~सुको साइबर~
चोखो माया भए पुग्छ सुन चाहिंदैन
अलिनो नै खान सक्छु नुन चाहिंदैन
तिमी मेरो दिल्मा बस्नु म चैं तिम्रो दिल्मा
दुबै मिली गाउ गीत धुन चाहिंदैन
हाँसो बाडौं आशु बाडौ बाडौं सुख दुःख
पराइको पसिना र खुन चाहिंदैन
सधैंभरि मुसुमुसु मुस्कुराउ तिमी
म कविता लेख्न थाल्छु जून चाहिंदैन
sukocyber@hotmail.com।
– निजगढ (बारा), ७
2007-09-15
(कवि सुको साइबर – सुको अर्थात् सुदिप कोइराला)