~रिशब आत्रेय~
आँखा चिम्लिएको छु .
चोर र बुढी औंलाले
आँखा छोपी बस्दा
पहिलो तस्बिर
बासुरीको आउछ ।
बाँसुरी !
आफ्नो मुल्य
रु १०० बस ! काफी भो .
तर त्यसबाट निस्कने धुन !
आहाँ कती मीठो !
जस्को मुल्य ?
अमुल्य छ ।
अचानक मेरी छोरी
मलाई झम्टदै भनी
बाबा बाबा ,
आज मेरो हप्पी बिर्थ डे , म अब तीन बर्ष
छोरी अँगालोमा लिय
चुम्माआ ……….
मेरी छोरी बाँसुरीको धुन हो .
म बाँसुरि
मेरो मुल्य ?
हाहा…
तर छोरी,
कती मुल्यबान छे
छोरी तिमीलाई
जन्म दिनको शुभकामना !!!