~आकाश जङ्ग कट्टेल~
इन्डुस भ्याल्ली बाट ब्राम्ह्ण जातका मानिसहरु मध्य एसिया तिर आए। उनिहरुले आफु सँगै एउटा नयाँ संस्क्रिती र धर्म पनि लिएर आए। जसलाई पछी हिन्दू धर्मको नाम बाट चिन्न थालियो मानब सभ्यताको बिकास क्रममा यही धर्म विश्वको पहिलो धर्म थियो।
“एकदिन यही एक ब्राम्हणको दरवारमा एक अनौठो घटना घट्यो। दरवारको खान पिनको लागि भनेर पलिएका सबै गाई भैंसी एक-एक गरेर मर्न थाले। प्रकितिको खेल भन्ने या संयोग त्यसपछी लामो समयसम्म पानी नपरेर खडेरि चल्यो। खोला नाला पनि सुक्न थालेपछी अब के गर्ने भनेर सबै तर्सिएका थिए। यतिकैमा एउटा साधु घुम्दै फिर्दै यो दरबारमा भिख माग्न आयो। साधुलाई राजाले आफ्नो दरवारभित्र बोलाउन लगाएर सम्पूर्ण ब्रितान्त सुनाए। साधुले आफुसँग भगवानहरुको शक्ती भएको भन्दै राजालाई पत्ता लगाउने बचन दिएर लामो ध्यानमा बस्यो। ध्यान गरेको एक महिना पछी एक रजस्वला भएकी आईमाईले गाई दुहेकोले यस्तो भएको बताउदै रजस्वला भनेको स्वर्गका राजा ईन्द्रले आईमाईले आफुलाई ब्राम्हण मारेको आरोप लगाएपछी दिएको सजाय हो भनेर राजालाई सुनायो। सोध्दै खोज्दै लैजादा त्यो दिन गाई रजस्वला भएकै एक नोकर्निले दुहेको पनि पत्ता लाग्यो। राजाले अब देखी त्यो पापको सजाय उनिहरुलाई गाइकै थालामा बसाएर दिने भन्दै धेरै इनाम दिएर साधुलाई ईन्द्रको पूजा आराधाना गरी सम्झाइदिन लगाए। पूजा गरेको बेलुका त्यो राज्यमा ठुलो पानी पर्यो।
अब महिलाहरु पनि डराए। राजाले रजस्वला भएकी आईमाईलाई गाइको थालमा बस्ने आदेशसहित झ्याली पिटाए। त्यस पछी जो जो आईमाई रजस्वला हुन्थे या उनिहरुको यौनाङ्गबाट रगत आउथ्यो मनिसहरु पाप भनेर गाइको थालामा पाप पखाल्न लैजान थाले। उनिहरुलाई धार्मिक स्थलहरुमा जान समेत रोक लगाइयो। युगको परिवर्तन सँगै केही पुर्बी समाजका मनिसहरुले यो प्रथालाई छाड्दै गए तर पस्चिमि खन्डमा कातियुरी राज्यमा देवहरुको राज्य पछीसम्मा चल्यो जुन हालको भारतको उत्तराखण्ड र पश्चिम नेपालको सेती र महाकाली अञ्चलमा पर्छ। १३ औ शतब्दिमा कातियुरी राजाले आफ्ना ८ भाई छोरालाई राज्य भाग लगाइ दिएपछी हाल नेपालको सेती र महाकाली अञ्चल ” डोटी” राज्यका रुपमा निरन्जन देवका भागमा पर्यो त्यही बंशलाई पछी राइका भन्न थालियो जसले १८ औ शताब्दी सम्म यहाँ राज्य गरीरहे, धार्मिक कुरामा अत्यन्तै विश्वाश गर्ने उनिहरुले त्यो महिलाको पाप र सजायको प्रकियालाई यहाँ पनि चलाई रहे रे। जसलाई यही बसोबास गर्ने राउटे भाषामा ” छाउपडी भन्न थालियो। यही प्रथालाई छाउपडी प्रथा भनिएको रे मलाई मम्मिले हजुरामा यसो भन्थिन हाम्री भन्दै सुनाउनु हुन्थ्यो म सानी हुँदा” भन्दै इतिहासको लामो कथा सुनाइन हाल बझाङ सुनकुडा बस्ने सरिता रोकायाले।
उनको जिन्दगीले उनलाई ठुलो दर्दनाक काहानी उपहार दिएको छ। यसै भुल्न सक्ने छैनन उनी यसलाई। उनको जीवनमा यस्तो घटना घटेको रहेछ। उनी यसरी हल्का रुवाइको स्वरमा आफ्नो काहानी सुनाउन तिर लाग्छिन।
२० बर्ष अगाडिको कुरा हो। म सानी १० बर्षकी थिए गाउकै स्कुलमै ३ कक्षामा पढ्थे। म बर्णन गर्नै सक्दिन त्यो कहालीलाग्दो रात। भाद्र महिना थियो शायद आमा रजस्वला भएर आमा घर बाट ३ ४ मिनेट लाग्ने गाइको गोठमा बस्नु हुन्थ्यो। त्यो दिन पनि मैले नै बेलुकिपख माटोको घैटोमा पानी लगिदिएर केही खाने कुरा चाहिन्छ कि भनेर सोधेकी थिए। आमाले केही नचाहिने बताउनु भयो। हामी पनि खाना खाएर सुत्यौ, राती सपना देखे यस्तो कि “मेरी आमा एउटा ठुलो भिर बाट लड्नु भयो” म झसङै भएर ब्युझिए। जिउ भरी पसिना आयो, सपना मात्र त हो नि भनेर आँफैलाई सम्झाए अली मन त हलुका भयो। फेरी निदाउनै लाग्दा पर गोठबाट आमा चिचाएको आवाज सुने हतार हतार बुवालाई उठाए तर यो ढुङो जस्तो पुरुसको मन किन मान्थ्यो आँफै अगेनामा एउटा अगुल्टो हल्लाउदै गोठमा पुगे आमाको देब्रे खुटामा सर्प बेरिएको थियो आमा बेहोस जस्तो हुन्हुन्थ्यो आत्तिएर गुहार गुहार गरे सबै निन्द्रामा भएकाले होला धेरै बेर पछी मात्र सबैजना आए। बुवा आएर सर्प भगाउनु भैसकेको थियो। सबै आत्तिए, बिश झार्ने भनेर गाउकै धामी झक्रीले के-के ओखती गरे कुन्नी! तर आमाको बेहोसी खुलेन। अन्तत: बिहानी पख आमको मृत्यु भयो। म यो सबै देखेर बेहोसिको कुन लोकमा पुगे कुन्नी उठ्दा सबैले पानी छेपिरहेका रहेछन। यस्तो घटना यहाँ मात्र हैन अरुतिर पनि भएका छन भनेर बुवालाई पनि सम्झाउदै थिए सबैजना। कोही आफ्नो लेखान्त नै त्यस्तो भएपछी जे हुनु छ भएरै छाड्छ भन्दै थिए। कोही पुरुष र महिला थिएनन त्यहा जो यो प्रथा राम्रो हैन भनेर भन्ने।
यस्तो लाग्छ आज मृत्यु लेखान्त हैन, मृत्यु संयोग पनि हैन, मृत्यु हाम्रै गल्तिको प्रायस्चित गर्न र माफि नपाईने सजाय हो। शायद यस्ता गल्तीपूर्ण सजायको कती महिला सिकार बनेका होलान। म १३ बर्षमा पहिलो पटक रजस्वला भए, पहिला त आफुलाई के भयो कसो भयो भनेर आत्तिएर पल्लो घरकी दिदीलाई सोधे। उनले पो यो त छुई भैछ भनेसी थाहा भयो। दिदिको घर भन्दा अली टाढा उनको छुट्टै छाउघर थियो। त्यही राखी दिनु भयो मलाई। कती कालो अध्यारो, कती कालो हेर्दै डर लाग्ने त्यो घर। एउटा ओड्ने पातलो खस्रो लुगा दिईेएको थियो। फोहोर हुन्छ भनेर धारमा समेत जान दीइेएन। खाने कुरा पनि त्यही गहुको रोटी बनाएर खाए। त्यही दीइेएको थियो खानलाइ। २ दिनको राती म सुतिरहेको बेला एक जना छोरा मान्छे म बसेको गोठमा छिरेर म माथि बलत्कार गर्ने कोशीस गर्न थाल्यो म डराएर कराउन लागे उसले कराए त्यही मार्दिने भनेर चक्कु देखायो, मैले केही बोल्न सकिन उसले जे जे गरिरह्यो एउटा मुर्दा बनेर सहिरहे। कती पिडा भयो आशुमात्र झरिरहे आफुलाई बचाउन। जब उसको आत्मा सन्तुस्ट भयो उ निस्किएर गयो। म रातभरी रुदै बसिरहे। सुनाउन कसैलाई सकिन। दिनभरी घास काट्ने भारी बोक्ने जस्ता काम गर्थे बेलुका त्यही गोठमा आएर त्राशमा रात बिताउथे। खाने कुरा उही त्यो रोटी।
घरमा बस्दा चै फोहोर हुने म पुरुशको आत्मसन्तुस्टिका लागि त कत्ती पनि फोहोर भैनछु। यो पुरुषवादी समाज जवसम्म अन्त्य हुँदैन हामी महिला जहिल्यै यिनिहरुको नोकर चाकर जस्तै बन्नु पर्ने छ। मेरो १४ बर्षको उमेरमा ७ कक्षामा पढ्दा पढ्दै विवाह भयो। कती गर्दिन भने के भने तर यो समाजले मेरो इच्छा चाहना कसरी बुझ्थ्यो। गर्नै परो। श्रीमान कमाउन भारत जानु भएको छ। मैले जसो तसो घर धन्दा भ्याएर एस.एल.सी सम्म पढे। तर आज भोली म घर बाहिर गएर छुई गोठमा गएर बस्न पर्दैन श्रीमानले घरकै एक कोठामा बस्न भन्नु हुन्छ।
साच्चै! हामी सबैलाई थाहा छ महिनावारी महिलामा हुने एक नियमित प्रकिया हो, न कुनै पाप हो। यो अवस्थामा महिलाहरु रक्तश्रावका कारणले अत्यन्तै कमजोर हुन्छन। यो बेला सक्दो पोसिले र झोलयुक्त खाने कुरा र फलफुलहरु खुवाउनु पर्छ हामी भने छाउगोठमा राखेर सक्दो मानसिक,शारिरिक यातना दीइरहेका हुन्छौ। अझै पनि ति धर्मका अन्धविश्वासलाई किन तोड्न सक्दैनौ हामी? हो! हामीलाई समाजको डर लाग्छ तर समाज हामी परिवर्तनको बाटोमा नलागे सम्म परिवर्तन हुनेछैन। कहिले सम्म आफ्नै आमा र दिदी बहिनिलाई यसको सिकार बनाउने? कि अब परिवर्तनको बाटोमा लाग्ने? पुर्खाले त बुझेनन जानेनन तर हामी जानी बुझी पनि परिवर्तन तिर लाग्नौ भने त्यो हामीले पढेको निरर्थक हुनेछ।
समाज परिवर्तनमा हातेमालो गरौ अन्धविश्वास त्यागौ। यो प्रथा हटाउन नियम कानुन नै बनिसकेको भएपनी पिछडिएको सामाजिक सोच बिचारका कारण अझै हटेको छैन।
समाप्त।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)
derai ramro xa yo katha
hami yes bare ma socnu parxa