट जति काम हुन्थे प्रायः धेरै काममा अराजक हुन्थे तर उनको भाषामा ती सबै काम देश र जनताका निम्ति हुन्थे । कसैले कम आँकलन गरेमा उदाउँदो र्सर्ूय छेक्न खोजेको भनिन्थ्यो ।
झण्डै एक सातापछि विनोद र खुशलको जम्काभेट भयो । विनोदले खुशललाई राम्रो संस्कार भएको र लाइनमा आएको भनेर फुर्क्याए । एक हप्ता अघिको खुशलको कुराले विनोदमा परिवर्तन देखियो ।
ज-जसले विनोद र उनको समूहको प्रशंसा गर्छन् ती सबैका लागि विनोद परिवर्तन भएर देखा पर्छन् । उनको र समहको प्रशंसा नगर्नेहरु पुरातनपन्थी र यथास्थितिवादी कित्तामा पर्छन । अरुमा परिवर्तन चाहने विनोदमा कहिले परिवतर्वन आउने हो – उनलाई चिन्नेहरुमध्ये अधिकांशले यही भन्ने गर्छन ।
(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)