~शशीकला थापा सुब्बा~
म त डुब्ने घाम थिए जून संगै उदाइ दिये
आफ्नो मन दुखाएर तिम्रो चित्त बुझाई दिये
बन्द थिए ओठहरु छात्तीभरी आँधी थियो
आँखा रसाएर आँशु झर्न मात्र बाँकी थियो
तिमीले हास्न चाहेपछी मैले आँशु लुकाइदिये
यो जुनीमा साथै थिए तिमी आँफै टाडा भाग्यौ
भगवानलाई साक्षी मानी फेरी अर्को जूनी माग्यौ
तिम्रो इक्षा अघी मैले आफ्नो शिर झुकाइ दिये
हाल : लण्डन
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)