गजल : माया चल्छ बिस्तारै

~पशुपति कर्माचार्य~

जसै अल्झिन्छ प्रेममा माया चल्छ बिस्तारै
तिमीलाई भेट्ने चाहना अरू बढ्छ बिस्तारै

जहाँ गए पनि तिम्रै यादले सताउँछ नै
र त तिमीलाई भेट्ने उपाए बन्छ बिस्तारै

फक्रेको फूल झैं सुवास छर्छ्यौ यताउति
त्यै सुवाश लुकीलुकी मनेर आउछ बिस्तारै

तिमी आउँछ्यौ नजिक हट्दै जान्छ तनाव
र भेट नहुँदा त्यही तनाव बल्झन्छ बिस्तारै

कस्तो प्रेम जालमा फँसेछु आज म हरे
दुवै मिलेर उपाय खोज्नु पर्छ बिस्तारै

हाल: न्युजिल्यान्ड

 

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.