गजल : माघ आठ गते !

~शेखर ‘अस्तित्व’~

छ सिङ्गो देशको ऐलान – माघ आठ गते !
आउनै पर्छ संविधान – माघ आठ गते !

निभ्न सक्दैन यो जनभावनाको ज्वाला हो,
हरेक मनको हो अभियान – माघ आठ गते !

मन मनै भन्दैछन् हिमाल, तराई र पहाड़ !
छिट्टै आओस् हे भगवान – माघ आठ गते !

पूर्ण गणतन्त्रको सपना किन अधूरो छ ?
होला सोचेर यो हैरान – माघ आठ गते !

कत्तिका देशभक्त छन् यी ‘छ सय एक’ जना,
हुनेछ सप्पैको पहिचान – माघ आठ गते !

पर्खिंदैछन् रूँदै त्यो स्वर्गमा, शहीदहरू !
आउँछ कि ओंठमा मुस्कान – माघ आठ गते !

बुटवल–६
हाल : मुम्बई,

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.