~बिस्नु प्रवा सापकोटा~
म सँगएउटा रातो रुमाल थियो
मेरो थोत्रो आस्कोटको खल्तीमा
पसिनाको गन्ध सुँघेर रमाउथ्यो
म किसानको
एउटै सारथी
एउटै सपना
एउटै साहारा
एउटै आशा
त्यै रातो रुमाल थियो .
त्यही रुमालमा बुनिएका थिए
मेरो आकाशका जुन ताराहरु
त्यही फुलेको थियो
मेरो धर्तिको सबैभन्दा सुन्दर फुल
म थाके भने उकालीमा
राता घामले पाके भने
मेरो पसिना पुछिदिन्थ्यो
सितलता हम्कीदिन्थ्यो
उ मेरो सिरानी थियो
मेरो सिरक थियो
म रुदा भिज्थ्यो
मसंगैमेरो आँशु पुछिदिन
हावामा फर्फाराउदै
उ मेरो हरेक जीतमा
उत्सव मनाउथ्यो
तर एकदिन
मेरो खल्तीबाट
एक्कासी
हरायो मेरो रातो रुमाल
पछी थाहा पाएँ
कसैले मेरो रुमाल
शहर लगेको छ
सोंचे
शहर पुगे पछी
मेरो रुमालबाट हरायो होला
पसिनाको गन्ध
छर्किएहोला कुनै महँगो
बिदेशी अत्तर
र सजाइए होला नयाँ सुटको खल्तिमा ।
कालन्तरमा
एक दिन म दुखी किसानलाई
युरिया मल खोज्न
शहर पुग्ने अबसर मिल्यो ।
त्यही बेला मैले फेरी भेटें
मैले हराएको मेरो रातो रुमाल
शहरका साँप जस्ता सडकको लम्बाइ
मेरा खाली पैतालाले नापिरहेको बेला
एक साघुँरो गल्लिमा
पुरानो घरको झ्यालबाट
बिस्तारै खस्यो भुइंमा
शिशिरमा रुखबाट
भुइ खसिरहहेको
पहेलो पात झै
मैले त्यो रुमाल
मेरै हो भन्ने परैबाट चिनें ।
भुइखसेको
मेरो भु.पु रातो रुमाल
हातले बिस्तारै उठाएँ
रुमाल चिसो थियो
चिसो रुमालमा
भर्खरै योन क्रिडा सकेर
कसैले पुछेको मनतातो शुक्रकिटआलै थियो ।
मैले नजर माथि उठाएँ
बुट्टे काठको झ्यालमा
भद्दा लाली पोतेर
एक तरुनी
म तिर कुटिल
मुस्कान फ्याँकिरहेकी थियी ।।
बिस्नु प्रवा सापकोटा
दमेक~१, कुश्मीसेरा, बाग्लुङ
२०६९-०४-२६
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)