~पुष्पा भण्डारी~
“हैन कति पाल्छौ यी पाल्तुलाई अब त हामीले लग्नु पर्यो .“
सधै जस्तै हाम्रो मोल तोल हुदै थियो . मेरा बा पनि यहि ठाउँ बाट येस्तै समयमा जानु भएको थियो रे आमा ले भन्नुभएको .
“मलाइ पनि सहर लागे भने पैला बुबा खोज्ने सोच्य छु. “ मैले आमा अनि भाइ बहिनि लाइ भने .
अब त भाइ बहिनि पनि ठुलो भइसके बा नभए पनि मैले उनीहरुलाई त्यो अनुभब हुने मौका दिइन . सानै देखी तिनको दुख सबै मैले नै हेरे त्या माथि मलाइ सिकाउने अराउने आमा पनि हुनुन्थ्यो . म कुनै हालतमा नि यिनीहरुलाई छोडेर चै जान्न,बरु मेरो ज्यान किन नाजावोस . एकै ठाउमा डल्लो परेर बसेको थियौ, हामि दाजु बहिनि तिनै जाना अनि आमा .
एउटा रक्षेस जस्तो लामो लामो कपाल पालेको,बूट जुत्त्ता लाएको मान्छे आएर मेरो ढाडमा लात मार्दै भन्यो.
“अलि खाइलाग्दो चै येही रैछ, लौ यी सबै दुइटा लग्नु पर्यो कुरा मिलाउला नि . “
भन्दै भित्र पसे दानबहरु . खै के सल्ला गर्दै बाहिर निस्के , लतार्दै लतार्दै हाम्लाई सबै जाना लाइ लग्न लागे .
“हामि कतै जादैनौ. ” बहिनि रुदै भन्दै थि .
आमाले सम्झाउदै भन्नु भयो ” कतै जानु पर्दैन .“
“जहाँ गए पनि जस्तो हालतमा भए पनि हामि आफ्नो साथ् छोड्नु हुन्न . कतै भुल्यौ भने आफ्नो गलामा भएको यो सानो घन्टी बजाउनु अनि सके सम्म नजिकै बस्ने प्रयास गर्नु है? नआत्तिउ, तिमिहरु लाइ म हुन्जेल केहि हुन दिन्न .,” आफै त्रसित भए पनि मैले ढाडस दिन बोले
पापी रक्षेसहरुले हामि लाइ तानेर लछार्दै लागे . खै बहिनिलाइ र आमा लिएर आएनन किन हो कुन्नि ? बहिनि र आमा संग छुटिनु पर्यो . मलाइ र भाइलाइ घिच्चाउदै हिडे , बहिनि आलाप बिलाप गर्दै थि , खै रोएर उसको स्वोर पनि बुजी नसक्नु थियो . आमा संगै हुनुन्थ्यो उसको धेरै पिर लिनु पनि थिएन, बस बालाइ खोज्नु थियो हाम्रो काम .
“हामि चाडै फर्केर आउछौ बा लाइ खोजेर . ” मैले भने
आमा र बहिनि रुदै थिए . मालिकले रोक्लान भन्ठान्य उ त झन् मख्ख परेको थियो . हामि बाट छुट्कारा पाएर होला, हामि एक अर्का को साथ् नै थियौ,भाइ कसेर समातेर बसेको थियो . गाउको छेउमा भयङ्कर चारपांग्रे गाडि थियो, हामीलाई जस्तै अर्को तिर बाट पनि लाछारेरा अरुलाई ल्याउदै रैछन . मन अलि सान्त भयो हाम्रो जस्तै दुख अरुले नि पाएको रैछन भनेर . मन नहो आफ्नो जस्तै दुख अरुले पनि पाएको देख्न र सुन्न पाउदा अलि सन्चो हुन्छ . यो हैन कि अरुको नि नराम्रो होस् भनेर, पिडा आफुलाई मात्र हैन सबै लाइ हुदो रैछ भनेर शान्त्वोना मिल्यो . त्यो चारपांग्रे भयङ्कर बस्तु भित्र संगै खेल्ने साथि सबै थिए, चंखे,पंखे,संखे,जमुना,टुल्के,खैरे,काले,ठुले,साने सबै .
“ठाउ हेरेर कोच सबैलाई हल्लिन नि नपाउन . कहा झार्ने हो मिलाएर हाल है ?” गाडी चलाउने बोल्यो ..
सबै साथिहरुको मुहारमा उस्तै अनिश्चतता झेलेकेको थियो . ड्याम्म पछाडिको ढोका लाग्यो म अन्तिममा थिएजॊगाउन भाइलाई अगाडी पट्टि राखेको थिए . पछाडि भएकोले ढोका लगाउदा मेरो खुट्टामा पनि लाग्यो . आथ्था !!
“के भयो दाइ? ” भाइ बोल्यो .
“केहि हैन ढोकाले लाग्यो केहि भएको छैन . ” येति भनेको के थिए खुट्टामा तातो अनुभब भयो साएद रगत थियो होला.
“ल ल जाउ गुरु भोलि बिहानै झार्नु पर्छ यिनी हरुलाई , ठाउ याद गरि रहनु है . “
अगि मलाइ बुटले हान्नेको बोलि जस्तै लाग्यो तेइ दानब हुनु पर्छ . घुर्र्र घुर …… गाडी सुरु भयो हल्लिदै हल्लिदै गाउबाहिरको बाटोमा पुग्यो सानो प्वाल बाट चियाएर हेरे . मानिसहरुको मुहारमा छुट्टै चमक थियो . सबै भुराभुरी नयालुगा अनि चि चि पापा भन्दै मख्ख थिए . दिन राम्रो भएर खुलेको थियो न घाम न जाडो , घाम ढल्दै थियो सुर्यपल्लो डाडामा सानो बत्ति जस्तै धिपिक्क बले जस्तै थियो .
“पापीहरुले मेरो त घरबार उठाए नि, बुडी दुइ जिउकि थि . ” कालेको जस्तो स्वोर थियो रुदै भन्दै थियो .
“के गर्नु भाइ सबैको पिडा छदै छ नि के गर्नु दैबले येस्तै लेखेको रैछ, बाचे फेरी भेट होला नि. ” चंखेको जस्तै थियोत्यो स्वोर .
“खै आज सम्म गएको को फर्क्या छन् र हामि फर्किने सपना देख्नु??” काले झन् मलिन स्वोर्मा बोल्यो .
“हो हुन त .” पंखे बोल्यो .
अध्यारोले गर्दा चिन्न त कोहि चिनिन् थिए तर स्वोर्ले चिन्नु पर्थ्यो .
” दाइ आमा र बहिनि के गर्दै होलान है?? खाए कि खाएनन?” भाइ बोल्यो .
“दुइ जाना छन् केहि त गरि हाल्छन नि पिर नगर . हामि जाने बित्तिकै बा खोज्न जानु पर्छ है ? अनि फर्केर आमा रबहिनिलाइ भेट्न जानू पर्छ . “ मन बाधेर बोले म पनि .
बुरुक्क ढुङ्गामा उफार्यो गाडिले, को कता को कता भए मा त अगाडी पुगेछु भाइ पछाडी पुगेछ भाइको गलामा भएकोघनटिको आवाज सुनेर उसलाई ताने म पट्टि . गाडी रोकेर एउटा दानब आयो अनि ढोका खोलेर हेर्यो .
“ठिकै छ दाइ यिनीहरुलाई अझ उफार्नु पर्ने अलि कम भए जस्तो छ . जाउ जाउ…. “
त्यो पापी बोलेको सुनेर दिमाग तातेर आयो तर निरिह हामि केहि गर्न सक्दैन थियौ . बाधेर लडाएको मुडो जस्तै थियौकठ्याङ्ग्रिने रात भरि सबै मलिन भएर बोल्न सकेनन सबै केके सोचेर बसे होलान निदाउन त कोहि निदायेनन होला त्यो पिडादाहि रातमा, झिसमिस उज्ज्यालो हुन लाग्य थियो .
“५ वोटा लाइ येही अगाडी झारने है .“
खै कुन्चाई पापी बोल्यो, पछाडी आएर ढोका खोलेर झिक्न थाल्यो गनेर .
“१.. २.. ३.. ४ अर्को…. लु त आइज . ”
भनेर मेरो भाइ लाइ तान्यो जो बुरुक्क उफ्रिदा पछाडी पुगेको थियो . रुदै “दाइ म जान्न . ” भन्दै थियो तर म मुढ भएर हेरेर बसे केहि गर्न सकिन . मेरो आसु रोकिएन एक्लै रुदै बसे, हाम्लाई पनि अलि पर लगेर सबै लाइ झार्यो बिहानि पख कुनै खुल्ला मैदानमा . हामि जस्तै अरु पनि धेरै थिए तेइ ठाउमा , केहि खाने इच्छा थियो तर पहिला आमा, बहिनिसंग छुटेको अनि केहि बेर अगि मात्र भाइ पनि छुट्यो मन मरेर आयो. कुइ कुइ कराएको पेट अनि रातभरिको भोक उसै हरायो .
केहि समय पछि उज्यालो भयो, घामको झुल्को पारि डाडामा देखियो निकै चहल पहल बढ्दै गयो . हेर्दा निकै भलाद्मी जस्तो देखिने एउटा मान्छे आयो र मलाई देखाउदै निकै बेर केके कुरा गरेर मलाइ त्यो भिड बाट लिएर हिड्यो म निरिह भएर उसको पछि लागे . ठुलो बंगलामा पुर्यायो मलाइ सानो गाडिमा पछाडी पट्टि राखेर . घर पुगेर मलाइ निकै मिठो मिठो खाना दिए, साना बच्चाहरु मलाइ देखेर निकै खुशी देखिन्थे.
मलाइ असाध्यै भोक लागेको थियो एकै पल्ट भाइ बहिनि र आमाको झझल्को आउथ्यो तर सारै भोक लागेकोले खाए . अरुले नि तेस्तै खाका होलान भनेर चित्त बुजाये, दुइ चार दिन येस्तै मिठो मिठो खाना खान पाए अब त बालाइ खोज्ने आसा पलाएर आयो तर तिन दिनको दिन कतै मन्दिर जान तयार भए सबै जाना मलाइ पनि लग्ने सल्ला सुने .
बिहान चाडै ८ बजेको हुदो हो मलाइ पनि संगै लिएर पुगे मन्दिर . कुनै दुर्गा कालीको मन्दिर थियो .बिस्तारै बिस्तारै मान्छेहरु आउने क्रम बढ्दै गयो .अलि परबाट चाराजानाको परिबार संगै मेरो भाइ पनि आएको जस्तै देखे , टुंग टुंग गलाको घण्टि बजेको सुने निकै बेर हेरीरहे भाइ नै रैछ . धेरै खुशी लाग्यो भाइलाइ देख्न पाउदा .”बाबालाइ खोज्न कहिले जाने दाइ?मलाइ त घर जना मन लाग्यो खान त मिठो मिठो पाए तर आमाको याद आएर खाने मन लागेन . ” भाइ रुन्चे स्वोरमा बोल्दै थियो
“अब भेट भयो मिलेर जाउला नि .“
भित्र बाट आवाज आयो “दुइ जाना आउनुस . “
मलाइ र भाइलाइ लिएर गए हाम्रो मालिकहरु, भित्र पस्दा त मन्दिर हैन कुनै बदसाला जस्तै नर्क जस्तै ठाउ थियो सबै तिर रगत भएको . भगवानको अगाडी नर्क भन्नु पर्दा निकै नरमाइलो लाग्यो .
कसैले पानि छर्केको जस्तो लाग्यो केहि मन्त्र पडेको पनि सुनिदै थियो, बल्ल थाहा भयो हामिलाइ मारिदै रैछ क भाइ आतिदै भन्न थाल्यो “दाइ हामिलाइ मार्न लाग्या हो?? बासलाई भेट्ने नपाइ मर्नु पर्ने??”निसब्द भए म . “येस्तै लेखेको रैछ . बा पनि येसरी नै गइ सक्नु भयो होला अब पालो हाम्रो जस्तो छ . “
मलाइ अगाडी लगेर राखे भाइ पछाडी केहि भन्दै थियो म डरले त्राहि त्राहि भएर काप्न थाले भाइ गुनगुनाउदै थियो जुन उत्तर मैले दिन सकिन अनि भ्याइन .
“हामि मरे पछि भगवान कसरि खुशी हुन्छन? कसैको रगतले धर्म हुन्छ र? कसले मागेको छ हाम्रो रगत? मान्छेले हाम्लाई पशु भन्थे तर अरुको ज्यान लिएर खुशी हुने मान्छे नै पशु हुन् . हामिलाइ मारेर के पाउछन?”
भाइ येस्तै प्रस्न गर्दै थियो मेरो गर्दनमा चट्याङ्ग पर्या जस्तै बज्र लाग्यो . मेरो ज्यान एका तिर ढल्यो टाउको चै कसैले समाएको थियो देवताको अगाडी मेरो टाउको थियो . भाइ लाइ अन्तिम सम्म देख्दै थिए, सास फेर्ने हावा पाइन, ज्यान अर्कै तिर छट्पटाउदै थियो,आखा बिस्तारै बन्द हुदै गयो बल्ल दुखाइ अनुभब गरे आखा अगाडी देवता थिए तर हाम्रो रगत खानु सट्टा हाम्रो पिर गर्दै थिइन देबी , ति पापी मान्छे रुपी पशुहरु लाइ हान्न हतियार उजाउदै . न उनले कहिलेइ रगत मागिन न कसैको ज्यान मान्छे नै पशु भन्दा गिरेर आफ्नो खानाको लागी देबीको बाहाना बनाउदै थिए . देबी भन्दै थिइन
“मलाइ कहिले पनि रगतको अनि कसैको ज्यानको आसा छैन, म त संसारमा सबै मिलेर बसेको हेर्न चहान्छ . ”
“अहिंसा परमो धर्मः“
म धन्य भए देबीको अगाडी आखा चिम्लिन पाउदा अनि अन्तिममा भाइ लाइ भेट्न पाउदा अनि खुशी छु चाडै यी पशु बाट मान्छे बन्ने छन् एक सामाजिक प्राणि जसले सबैको बारेमा सोच्ने छ .
(१) अमरकोश, नेपाली बृहद्शब्दकोष, हिन्दूधर्मकोश, हलायुधकोश आदि ।
मां स भक्षयिताऽमुत्र दस्य मांस मिहाद्म्यहम् । (मनुस्मृति ५।५५) जसलाई मारेर म त्यसको मासु खाँदैछु भोलि मां (मलाई)स(त्यसले) खाने छ ।
(२) अहिंसासत्यास्तेयब्रहचर्यापरिग्रहायमाः ।(पातञ्जल योगदर्शन साधनपाद ३०) अहिंसा, सत्य, अस्तेय, ब्रहचर्य, अपरिग्रह यम हुन् ।श्रीमद्भागवत ११।१९।३३मा पनि अहिंसालाई नै यमको पहिलो स्थानमा राखेको छ ।
(३)अहिंसाप्रतिष्ठायां तत्सन्निधौ वैरत्यागः । (पातञ्जल योगदर्शन साधनापाद ३५) अहिंसाको दृढ स्थिति भयो भने त्यो अहिंसकयोगीका नजिकका सबै प्राणीहरूको पारस्परिक वैरभाव छुट्तछ । अहिंसा परमोधर्मः (श्रीमहाभारत, अनुशासनपर्व) यदा प्रभृतिचाकनान्ता दिगीयं पुण्यकर्मणा । तदाप्रभृति निर्वैराः प्रशान्ता रजनीचराः ।। (बाल्मीकिरामायण अरण्यकाण्ड ११।८३)
(४)अष्टादशपुराणेषु व्यासस्य वचनम् द्वयम् । परोपकार पुण्याय पापाय परपीडनम् ।। अष्टादश पुराणका प्रणेता वेदव्यासकाअत्यन्त महत्वपूर्ण दुई ओटामात्र सन्देश छन् । पुण्यका लागि अरुको उपकार गर्नुपर्छ र अर्कालाई दुःख दियो भने पापको भागीबन्नुपर्छ । पुण्य भनेको उपकार हो र पाप भनेको अरुलाई दुःख कष्ट दिनु हो ।
(५)ना कृत्वा प्राणीनां हिंसा मांस उत्पघते क्वचित् । न च प्राणिबधः स्वग्र्यस्तस्मान्मांसं विवर्जयेत् ।।(मनुस्मृति ५।४८) प्राणीलाईनमारिकन मासु कतैबाट आउँदैन । प्राणीलाई बध गर्दैमा स्वर्गादि पाइने होइन । त्यसकारण हत्या, हिंसा छोड र मासु खान पनिछोडिहाल । आहारशुद्धौ सत्वशुद्धिः सत्वशुद्धौ ध्रुवा स्मृतिः (छान्दोग्योपनिषद्७।२६।२) आहार शुद्ध भयो भने अन्तःकरण शुद्ध हुन्छ,अन्तःकरण शुद्ध भयो भने स्मृति दृढ हुन्छ, त्यसो भयो भने अज्ञान ग्रन्थी निवृत्त हुन्छ । अहिंसा सत्यमक्रोधस्त्यागः शान्तिरपैशुनम् ।(श्रीमद्भगवद्गीता १६।२) कसैको हत्या–हिंसा नगर्नु, साँचो बोल्नु, रिस नगर्नु, त्याग गर्नु, कसैको निन्दा नगर्नु…आदि दैवी सम्पत्तिहुन् । आचार परमो धर्मः श्रुत्युक्तः स्मार्त एव च । (मनुस्मृति १।१०८) श्रुति–स्मृतिमा वर्णन गरिएको आचार नै परम धर्म हो ।
(६) यद्घ्राणभक्षो विहितः सुराया—स्तथा पशोरालभनं न हिंसा । एवं व्ययायः प्रजया न रत्या इमं विशुद्धं न विदुः स्वधर्मम् ।।(श्रीमद्भागवत ११।५।१३) वेदादि शास्त्रमा जहाँ स्त्री–सङ्ग, मद्यपान, बलि आदिको विधिपूर्वक गर्नु भन्ने प्रसङ्ग आएको छ त्यसकोभाव अर्कै छ । मद्य–आसव सुँघ्नाले पुग्छ, पशु मार्ने होइन, छुने मात्र हो, विवाह भोगका लागि होइन, सन्तान वृद्धिका लागि मात्र हो। अविधिपूर्वक भए उल्टो परिणाम आउँछ । हिंसायां यदि रागः स्याद् यज्ञ एव न चोदना । (श्रीमद्भागवत ११।२१।२९) हिंसा नै गर्ने भएयज्ञमा गर विधिपूर्वक गर । यो हिंसा गर्न प्रेरित गरेको होइन नि बरु नगर्न पो हो । प्रत्येक वर्ष २५ नोभेम्बर मांसाहाररहित दिवसमनाउँछन्—विश्वका मानवहरू । यसबाट सिद्ध हुन्छ वर्षको एक दिन भए पनि अहिंसक, दयालु, कारुणिक बन । वास्तवमा सदाकालअहिंसक बन । मांसभक्षी कदापि नबन । यसले यही सन्देश दिन्छ ।
(७) दुष्टयज्ञविघाताय पशुहिंसानिवृत्तये । बौद्धरूपं दधौ योऽसौ तस्मै देवाय ते नमः ।। (देवीभागवत)
October 11, 2015
(स्रोत : रचनाकारको ब्लगबाट सभार)