गजल : फूलहरू छन् माली छैन

~रवि प्राञ्जल~Ravi Pranjal

आँगन भरि ओइलाएका फूलहरू छन् माली छैन ।
अग्लाअग्ला पात झरेका रुखहरू छन् डाली छैन l

घाम झुल्केर के भो र ! सङ्घार अझै अँध्यारै छ,
लाखौँ झुपडीमा अझै रातहरु छन् लाली छैन l

कायरहरूको बस्तीमा बास खोज्नु व्यर्थ भयो,
बस्तीबस्ती थुप्रै जिउँदा लाशहरू छन् खाली छैन l

पसिनाका बूँदहरूमा पीपै पीपको गन्ध चल्यो,
बाँझो खेत र अशक्त यी हातहरू छन् कोदाली छैन ।

शब्द – रवि प्राञ्जल
सङ्गीत – बिनय वर्मा
स्वर – राम सिटौला

२०५८-२०५९ सालतिर रेडियो नेपालको राष्ट्रिय गीत प्रतियोगितामा चर्चित गायक/संगीत प्रशिक्षक राम सिटौलालाई शब्द सेन्सर गरेर गाउन नदिएको (रोक लगाइएको) एउटा गजल शैलीको रचनाको मूल रुप ।प्रतियोगिताको लागि रदीफ ‘छैन’ लाई ‘बिना’ गरेर जम्मा ३ शेर अर्थात एक स्थायी र दुई अन्तरा कम्पोज गरिएको थियो।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.