~गोपालप्रसाद पौडेल~
हेर्दाहेर्दै बिछट्टैको प्रेम बस्दोरहेछ
आँखाले आँखा नियाल्दोरहेछ
मुटुमुटु बोल्दारहेछन्
अनि कस्तो कस्तो
चिसो चिसो तातो तातो
कता कता मन्द
छन्दले छोए जस्तो
चमत्कार भएजस्तो
शरिर चंगा हुँदोरहेछ ।
विहानीको झिसमिसेसंगै
डांडा पारिबाट चिहाउँदै गरेको लाली
आफ्नै नजिकै
आँखाकै सामुन्ने पाउँदा
शीतको थोपाहरुले शिरविन्दु रसाउँदा
जुन रोहेजस्तै खुशिमा
नबोलेपनि बोलिरहेका
उनका ओठहरुले लालीमा बर्साइरहेजस्तो
आहा
म पो उडिरहेको छु
कहाँ कहाँ कता कता
चिप्लिरहेको छु
जमीन् छोडिरहेको छु
बहिरहेको पानीमुनिको
बालुवाले ठाऊँ छोडेसरि
काउकुति माया ।
गोपालप्रसाद पौडेल
कपन १, काठमाण्डौँ
कपन साहित्य समाज
(स्रोत : कपन साहित्य डट कम)