~गोपालप्रसाद पौडेल~
डाँडा रोहिरहेछ
वेँसी रोहिरहेछ
हरेक नेपालीको आँखा
रगत रोहिरहेछ
पसिनाको अवमुल्यन गरिँदैछ
टोपि ठाउँठाऊंमा प्वाल परेको छ
अस्तित्व संकटमा छ
दौरासुरुवालको
पटुकिको
खुर्पेटोको
तेसैले
ढाका टोपि रोहिरहेको छ
दौरासुरुवाल आँसुले भिजेको छ
पटुकिले स्थान गुमाएको छ
खुर्पेटोले द्रिष्टि गुमाएको छ
कलमले रगत छाद्न थालेको छ
कितावले क्रान्ति मात्र भट्ट्याउन थालेको छ
हरेक विहानिले निम्त्याएका पत्रिकाहरुले
रगत छ्यापेको धेरै भयो
तेसैले
हरेक नेपालीलाई रगतले नुहाउन वाध्य पारिएको धेरै भयो
एकलाई खेद्दा आफु धेरै टाढा आएको भुल्दैछौँ
रतन्धो दौडँदैछौँ
उच्छ्रिङखलता नमुना मन्त्र भएको छ
वादको नाममा जातीय दङगा भड्काइँदैछ
जँड्याहा शैलीमा
उत्तम द्वन्द संकटमा छ
जँड्याहा द्वन्दकारहरुका बिगबिगिले
जँड्याहा द्वन्दले ।
गोपालप्रसाद पौडेल
कपन १, काठमाण्डौँ
कपन साहित्य समाज
(स्रोत : कपन साहित्य डट कम)