~राजेश राई~
मैले कुनै प्रेम दिवसमा
मेरो प्रियसीलाई भनेको थिए।
दन्त्यकथाको वायुपङ्गी घोडा जस्तै वन्न सक्छु ।
तिमीलाई एकादेशको राजकुमारले जस्तै
सुनको आकाश ओढ्न र
फुलको धर्ती टेक्न दिन्छु ।
हो मेरा प्रिय मित्रहरु!
उ बेला मलाई यस्तै लाग्थ्यो
साच्चै मेरा प्रियसी म सगँ भए
उभो वगेको तम्बुरहरु उधो बगाउन सक्छु,
आकाशको चन्द्रमा त के
आकाश– धर्ती, धर्ती– आकाश वनाउँछु
तर मेरा मित्रहरु! त्यस्तो कहाँ हुदोरहेछ र,
यथार्थबाट टाढा भाग्न खोज्नले कहाँ गन्तव्य नभेट्दो रहेछ
’cause प्रियसी मेरो नहुदै,
आकाशको तारा या धर्ती–आकाशको कुरा त
मेरो एउटा आदिम दुःखको गीत भईसकेको छ ।
मैले प्रियसीलाई बेचेको सपनाले,
मलाई खेदीरहेको छ,
मलाई लाग्छ, अब म भाग्दा–भाग्दै,
एउटा आदिम प्रेमको गीत वन्नेछु।
मेरा मित्रहरु! अब मलाई यस्तो लाग्न थालेको छ।
सधै–सधै दुःख दिने
सपनाको गीत गाउनु भन्दा त
भोगीरहेको वर्तमानको दुःखको गीत गाउनु नै प्रिय हुन्छ।
’cause, वर्तमानमा दुःखको गीत गाउनेहरुले नै,
सुदुर भबिष्यमा उज्यालो र सुःख गीत गाउन सक्दोरहेछ।