~भरत मरहठ्ठा~
छोरीलाई बोर्डिंङ् पुर्याउन सुनिता तयार भैसक्दा बाउले घरबारी बैंकमा धरौटी राखेर किनिदिएको मोटरसाइकल हुइक्याउदै ऊ आइपुग्छ l
“ल ल नानु बस l” आफ्नै छोरीलाई भने झैँ भन्छ l
“अंकललाई राम्रोसंग समाउ है l” सुनिता बाइकको पछाडी छोरीलाई हालीदिन्छे l फर्कन ज्यादै हतार भएझैँ मोटरसाइकल रफ्तारसंग हुइकिन्छ l
“ओ हो बाबु ! नानीलाई पुर्र्याएर कति चाडै फर्किनु भाको त? तपाई त सुपरम्यान नै हो कि क्या हो! ल कफी पिउनुस l” सुनिता प्रशंशा गर्छे l
“सुपरम्यान जे कुरामा पनि सुपर नै छैन र भाउजू?” सुनिताले दिएको कफीको चुस्कीसंगै अझ प्रशंशाको भोक जाहेर गर्छ l
“जिन्दगीको दौडानमा अबरुद्ध प्यासी गाडी पनि हाक्न सक्छ त?” सुनिता निसंकोच परपुरुषलाई घुमाउरो पाराले यौन प्यास जाहेर गर्छे l
मनमा लोभ पलाएको सुपरम्यानलाई के चाहियो र!! बाकी माहुल अब बादरलाई लिस्नो भैहाल्यो नि l अंग-अंगमा दम भरिएको, जुँगारेखी भर्खर कोरिएको सुपरम्यान आफुलाई मर्द सम्झिन्छ l प्यासी गाडीको सम्पूर्ण पाटपुर्जा मर्मत गर्छ जसरि कि येस्ता अबरुद्ध गाडी धेरै नै मर्मत गरेर एउटा अनुभवी मेकानिक हो l जति गाडी दौडाउछ सुपरम्यानले सुनिताबाट उतिनै प्रशंशा पाउछ l तर रात दिन पसिना बगाई परिवारको सुख र उन्नतीको लागि खाडीमा सुपरम्यानकै तरह काम गर्ने सुनिल भने सुनिताको लागि एउटा आर्थिक श्रोत मात्र भएको छ l सुपरम्यानलाई गाडी दौडाउन नि:शुल्क पेट्रोलको ब्यबस्ता जस्तो l सुनिल र सुपरम्यानको समन्ध गाउले छिमेकीको हो l तर खाडीमा सुनिल श्रम बेच्न हिडेपछि सुनितासंग झयामीएको सुपरम्यानको सम्बन्ध चाही नया हो l
मान्छेको नीतिसंग लड्न सकिन्छ तर नियतसंग लड्न को सक्छ र l मनभित्रको नियेत नै गतिलो रहेनछ भन्ने बुझीएको सुनिता खासमा छोरीको भबिस्य माथि खेलवाड गर्न नसकिनी भन्दै छोरीको लागि राम्रो बोर्डिंङ्को शिक्षा प्रदान गर्ने प्रमुख उदेश्यका साथ् शहरको डेरामा सबार थिइ l घरकै ढीडोफाडो खुवाएर गाउँको बोर्डिंङ्मै पढाएर पनि त नानीको शिक्षामा प्रगति हुन्छ भन्ने सासु-ससुराको प्रस्ताबलाई स्त्रीहठको गतिलो हतियार प्रयोग गरेर सासु-ससुरा बिरुद्ध उभ्यायकी थिइ आफ्नो पति सुनिललाईl
सुनिल श्रम बेच्न हिडेपछि चौपट छ l गाउँघरको गैरी खेत बुढाबुढीले खन्न नसक्ने l डेरामा सुनिता फेसबुक र टि.भी. सीरिएल छोड्न नसक्ने l गाउँघरमा खेतबारी बाझो रहने अनि शहरको रंगिन दुनियाको संगतले सुनिल र सुनिताको सम्बन्ध पनि कचपल्टिने l गैरी खेतमा पाती फुल्दैछ सुनिलको टाउकोमा ऋण झुल्दैछ अनि सुनिताको जवानीमा कयौ सुपरम्यान झुम्दैछन्l
एउटा डरलाग्दो अनि घिनलाग्दो सामाजिक बिकृति देखेर असैह्य हुन्छ मलाई l सुनिल मेरो पनि छिमेकि हो l कुनै छिमेकि ऊसको घरमा आगो लगाउदै छ त कोहि निभाउन तयार हुनु पर्यो नि l आफ्नो दैनिकी पुरा गरेर फर्किदै गरेको सुपरम्यानलाई म एउटा जानकार व्यक्तिले झैँ ऊसलाई एक दिन रोके l
“तिमी जे गर्दैछौ त्यो ठिक होइन l कमसेकम पाप र धर्मको त ख्याल गर l” मैले सम्झाउन खोजे सुपरम्यानलाईl
“पाप र धर्म भनेको के थाहा छ र तिमीलाई?” मलाई प्रश्न सोधेको हो कि सिकाउन खोजेको हो थाहै लागेन l
“तिमी छिमेकी हौ l आपत बिपत परेको बेलामा सहयोग गर्नुपर्ने ठाउमा मौकाको फाइदा उठाउन पल्केको जस्तो के गर्दै छौ तेस्तो l झन् तिमीहरु जस्ता लक्का जवान भाइहरु गाउँघरमा छौ जे पर्दा पनि सहयोग पुग्छ भनेर ऊसले विश्वास गरेको छ तर तिमीहरुचाई…l” म उसलाई युवा कर्तब्य बोध गराउछु l
“अनि थाहा रहेछ त बुढा l हाम्रा छातीमा रौ उम्रेका छन् l जुँगाका रेखी भर्भराउदा छन् l अंग अंगमा दम/जोश बढेको छ l जोशले आफ्ना इच्छा अनि चाहनालाई भोग भन्छ l” मलाई बुढोको बिल्ला भिराऊदै उ मर्दको श्रीपेच पहिरिन्छ l उसको दमदार कुतर्क मलाई कसरि खण्डन गरु जस्तो लाग्यो l
“तिम्रो मर्दपन परस्त्रीमाथि लगाउनि होइन भाइ l यो त सरासर पापनै हो भाइ l समाज सेवा गरेर धर्म कमाउनु पर्छ l” म अझ कोसिस गर्छु कर्तब्यबोध गराउन l
“ए बुढा तिमीलाई के थाहा l तिमी त जानी भए पो थाहापाउथ्यौ पाप/धर्म क्या हो भनेर l बुढो विदेशमा छ यता बिचरी रनरन तातेर मर्छु कि क्या हो जस्तै गरेकी हुन्छे l त्यो अवस्था देख्दा र उसको गर्मि छाम्दा एक चोटी नदिने हो भने म आफुलाई कस्तो पापी हु जस्तो हुन्छ l त्यो गर्मिलाई कम्ता शितलता प्रदान गरेको छु मैले l बिचरा! उसको तिर्खा मेट्न मैले कम ठुलो धर्म गरेको छु l मान्छेको एउटा इच्छा न हो l कसैलाई मारेको त होइन नि l फेरी खर्च गरेर सकिने नगदनारायण जस्तो हो र त्यो! सुनिल पनि त विदेशमा के अछुतो बस्या होला र! धर्म त उसले पनि गरेकै होला l सुनिता भाउजू पनि त्यहि भन्छिन l” रसमा डुबुल्की मार्न पाउनि गरेको सुपरम्यान लाजै पचाएर आफु इतरको कुतर्क पेश गर्छl
जुनकुनै कुराको पनि हद हुन्छ l अब त सुनिता र सुपरम्यानको लिला सामाजिक पर्दामा उत्रिन थालेको छ l सासू-ससुराको कानमा पुग्छ हल्ला l स्वास्नीको मुतमा गडेको नामर्द छोरोको भबिस्य अब खतरामा पर्ने भो भन्दै सत्य तथ्य पत्ता लगाउन अनुसन्धान गर्छन बुढाले गुप्त रुपमा, सत्य उही भेट्छन् जुन जन जिब्रोमामा छ l एउटा भयानक पिडाले छटपटिदै आफ्नो छोरालाई कयौ चोटी खबर गर्छन l तर पोइलाई मुट्ठिको माखो बनाइसकेकी सुनिताले रोएर हुन्छ या कयौ नाटक रचेर सुनिललाई कत्तिपनि डगमगाउन दिन्नl लाग्छ सुनिलको दिमागको रिमोट कन्ट्रोल सुनिताकै हातमा छl
सुनिल एरपोर्ट झर्दैछ l कोरीबाटी गरेकी निधारमा ठुलो टिका लगाएकी सिउदोमा अलिक लामो सिन्दुर लगाएकी गालामा मंगलसुत्र कहिल्यै पनि झिक्न नपरेझै झुण्डाएकी अनि साडी र चोलीमै सजिएकी सुनिता आफ्नी छोरिलाई पनि एक स्वर्गकी परि झैँ सझाएर आफ्नो पतिको अगमानमा हाजिर छे l सुनिल आफ्नो परिवार देखेर मख्ख पर्छ l आफ्नो सिन्दुर जस्ता को तस्तै छ, मंगलसुत्र गलाको गलै छ l आफ्ना बाउले फोन गरेर बताएको सुनिताको अपवित्रताको विश्वास गर्दैन l छोरीलाई काखमा अनि श्रीमतीलाई साथमा राखेर डेरामा आइपुग्छ l
छोरीलाई स्कुल पुर्यौनि काम सुनिलले गर्न थालेपछि सुपरम्यान बेकाम्मा हुन थालेको छ l तर पनि सुनिलको अनुपस्थितिको मौका छोप्दै सुनिता र सुपरम्यान आफ्नो लिला किन छोडथे र!
“आजकल त आफ्नो ड्राइभर आइहाल्यो खुब हाक्छ होला है l” सुपरम्यान आफ्नो क्षमता जाच्न खोज्छ l
“उसको त्यति हात बसी सक्या छैन l फेरी कति नै पो बस्नी हो र आखिर गाडी मालिकको भए नि चलाउने त सिपालुले नै त हो l” सुनिता खित्किदै सुपरम्यानलाई नै क्षमतावाल बनाउछे l छिलिदा-छिलिदा एकै छिनमा दुइ जना पानी-पानी हुन्छन l सुनीलको अनुपस्थितिको फाइदा लिदै एक अर्कामा हराएर उही रागलिला देखाउछन जुन उनीहरु पहिले देखिनै गर्दै आएका थिए फरक येति मात्र थियो की पहिला निर्धक्कता थियो तर अहिले अल्झन छl
“नारीहरुमाथि आत्याचार भयो अरे भनेर महिला जागरण समाजले चरण बद्ध आन्दोलनको सुरुवात भएकाले आज नानीको स्कुल पनि बन्ध गरिएको रहेछ सुनिता l” सुनिल बाहिरबाटै कराउछl
“ल अब खाना खाऊ तिमि पनि त जुलुसमा जानु पर्यो नि l ” सुनिल सल्लाह दिन्छl
कुनै प्रतिक्रिया न आएपछि कोठा भित्र अनुसान्धान गर्दा आतिदै तातेको इन्जिन सेलाउदै गरेका धोकेबाजहरुलाई सुनिल आफ्नै आखाले देखेपछि छाँगाबाट खसे जस्तै हुन्छ l सुनिलको दिमाग चर्किन थाल्छ l विदेशमा छदा आएको बाउको फोनको घन्टी चर्किएर बज्न थालेको भान हुन्छ l जति पैसा कमाएर पठाउदा पनि किन संचय हुन नसकेको रहेछ ठुलो ज्ञान मिल्छ l नजिकै टुलुटुलु हेरेर बसेकी अबोध छोरीलाई झन् मायालु देख्छ l काखमा उचालेर म्वाई खान थाल्छl
सुपरम्यान र सुनितालाई प्रहरीले पक्रिएको छ l गाउँ समाजका भद्र भलाद्मी पनि गुजुल्टिएका थिए l म पनि गनिएको थिए एउटा भद्र भलाद्मी l तेसैले भलाद्मी पाराले सबैलाई नमस्ते गर्दै सुपरम्यानलाई आफुले धेरै सम्झाएको तर कत्ति पनि परस्त्रीगमन जस्तो आफ्नो नामर्द पन नछोडेको कुरा जाहेर गरे l देखे जानेका सबैले आफ्ना-आफ्ना तरिकाले तर्क बितर्क गरे l सुनिताका माइती पक्ष चरित्रवान छोरी बिहेगर्दा ज्वाईलाई सुम्पिएकाले घर पक्षको आरोप झुटो हो भनेर खण्डन गर्दै गए l
“तिम्रो भन्नु के छ?” प्रहरी सुनितालाई सोध्छ l
“गल्ति गरेको छैन सर l उसले मलाई आपात-बिपत पर्दा एउटा भाउजूलाई गर्न सक्ने सहयोग मात्र गरेको हो l ” सुनिता दरो गरेर सुपरम्यानलाई सहयोगी देबर बनाउछे l
“मेरो आखाले धोका खाएको छैन सर l” सुनिल आक्रोश ब्यक्त गर्छ l
नेपाल प्रहरीको कार्यालयमा लिइएको अग्नि परीक्षामा सुनिता जित्दै जान्छे सुनिल हार्दै जान्छ l सुपरम्यान फुर्किदै जान्छ म सुर्किदै जान्छु l नेपालको कानुन, शब्दले संसारमै नामुद मानिएको, समाबेशी नया संबिधानको लप्काले के नै पो लछारपाटो लाउन सक्थ्यो र l रामराज्यको समय भए पो अग्नि पनि सीतालाई साथ दिन्थ्यो र राम पनि ढुक्क हुन्थ्ये l गरिबी र बेरोजगारीले स्याकेको राज्यमा परस्त्रीगमन र परपुरुष पोषणमा पल्केका महापापीहरुलाई प्रहरीको आगोको लप्काले के नै पो ऐया-आथू पार्थ्यो र! मात्र धुवा निस्कियो l बेकारमा सबैको नाक पोल्यो, आखा मात्र पिरो भयो l
महिला आन्दोलनको चर्को नाराजुलुस कार्यालय बाहिर चर्किएको छ l सानी अबोध छोरी कहिले सुनिता त कहिले सुनिल त कहिले हजुरबाको पासमा यताउति गरिराखेकी छे l सुपरम्यानलाई समेत गएर भोलिको स्कुल छोड्न आग्रह गर्छे l सुनिलले विदेशबाट ल्याइदियेको खेलौना मोटरसाइकल सुपरम्यानलाई देखाउछे – “अङ्कल! भोलि येही मोटर साइकलमा तपाई र म स्कूल जानी ल?”
बच्चीको त्यो चन्चलापनले धेरैको मन टिप्दै छ l सुनिता त्यहि बालापनलाई हतियार बनाउदै छ l अबोध बालिकालाई सम्बोधन गर्दै सुनिललाई सुनाउछे -“तिम्रो बाउले तिमीलाई र मलाई संगै बस्न नदिनी भयो छोरी l तिमी राम्रोसंग बस मामु अब अन्तै जान्छु l”
ममीको कुर्ताको फेर समाउदै छोरी भन्छे-“बाबा! ममीलाई अन्त नपठाउनुस न l”
महिला आन्दोलनको चर्को नाराजुलुसको चट्यांग कार्यालय बाहिर चडकिन्छ l यता हारेको सुनिलको गला अड्किनछ l सुनरुपी छोरीलाई आफ्नो मनको आसुले छुदै पापिनीलाई सुनपानी छर्किएर चोखो बनाउछ l आफ्नो आखालाई निर्जीव गुच्चा सम्झिदै छोरीको लागि आफुले हरिदिन्छ l म भद्रभलाद्मी पनि सुनिलसंगै हार्छु l सहयोगी युवालाई लान्छना लगाउने प्रबितीले देश बिकाश हुन नसकेको आदर्श छाट्दै सुपरम्यानका अभिभावक आफ्नो अशल सुपुत्र सुपरम्यानलाई कुलघरानकी कन्या माग्ने बाताबरण तय गर्छन l स्वास्नीको मुतमा गडेको नामर्द छोरोको भबिस्य अब खतरामा पर्ने भो भन्दै आतिएका अभिभावक अझ फुस्रो देखिन थाल्छनl
“अब त बुझ्यौ नि बुढा पाप र धर्म l मैले भनेको थिए नि रनरनी तातेको बेला पानी-पानी बनाएर मैले धेरै धर्म गरेको छु भनेर l तिमी त जानी भए पो थाहा पाउछौ l”
मर्दको श्रीपेच पहिरिएको सुपरम्यान फेरी मलाई पछार्छ l
– दोहा, कतार
(स्रोत : राम्रोलिन्क डट कम)