~किरण पौड्याल~
पैसा फल्ने देशमा होम्मिंदा पनि, अभाव भए झै लाग्छ
दिनरात एकगरी घोटि्टदा पनि, अपुग भए झै लाग्छ
बिदेशमा पसिना बहाउँदा पनि, स्वाभिमानी भए झै लाग्छ
गाली, गलौच र पिटाई खाँदा पनि, गर्वित भए झै लाग्छ
कहिल्यै नपुग्ने पैसाको दौडाहामा, बाटो बिराए झै लाग्छ
अर्काको लागि दिनहुँ कमाई गर्दा, दानवीर भए झै लाग्छ
आफ्नो माटो भन्दा खाडीको बालुवा, मन पराए झै लाग्छ
एकाग्रमा मूल्यांकन गर्दा कतै आफै, कतै परदेश रित्तिए झै लाग्छ
-किरण पौड्याल, कुबेत
(स्रोत : ईलम्जुङ् डट काम)