कथा : स्वास्नी र बाउ

~डेभिन बाबु~

बुढो बाउ खै, गनगनाएर हैरान , भाको छोरि सात समुन्द्र पारी छ । घरको शोभा छोरि मान्छे छैन, चुल्हा चौका लिप्-पोत गर्ने मै बुढाले कति ? यस पटक चाहिँ खुरुक्कै बिहे गर है केटा नत्र म घर छोड्छु ।

मलाइ झ्याउ लाग्छ , आपा तिम्रो ठुटो जस्तो छोरोलाई पत्याउँछ कस्ले नी ?

आफू सुहाउँदो कस्ले नपत्याउला ? यस पटकको बर्ष नउम्काएस है केटा , फेरि खालास जाउलो ,,,,,

बिहे बिहे भनेर मेरो खैरो खन्न लागेको बुढो बाउको लागि तरुणि बुहारी कहाँ भेट्टाउनु भनेको बेलामा ? तल्लो घरकी धनसरीले पनि पत्याईन , शेर्पा गाउँकी सेङ्बोचीलाई बिहे गर्छु भन्दा जात मिलेन भनेर उतै गनगन, म त भुत्रो पनि बिहे गर्दिन । भन्न त भन्छु तर मलाइ प्राणै दिएर माया गर्ने बुढा बाउको चित्त बुझाउनलाई भए पनि बिहे त गर्नै पर्छ । पल्लो डाँडाको जात मिल्ने एउटि निकै उमेरले मस्त तरुणि थीइ चित्रा कला , त्यसलाई फकाउन जाँदा ढुङ्गा मुढा गरेर झन्डै सिध्याई अलक्षिणिले । अब सोल्टिनी पर्ने मेरो दाजुको सालीलाई नै, बिचार गर्नु पर्‍य्यो भनेर कुरा बाट्नु के शुरु गरेको ,इ,,,,,, तिमी सँग त यसरि पो बिहे गर्छु भनेर मुख लोप्राइ दी । बरु जन्म जातै मथिल्लो ओँठ नभएर चपरे बङ्गारा समेत देखिने लुर्कीले हिम्मत दिएर ट्याँके स्वरमा भनि, दुई तोलाको सिक्री र आठनी भरको औँठि लाइदिन्छौ भने म भर्खरै तिम्रो अघि लागिदिन्छु , के ओँठ पो छैन त मन त छ नी हौ ट्याङ्रे , हतेरिका दिमाखै खराब ! बाउले पनि अरु नाम् राख्न नजानेर ट्याङ्रे नै किन पो राख्नु परेको थियो? सबैको नाम् कति राम्रा छन्, राम , हरि, कृष्ण , गोपाल । मेरो चाँही कहिँ नपाएर ट्याङ्ग्रे राखिदिन परेको कहिँ ।

बुढा बाउ देखि घरि घरि त शिर देखि पाउ सम्मै सनक चढेर आउँछ। बैनी थीई कति असल , चिलले चिङ्ना टिपे झैँ परायले टिपेर सात समुन्द्र पारी कटाइ हाल्यो। भान्जी पनि जन्मी सकेको छ रे फुनमा आपा सँग
रुँदै बोली रे र मेरो बुढो आपा दुई घण्टा छोरि भन्दै रोइरहे ।

कता बाट माघे सक्रान्तीको मेला झरेकी एक लेखाली ठिटिलाइ गाउँका दाजुहरुका आस्-पास लागेर आँखा झिम्काउन पाइयो, धन्न जात ट्याङ्ग्रेकै परेछ र माया पिरेमको कुरा गरियो । बेलुकी पख उतै बाट घरमा भित्र्याइयो ।

बाबुले खोजे जस्तै परेछ, जे होस् सबै शोभाउ शिल भाकी बुहारी पाउँदा मेरो बुढो बाउ पनि दंग । अलिक उमेर् चाँही म भन्दा धेरै कान्छी परि छ। ब्यबहारमा पक्का । पढेलेखेकि । हुनेखानेकी छोरि। बाबु पनि नेता रछन् । अब ट्याङ्ग्रेले यो भन्दा सुनौलो भाग्य कहाँ र कहिल्य पाउने ? धनसरीको आँगनै बाट हातेमालो गरेर हिँडियो । पँधेरिमा चित्राकलाको अघि आफ्नी स्वास्नीको गालामा किन म्वाइ नखाने? र सोल्टिनीलाई पनि देखाउनु पर्ला भनेर बिचार गरेको सल्लाघारी गाउँका घर्ती काइँला सँग पोइल गैछे मोरी त ।

जीवन बित्यो एक रहम आनन्दमा –
जीवन त्यतिकै नगुज्रिने , प्यारी पत्नी र बुढो बावुलाइ छाडेर पैसा कमाउन बिदेश हिँड्नै पर्ने बाध्यता आयो । सबैको सल्लाहमा म पनि झोला बोकेर लागेँ बिदेश । कठैबरा ! उँट चराउने काम पाएर गजबै भो, उँट्मा चढ्न नजानेर शुरुमा त त्यस्को जुरो माथी चढि पठाइएछ र बङ्लङ्गै लडेर तीन चित ! पछि पछि बानि परेपछी सहज भयो । कमाई पनि त्यति नराम्रो कहाँ हो र पैसा घुमकला लाई पठाउन पाकै पनि हुँ । बरु फुनमा अलिक कुराहरु अप्ठ्यारा अप्ठ्यारा सुनिन लागे, ससुरा-बुहारी बिच् मन्मुटाब भएछ । घुमकलालाई त्यत्रो बिधी बुढो बाउको भोटोको गोजिमा दुई चार पैसो हालेर मुख टालिदेउ है भनेको मोरीले त्यसो गरिनछ। अरिङ्गाले बाउ रिसाएर फिनिनी, उता बुहारी भन्छे, अब्जस मात्र लाउँछ तिम्रा बाउ, म सँग जुझ्न आइलागेर कहिँका पात्तिएका बुढा ।

फेरि बाउ चाहिँ भन्छन् , हेर म यो हप्ता देखि बिमारले थला परेको छू, अब के भन्नु ? तँलाई विश्वाश लाग्दैन होला, मलाइ बुहारीले सिस्नै सिस्नुले कुटी , मलाइ होत्र्याएर लडाइदीई भर्‍याङ बाट । म अब धेरै बाँच्दिन होला घर फर्केर आइज छोरा ।

फेरि घुमकला भन्छे, मलाइ तिम्रा मात्तिएका बाउले चुल्ठोमा समातेर पछारे , मेरो आङ कोतारेर कपडा च्यातिदिए । म माइत जना लागेको छु। अब हेर ट्याङ्ग्रे म सँग बस्छौ त तिम्रा बाउ त्यागिदेउ , या तिम्रा बाउ छोड्न सक्तनौ त मलाइ त्यागिदेऊ ।

फेरि बुढा बाउ उस्तै भाऊ खोज्छन्, म बुहारी सँग बस्न सक्दिन ट्याङ्ग्रे , रिसले ढुनुमुनु हुँदै कराउँछु बाउलाई , किन बुहारी जगल्टाउनु पर्‍या त ? बाउ भन्छन्, सत्तोसराप लागेर मरिजाऊँ यदि मैले बुहारीलाई छोको धरी भा ! बरु मलाइ हात्-पात गरेर चल्दै गरेको हात्खुट्टा समेत नचल्ने बनाइदीइ ।

जमानामा त्यत्रो दु:ख पर्दा एक थोपा आँशु नखसाएका बुढा बुढेशकालमा आँखालाइ क्षण क्षणमा झरी पर्ने साउन बनाएकाछन, खाली रुन्छन्, यता बुढी भन्छे, यस्ता ब्यहोरा नभएका खलेत्रा ससुरा सँग म सहन सक्तिन । आखिर बुढी भनेको बुढी हो रत्याउनु पर्छ। मैले फकाएँ , म तिम्रो कुरामा सहमती छू घुमकला । अब म फर्केर आउँदैछु ।

म नेपाल् फर्के पछि मेरि प्राण भन्दा प्यारी घुमकला लिप्सिक्कै टाँसिन आई म सँग । कति राम्री भैछे मोरी त । नयाँ नयाँ बस्त्र र महङ्गा कपडाले सोरै आना शुन्दरी ! धन्न त्यो लुर्की आइलागेकी गाँठ्ठे ! मेरो साथ् साथ् नछोडि मेरि प्यारि घुमकला म सँग हिँडिरहि , मेरो बुढो बाउको साँच्चिनै खुट्टा नचल्ने भएछ । लौरो टेकेर हग्न मुत्न गर्दारैछन् । म गएपछि मैले निकै साहारा दिएँ । नयाँ कपडा ओढाइदिएँ , नुहाइदिएँ, बुढा त झन् बच्चा झैँ रुन पो थाले। मैले हकारेर कराएँ, हतेरिका के को बच्चा झैँ रोइ कराई गरेका ए आपा ? भो नरोऊ

घुमकलाले धुन्धान गरि, की मैले बाउ छोड्नै पर्ने भयो , की त घुमकला लाई , त्यसले गाउँ समाज बोलाएर निर्णय गर्न लगाई , घुमकलाका बाबु, मेरा ससुरा पनि घोडा चढेर आइपुगेका थिए । मैले दर्शन् गरेँ र घुम कला चेप्रिएर आफ्नो बाबुको अङ्गालोमा बच्चा झैँ लेप्सिन गई।

कुराहरू भए, इत्यादी कुराहरू निकालेर मलाइ निर्णय गर्न वाध्य बनाइयो । ससुराले पनि चित्त बुझेकै कुरा गर्नु भयो, सम्धी गुहु भए पनि ज्वाई नारायण चाहिँ देउतै पाएको छु। अब ज्वाइँ नारायणले यो कुरा बुझ्न जरुरी छ, की यस्ता पढेलेखेका जीवन साथि छोडेर भर्खरै मरिजाने बाउको साथ् लाग्नु भनेको कति हद् सम्मको मुर्खपना हो।

भित्री तहै देखि चित्त बुझ्दो कुरो ! त्यो बुढो त गनगनाउदा गनगनाउदै भर्खरै पल्टि जान्छन , एक सुस्केराका सास दुई सेकेन्ड त हो धेरैमा यी बुढा सकिनलाई । धेरै कुराहरू भए । धेरै बातहरू । मैले मेरि घुमकलालाई अङ्गालोमा राखेर निर्णय गर्ने बेलामा बुढो बाउ पनि लौरो टेक्दै आइपुगे, भने घुमकला बम्कीई र ससुरा बा अलिक छुद्र अनुहारमा देखिए ।

गाउँकाहरूले बुढा बाउलाइ बस्ने पिरुका दिएका थिए तर बुढा बस्न मानेनन् उनले भने, म यहाँ बस्न आएको हुइँन , आज अङ्ग्रेजिमा भन्ने हो भने “फादर डे” अरे भन्छन् कतै छोरो-बुहारी आशिश थाप्न आउँछनकी भनेर आश् गरेँ आएनन्, र म आफै आशिश दिन आएको । लौ गरि खाऊ , चिरञ्जिबी र शौभाग्यमानी होऊ , म बुढोको आशिष बचन बिस्तुर खेर नजाओस, त्यस पछि ती बुढा आँखा मोल्दै लागे जता बाट आए उतै तिर।

मेरो निर्णय पनि यतिखेरै थियो गर्नु , मैले बुढा बाउलाइ कराएर भनेँ , ए आपा , मेरो निर्णय पनि सुनेर जाऊ , एक्छिन पर्ख।

मेरा बाऊ उभिन मानेका थिएनन तर मैले नाई उन्को पाखुरामा समाएँ । बुढा नातागतले थर्थर काँपिरहेका थिए। मैले तीनलाई सबै मान्छेको सामु उभ्याएर निर्णय सुनाएँ , मेरि घुमकलाको जो आग्रह म टार्न सकिन, मैले मेरि घुमकलाको अनुननयलाई अनुसरण गरेर मेरा बुढा बाउलाइ सबैको अगाडी बाट डोर्‍याएर मैले आफ्नो झुपडिमा वापस लगेँ । मलाइ घुमकला जस्तो भ्रष्ट स्वास्नी पालेर मेरो पृतित्वमा कलङ्क पोत्नु छैन । यो बुढो भनेर हेपिएका मेरो बाउ हुन । यिनी मेरा श्रष्टा , म यिनका सृजना हुँ । म आफ्नो श्रष्टा त्यागेर कतिञ्जेल बेइमान हुन सक्छु, मलाइ घुमकला जस्ती बेइमान स्वास्नी प्रति नफरत छ। मेरो निर्णय यहि हो, आजै र यतीखेरै घुमकलालाई मैले आजिवन त्यागिदिएँ ।

मैले ठिकै गरे जस्तो लाग्यो, सबैले ताली गड्गडाहट बजाइदिँदा । ससुरा बा मेरा बुढा बाउलाई सम्बोधन गर्दै नालायक शब्द उच्चारण गर्न लागेका बिचैमा रोकेर खबर्दारी गरिदिएँ , खबर्दार ! मेरा बुढा बाउलाइ यो भन्दा ज्यादा एक शब्द जोसुकैले भने पनि म छाड्ने छैन।

अनि मैले मेरो बुढो बाउलाइ अगाडी लगाएर हिडाएँ । घुम्कला हिस्रिक्कै परि, मलाइ केही गुनासो लागेन त्यसलाई त्याग्नु परेकोमा । स्वास्नी त त्यो नभए अर्की आउला , तर जीवनको घामपानिमा आफ्नो भोटोमा लुकाएर मलाइ हुर्काउने मेरो बाउ कठै म कैले र कहाँ पाउँला? अब कट्टुको ईँजार कसेर मेरो बुढा बाउलाई पाल्छु भनेरै अठोटका साथ् बेताल्की स्वास्नीलाई त्यागिदिएँ । मेरा बाउ पनि अहिल्य त कति उज्याला देखिए । उनी सुस्केरा फाल्दै गुनगुनाए, बिथ्थै तैँले यो के गरेको ट्याङ्रे ? म त अर्को सुस्केरा फाल्दा मरिजान्छु स्वास्नी त तँलाई चाहिन्छ नै, बोला बोला ! जा गएर , सुनिस्के ए ट्याङ्ग्रे ? के को फेरि ट्याङ्ग्रे भनेको नि? म त बिदेश गएर टार्जन पो भाको छू त

अलिक पर बाट –
घुमकला आँखा बाट आँशु खसाउँदै रुँदै उभिएकी रैछ, अब म त्यसो गर्दिन के ………….

समाप्त

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.