~सुरेन्द्र बिष्णु बलबद्र प्रसाई~
“पाटी प्यालेसमा तिज उत्सव छ रे तँलाई बोलाएको छ ।”
फोन राख्दै सासु आमाले अलि ठुलो स्वरमा कराउनु भयो । म दिउँसोको खाजा बनाउन भान्सामा भए पनि फोन आएको र आमा बोलेको प्रष्ट सुदै थिएँ । नसुनु पनि त कसरी घर भन्नु नै जम्मा तीनटा कोठा थियो । सुत्ने कोठा संगै जोडीएको थियो भन्सा कोठा । सासु मुस्किलले आधा मिनेट फोन मा बोल्नु भएको थियो ।
“यि आमा तातो तातो खोले भात खानु — त्यो सुमन कता गएछ ?? त्यसलाई चौउचौउ उमाल्दिएकी थेँ ।” जाउलो मा माथिबाट नुन छर्कदै सासुलाई दिएँ ।
“तेरो भाउजुको फोन रैछ –, खै कुन हिमालय नै भनीन होला । पाटी प्यालेसमा तिज उत्सव छ रे मैयालाई पठाइ दिनु भनेकी छन् । सासु आमाले थप प्रष्ट्याइन ।
“घरमा हैन पाटी प्यालेस मा??”
“खै त्यसै भन्थिन” आज भरे सात बजे बाट ।”
“आज नै यती छिटो तिज आउन त आझै तीन हप्ता छ हैन र आमा ??”
आज भोली त दुई महिना अगाडि बाट नै मनाउन सुरु गरेका छन । देख्दिनस टिभीमा अस्ती देखी नाचगान गरेका ।” आमा तातो जाउलो चम्चाले थाल मा सेलाउँदै बोल्नु भयो ।
सम्झेँ सुरु सुरुमा त आमाले एक महिन अगाडि बाटै खबर पठाउँनु हुन्थ्यो तिजको । एक बर्ष त दाजु लिन समेत आएको भएको थियो । यही सुमन जन्मेको साल । फोन जोडीए पछी त फोन गरेरै बोलाउन थाल्नु भो । कति लामो गफ हुन्थ्यो सम्धीनिहरुको बिच । गफको केन्द्रमा म नै हुन्थे । मेरै तारिफ र चर्चा हुन्थ्यो । कत्ती पल्ट त आमा, सासु सित बोलेर म संग नबोलिनी फोन राख्नु हुथ्यो । अझ सुमनका बाको सरुवा भएर एउटै शहरमा आए देखी त हरेक शनिबार पशुपती र बिहीवार सम्धिनिहरुको सत्संग जाने आउने सगै हुन थालेको थियो ।
आज भाउँजुले सासु आमालाई एक बचन सन्चो बिसन्चो सम्म नसोधी फोन राखेकोमा त्यसै खल्लो लाग्यो । सोध्न त भाउजुले भान्जाको बारेमा पनि सोधेकी थिनन् ।
दाजुको बेलायतको दुताबासमा सरुवा भएको थियो । दशैं अगाडि नै जाने तयारी बुझेकी थिएँ । तिजमा दाजु संग भेट्घाट पनि हुन्छ सुमनको पनि पढाईको बारेमा कुरा गर्नु थियो । तीन बर्ष देखी ओमनमा भएका दाजुको यो साल सरुवा भएर मन्त्रालयमै भएको थियो । दाजु नेपालमै भएको बर्ष पक्का पनि तिजमा बोलाउँछन भन्ने थियो भाउजुले तर भाउजुको अप्रत्यासित निम्तो ले अन्योलमा परेँ ।
“यो सारी लागाएर जाउ ।” सारी हातमा दिदै सासु आमा बोल्नु भयो । रातो सारी । सुमनका बाबाले बिवहाको दसौ बर्ष गाँठमा उपहार दिएको सारी । फागुनमा उपहार सारी दिए,अनि बैशाखमा जिबन भरिलाई रुवाएर दुई नारी सुमनका बाबा संसारबाट बिदा भएका थिए । अझ भनौ बिद्रोहिका बन्दुकबाट मारिएका थिए ।
“हो यो सारी लाएर जाउ ।” म वाल्ल परेर हेरेको देखेर सासु आमा केही जोडले बोल्नु भयो । माथिबाट सागरले यो सारीमा तिमीलाई देख्यो भने खुशी हुन्छ । मेरो अप्ठ्यारो सासुले बुजेको झै लाग्यो ।
मैले सिँगार गर्दै हुँदै गर्दा सुमन क्रीकेट खेलेर असिनपसिन हुँदै अाइ पुग्यो । ग्वाम्लाङ्ग मलाई अँगालो हाल्न अाइलागेको सुमनलाई रोक्दै सासु चिच्याउँनु भयो ।
“पख पख तेरी आमाको लुगा मैलिन्छ –, बाबु जस्तै आँदो छ यो पनि एक सुरे -हेर्नु ओर्नु छैन ।”
सागर पनि त यस्तै थिए चौकीबाट घर पस्न साथ अङ्कमाल गर्नु पर्थ्यो । कती पल्ट त आमा कै अगाडि लाज मर्दो पनि परेका थिए । आमा कराउनु हुन्थ्यो “यस्तो अल्लारे त छ ठानेदार ।” म लाजले रातो पिरो हुँदै भित्र पस्थेँ ।
“आमा संग बस है बाबु मलाई माइजुले बोलएकी छ रे म पुगेर आउँछु ।”
“हस मामु !” सुमन आज्ञाकारी भयो ।
एेनामा हेर्दै सिँगार गर्दै गएँ । अनुहारमा काँही केही कम केही नपुगे जस्तो लागो । आँखामा गाजल लाएँ,अहँ!अझै केही पुगेन जस्तो भयो । अनि दराज खोलेँ र रातो लिपिष्टिक र त्यसैको रातो टिका लाएँ । टिका पनि माथि सिँउदोको यत्ति नजिकलाए कि सिन्दुर नै लागे जस्तो भयो । एेनामा हेर्दै गर्दा आँफैलाई लाज जस्तो भयो । सासुले छेउमा राखीदिएका राता चुरा टिपेर बाहिर निस्केँ ।
“तेरी आमा काही कतै जान्न, दिन भर घर मै लुगा सिएर बस्छे । अझै त सुन्दर नै देखिन्छे नि यसो आँफ्नो शरीरको ख्याल गरे त ।” बाहिर निस्कदाँ आमा नाती संग बोलेको सुन्दै थिएँ ।
पाटी प्यालेसको गेटमा भाउजु भेट्टिइन् । मेरो सिर देखी तिर सम्म हेरिन । नारी सुलभ आरिस केही बिस्मय भाउजुका अनुहार मा प्रष्टै पढेँ । “अनि रातै लाएको मैया??,सासुले केही भनिन्न ??” भाउजुले जिब्रो टोकिन ।
“आमाले नै लगाएर पठाएकी मैले सत्य बोलेँ ।”
भाउजु अरु निम्तालुहरुलाई स्वागत गर्न तर्फ लागिन ।
मलाई चिन्नेहरु पनि म संग नजिक आएर बोलेन्न । मानौ म अछुत हुँ । रातो सारी र स्रिगार गरेर मैले ठुलो अपराध गरेकी छु । नचिनेकाहरु त टाडैको हाँसो मै सिमित रहे ।
“एलिनाकी नन्द हैन त्यो?? महिला उथ्थानकी अध्यक्ष,ओरिपरी नारीका हुल ले घेरिएर बोली । म सम्म उस्को चर्को बोली पुग्छ भन्ने उसलाई हेक्का नभएर होस या मैले सुने सुनोसको भाबमा उ बोलिरही ।
“हैन अर्को बिहे गरेकी त्यसले ?? आममममम् !! हामी भन्दा पो सजिएर आएकी छ त ।”
चर्को हिन्दी फिल्मको गीत बज्नु अघीसम्म हुल हुलमा बाढिएर आधुनिक नारीहरु आँफ्नो बौद्दिकता प्रदशन गरे । बकम्फुसे गफ गरेर । कसैले सासुलाई उडाए कसैले नन्दआमाजुलाई सरापे । फलानाको श्रीमान अर्की संग सल्केको र फलानाका बाट काम नकाटेकोले फलानी आजभोलि बाहिर फेर ओभर टाइम गरेको खासखुस गरे ।
हिन्दी फिल्मको गीत मा उत्तेजक नाच पछी सुरु भयो खान पिन र अन्ताक्क्षरी ।
“तिजको बेल मा सबै जान्छन माइत
आँफ्नो भने जुरेन कैले साइत ।”
धत ! यस्तो ओल्ड फ्यासन पनि गाउछन । एउटी अलि भर्खरकी उठी र एक स्वास मा एक प्याक लाएर गाउँन थालिन ।
“कती सुध्नु हाम्ले मात्र व्हीस्किको गन्ध
आज पर्छ हाम्रा बुडा तीन छक्क ।” हलमा हाँसो र तालीको पर्रा छुट्यो । अर्कीले उत्तौली हुँदै थपी ।
“तिम्रा पोइ छन रे नै आति नै पातकी
हाम्लाई पनि देउन एक रातलाई सापटी।” हाँसो अब झन बड्दो थियो ।
“लुन लुन त्यस्ता पोइ कस्का ?? भिढ मै कसैको तिखो स्वर गुन्जियो ।
अर्की ले चुरोटको धुवा उडाउदै गाउँन थाली
ए बुडा केही नभनी पैसा देउ खुरुक्क
राती छेउ आयौ भने सुर्की दिन्छु फरक ।”
सिग्रेट र व्हीस्किको गन्धले मलाई टाउको दुख्न थालइसकेको थियो । त्यस माथि छिल्लैदै गएका नारीहरुको अस्लील गीत र उत्तेजक नाचमा बस्न मन भएन ।
“मलाई अबेर भयो भाउजु । गाडी नपाइएला म जान्छु ।” साथीहरु संग मस्त ताली पिटेर हाँसिरहेकी भाउजुलाई छेउमा ल्याएर बिदा मागेँ ।
“किन मैंया यती चाडै??? बस्नु न !!!– अभी तो पाटी सुरु हुइहै ।” भाउजु फिल्मी भईन ।
“हैन भाउजु म जान्छु ।” बरु पछी घरमा आउँदा बसुला नि ।”
” हामी त तिजमा मदेश जादै छौ मैँया । मम्मी ड्याडिले सबै जानालाई बोलाउनु भएको छ । अब दसैंमा पनि हामी हुँदैनौ भनेर यो पल्ट तिज मदेश तिरै मनाउने । पछी भ्याइदैन भनेर आजै बोलाको नि सबै जानालाई ।”
भाउजु बोली रहनु भएको थियो । म घर अइपुगी सकेकी थिएँ ।
कस्तो भो त उत्सब ??” सासु निदाकी रहिन रछिन ।
राम्रो भो आमा, खुब मान सम्मान गर्नु भो भाउजुले ।” म लुगा फेर्दै बिस्तारै बोलेँ ।
सुमन सुतीसकेको थियो ।
सुरेन्द्र बिष्णु बलबद्र प्रसाई
झापा बिराटपोखर (हाल इजरायल )