~केदार श्रेष्ठ “गगन”~
उनी टाढा मेरो यहाँ कसले पुछि दिने आँसु
परदेशमा तड्पिएर कति रुन्चे हाँसो हाँसु ।
विरहमा गाउन खोज्दा भागिदिन्छ सुर पनि
कति भाकौ देउरालीलाई भैटगराई दैऊ भनि
आधी मरी सम्झनामा रुँदै कति दिन बाँचु
परदेशमा तड्पिएर कति रुन्चे हाँसो हाँसु ।
रुँदा-रुँदै हाँस्नै नपाई विति गए रातदिन कति
स्वर्गै पाए’नि खुसी हुन्न ऊसँग भैट भए जति
मन रुँदा बनावटी हाँसो हाँसी कसरी म नाँचु
परदेशमा तड्पिएर कति रुन्चे हाँसो हाँसु ।
-केदार श्रेष्ठ”गगन”
भिमस्थान-५,सिन्धुली
(स्रोत : ईलम्जुङ् डट काम)