~सोम खनाल~
कसैलाई केही भन्नु छैन,
आफैंलाई भन्नु पर्ने धेरै छ
कसैको के दोष र यो संसारमा
दोष जति छ, मेरै छ ।
मै हुं फुर्कने र भित्र भित्रै हुर्कने
मै हुंकिशोर, र किशोरबाट प्रौढ हुने
मै हुं सधै नाच्न चाहने,
सधै बाच्न चाहने,
मै हु भवसागर तर्न चाहने
मै हु तर कहिलै मर्न नचाहने ।
मै हुं, खुशी दिएर हास्ने र पिडा पिएर रुने
मै हु आफूलाई मैलाउने र अरूलाई धूने ।
मै हु कुद्ने, मैदान नहेरी
मै हु उड्ने आकाश ननापी
मै हु डुब्ने निषपट्ट अधेरोमा
मै हु कुर्ने चौतारोमा, पधेंरोमा ।
मै हुं बिपना बिर्षेर अनुभुतिमा लेख्ने
मै हुं मरुभूमीमा मृगतृष्णा देख्ने ।
मै हुं अाखा चिम्लेर भर पर्ने
मै हु नजिक पूग्न कर गर्ने
आफै जमेर बरफ पगाल्ने पनि मै हु
हूदय छरेर खुशी संगाल्ने पनि मै हु।
त्यसैले,
म फुर्किदा फुर्किदै गलें भने,
म नाच्दा नाच्दै ढले भने,
म बाच्न चाहादा मरें भने
म उड्दा उड्दै झरें भने
कुद्न नजानि अल्झें भने
खाटा नबस्दै बल्झें भने
आशू बनेर पोखिएं भने
हातै पिछ्छे जोखिएं भने
चल्दा चल्दै रुकेंभने
शीर नथामि झुकें भने
कांडै काडाले चूबेंभने
आंशु आंशुमा डुबें भने
र डुब्दा डुब्दै हराएं भने
र गुहार माग्दै कराएं भने ।
हात दिन नसकेकोमा कसैले चिन्ता नगरुन
साथ दिन नसकेकोमा कसैले चिन्ता नगरुन ।
मैले जे गरें, आफ्नै मनले गरे
आफ्नै खुशी या आफ्नै तडपनले गरें ।
त्यसैले,
यो पाप या धर्म मेरो आफ्नै हो
यो श्राप या कर्म मेरो आफ्नै हो
यो बेहोषी या होष मेरो आफ्नै हो
अरुको होईन यो दोष मेरो आफ्नै हो ।
November 21, 2014
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)