~आकाश जंग कट्टेल~
भाग १
म त्रिचन्द्र कलेजको बिएस्सी फिजिकल ग्रुप चौथो बर्षमा अध्ययनरत विद्यार्थी। बसोबास बानेश्वरको ह्याप्पी होम होस्टल। आजको कक्षा सकेर कामको सिलसिलामा बालुवाटार पुगेर फर्कदा साझ ६ बजिसकेको थियो। कोठामा पुगेर कपडा चेन्ज गर्दा गर्दै बाहिरबाट “ढक ढक” आवाज आयो आधा कट्टु तान्दै कोहो भनेर भित्रैबाट भने। बाहिर बाट “दाई म आयुश भनेको आवाज आयो।” मान्छे चिनिसकेको थिए तैपनी कट्टु लगाइसकेको थीइन त्यतिकै नचिनेझै गरेर एकछिन समय मिलाउनलाई तिखो स्वर निकाल्दै भन्दिए-“को आयुश ?”
फेरी आवाज आयो- “म के दाई तपाईंको भाई।” उ सँग चिनजान भएको एक महिना जती भएको थियो घर मोरङ पथरी। दुबैजना पूर्बेली भएकाले बोलचाल राम्रो थियो। मैले कट्टु लगाइसकेर ढोका खोलिदिए। अनी हालखबर सोधे उसले सबै ठीक भएको बतायो। एकछिन दुबैजना बोलेनौ म फेसबूक खोल्न थाले। मौनता भङ्ग गर्दै उसले सोध्यो- “दाई तपाईं कथा लेख्नु हुन्छ रे हो?” मैले हो भन्ने ईशारामा कहाबाट थाहा पायौ भनेर सोधे। उसले आफ्नो रुममेटले मेरो हिजोको MRR को एकान्त कुना देखाएको भन्यो। मैले मुसुक्क हासेर मन पर्यो कि क्या हो भने, मन पर्यो दाजु मेरो पनि लेखिदिन पर्यो भन्यो। मैले के लेख्दिनु तिम्रो भने। उसले अली भावुक हुँदै भन्यो- “मेरो प्रेमकाहानी”। मैले नाइ भन्न सकिन। एकछिन तयार हुन्छु भने अनी मेरो डायरि झिकेर म लेख्न तयार भए। उ अली भावुक हुँदै सुनाउदै गयो म लेख्दै गए।
जुन ५, २०१६ हाउसफुल ३ को बेलुकी ७ बजेको सो को लागि सिभिल मलमा ४ वटा सिट बुक थियो म मेरा साथीहरु अनिश,दिनेश र भाई दिपेशका लागि। म मेरो एफ जेड मा दिनेश र अनिश आफ्नो डुकमा मेरो भाईलाई हालेर सिभिल मल पुग्यौ। १० १५ मिनेट छिट्टै पुगेछौ। छेवैको क्याफेमा चिया खान गयौ। हामी बसेको टेबलको पछाडि पट्टिको टेबलमा ४ ५ जनाको ग्रुप अगाडि देखिनै बसुरहेका थिए यसो हेर्दा लाग्य्थो कसैको पारीवारनै हो। राउण्ड टेबलको एकापट्टी कालो वान पिस लगाएकी,लामो अनुहार,गोरो चेहेरा गरेकी अन्दाजी मेरै उमेरकी केटी चियाको चुस्की लिदै गफ गरिरहेकी थिई। हामी बस्दै जादा म ठ्याक्कै उ तिर फर्केको कुर्सिमा परेछु। उसले पुलुक्क पुलुक्क हेर्थी म पनि उसले हेर्न थालेसि आफुलाई हिरोनै सम्झेर त्यसै गरी हेरिदिन थाले। कपाललाइ खुल्ला छाडेकी उनको आँखामा कालो गाजल चुच्चो चुच्चो पारेर लगाईेको थियो। दुबैहातका कुईनोले टेबलमा टेकेकी थिई। देब्रे हातमा अली खुकुलो गरी लगाएको घडी बेला बेला गफको सुरमा हास्दा माथितिर सर्थ्यो उ हात हल्लाउदै तलतिर सार्थि। हामी त्यहा बसुन्जेल ४ ५ पटक उसको वान पिसको छात्तिको भाग हेर्दै मिलाउदै गरि। मेरो बोकोपन भनु या भोकोपन म यि सब कुरालाई नजानिदो ढंगले याद गरिरहेको थिए। हामी आफ्नै विद्यार्थी जीवनका गफमा ब्यस्त भयौ, म ए लेभल पढेको विद्यार्थी आफ्नो कुराहरु साथीहरुसँग सुनाए। बेला बेला उनिहरुको सम्बाद सकिन्थ्यो क्यार मेरो आवाज मात्र सार्हो सार्हो सुनिन्थ्यो। चियाको पैसा तिर्ने बेलामा उस्को अगाडि सान देखाउन मन लाग्यो कि खै के भयो मैले नै पैसा तिरे। हुनत पर्समा १०० ५० का नोट नि प्रसस्त थिए तर हजारको निकालेर दिए।
एकैछिनमा हामी हलतिर लाग्यौ। चेकिङ को लाइनमा बसेर हलभित्र प्रबेश गर्यौ हाम्रो सिट नम्बर थियो F १७ १८ १९ २० म १७ नम्बर सिटमा बसेर कास्टिङ हेर्न थाले एक्कैछिन पछी त्यहा छेवैमा आवाज आयो- “excuse me! यो F row हो?” मैले छोरी मान्छेको आवाज सुनेपछी बोली आएको ठाउँ तिर हेरे। म झसँङ्ग भए त्यो आवाज त्यही चिया पसलमा भेटिएकी केटीको थियो। मैले हतपत हो भने स्वर खुलेन खस्रो आवाज आयो उ हल्का मुस्कुराएझै गरेर अली तल्तिर सम्म झरी र उसका अगी सँगै भएका सबैजनालाई लिएर अाइ म त्यो सब माथिबाट हेरिरहेको थिए। सबैजना १२ नम्बर सिटबाट बस्दै बस्दै आए उ लास्टमा थिई म हरेक ब्यक्ती बस्दै जादा मन मनै सिट गन्दै गए १२ १३ १४ १५ १६… उ मेरो छेवैको सिटमा थुचुक्क बसी भर्खर नुहाएर आएको जस्तो सि..रि..री.. उसको कपालमा लागाएको डोभ सेम्पोको वास्ना मतिर आयो। लामो सास तानेर लिए र एकछिन पछी मात्र ठुलो सास फ्याके उनको फुलजस्तो जवानीको बास्नाले म लठ्ठीसकेको थिए।
भाग २
भाग १ लेखिसक्दा ८ बज्नै लागेको थियो कथालाई मैले ८ बजे नै पोस्ट गर्छु भनेर भनी सकेको थिए। पोस्ट गरेर खाना खायौ। खाना खाँदै गर्दा मैले भने कथा त लेखियो भाई तर अब यो बाहेकका अरु कथाहरु तिमीले मलाई एक-एक पललाई कतै नछुटाइ भन्नुपर्ने छ। बाँकी काटछाट म गरी हाल्छु। उसले हुन्छ भन्यो। राती उस्लाई मेरै रुममा सुत्न भनी बोलाए, आज भोली विद्यार्थी कम भएकाले मेरो रुमको अर्को बेड खाली थियो। एकैछिन म उसलाई भावनात्मक बनाउन कोशीष गर्दै गए। उ छिट्टै ईमोशनल हुदो रहेछ भन्दै थियो स-साना कुराले नि खुब छुन्छन अचेल। १० बजेबाट फेरी उ मलाई कहानी सुनाउन थाल्यो म फेरी लेख्दै गए।
जब उ मेरो छेउमै आएर बसी मेरो होस हवास उडेजस्तो भयो, मुटु पुरा पाट विल्सनले बजाएको ड्रम सेटजस्तो बज्न थाल्यो। लाग्थ्यो कसैले हजार केजीको ह्याम्मरले मेरो छात्तिमा जोड-जोडले हनिरहेको छ र ठूलो आवाज निस्कनेवाला छ। मेरो हात मुठ्ठी परेका रहेछन खल खल पसिना आएजस्तो भयो। आँफैमा तात्तिएको थियो मेरो जिउ तर ताप कतैबाट आएको थिएन।
फिल्म सुरु भयो बत्ती निभ्यो म यता बाघले ५ कोश खेदेको मृघजस्तो भैरहेको थिए। के गरु कसो गरु केही दिमागमा सुझिरहेको थिएन। मुठ्ठी परेका हात फुकालेर दुबै तर्फका चिया होल्डरको माथि राखे। मनमनै मनका भमराहरुले कुत कुती लगाइरहेका थिए। फिल्म हेर्दा आँखा पर्दातिर भएपनी मन र मेरा सबै ज्ञानेन्द्रियहरु म देब्रेपट्टिको कोमल गुलाबी फुलमा आकर्सित भइरहेका थीए। कसै गर्दा नि ध्यान फिल्म तिर मोड्न सकिन, आँफैसँग रिसाएर मेरा मनका तरङ्गहरु खल्बलिन थाले। सम्हाल्न खोजे तर सकिन, एक मनले भनिरह्यो chance never comes twice from a same door यसो सम्झे हो जस्तो लाग्यो। तबसम्म पनि उ तिर फर्कने आट म भित्रको लाजालु साहसले दीइरहेको थिएन। हिम्मत हारिन यसो टाउको पड्काएझै गरेर उतिर हेरे उसले पनि पुलुक्क हेरी। उसले पनि आफ्नो दाँया हात मेरो छेवैको चिया होल्डरमा राखेकी रहिछ।
अब म भित्रको सबैभन्दा ठुलो साहसी बादशाहले chance मार भन्न थाल्यो। तर लाज र डरले बादशाहको साहसलाई अघिनै देखी पछार्दै चिथोरिरहेका थिए। म बिचरो के गर्ने कसो गर्ने भनेर रनभुल्लमा थिए। सोचे पहिला पुलिस सारेर नै चेस गेम सुरुवात गरिन्छ मन्त्री पछी निकाल्ने हो। आत्तिएकोले होला मन्त्री आफ्नै क्वाटरमा गुजुक्क परेर निदाइरहेको थीयो। मज्जाले लामो सास लिएर फ्याके जे पर्ला पर्ला भनेर मेरो पनी हातको कान्छी औंला चेसमा पुलिस सारेझै उसको कान्छी औंलामाथि चढाइ दिए। त्यो पहिलो स्पर्श थियो मेरो र उसको। मलाई जिते सबै जित्छु हारे त्यही औलाको स्पर्शलाई नै अन्तिम बनाउनु जो थियो, रिसाइ भने झुक्किएर राख्दा छोईेएछ सरी भन्ने प्लानिङ्ममा थिए। शायद त्यतिखेर मेरो मुटुको धड्कन नापिन्थ्यो भने गिनिज बुकमा रेकर्ड राख्थ्यो होला।
जिउ डरले कामिसकेको थियो तर औंला उसको हातबाट निकालेर अर्को गल्ती गर्नेवाला म थीइन जे हुन्छ हुन्छ भनेर राखिराखे। मेरो साइडमा भएको अनिशले केही सुइको पाएको हुदो हो बेला बेला आँखा म माथि बटार्थ्यो। म अन्जानझै बनेर उसले के गर्छे भनेर प्रतिक्षामा थिए।
लगभग ५ मिनेट सम्म पनि उसको कान्छी औंलामाथी खप्टिएको मेरो औंलालाई निकालिन उसले। यता म भने मेरा सुकेका ओठ तालु अली मथ्थर हुँदै थिए। म भित्र अर्को सहसमानको जन्म हुँदै थियो। फिल्म कता पुग्यो के भयो लगभग मेरो दिमाग बाट उडिसकेको थियो। मात्र बकुल्लोझै नबनुम भनेर सबैजना हाँस्दा हासिदिन्थे। खै उसले पनि बुझेझै गरेर हास्थी तर त्यो मेरो जस्तै हासो थियो या अरु केही त्यो बुझ्न सकिन।
खेल सुरुवात भैसकेको थियो मेरो पुलिस मैदानमा उत्रिदा त उसले कुनै प्रतिरक्षामा उत्रिन भने अब झन म काउन्टअर अट्ट्याक गर्ने सोचमा उत्रिए। यो पनि थाहा थियो कि बेला बेला काउन्टर अट्याकमा बिपक्षी बलियो पर्यो भने लोप्पा खाइन्छ। तर मेरो मनले जितिसकेको थियो, खेल पुन अगाडि बढाउदै मेरो देब्रे हातको साहिलि औंला चेसको घोडा जस्तो फुत्त उसको साहिलि औंलामाथि चढाइदिए। उसले के प्रतिकृया देली भनेर फेरी पनि आत्तिरहेको थिए।
मेरो त्यतिसम्मको चाललाई फील गरिरहेकी उ अझै निस्कृय रही। मात्र पुलुक्क मतिर हेरेर एउटा मुस्कान छाडि, आवाज बिनाको मन्द मुस्कान जसमा उसको मुख र गाला मात्र तन्किएका थिए। मलाई फिल्ममा हाउसफुल-३ हैन २१ घण्टाको महाभारत लगाउन मन लागि रहेथ्यो र त्यसैगरी रमाइराख्न मन थीयो, त्यो भन्दा लामो अरु कुनै थिए भने अरु अरु पनि। फिल्म आधा भएछ, बत्तिहरु बले। मैले पनि उनको स्पर्श बाट मेरा औंलाहरु निकालिदिए।
हामी सबै जना बाहिर निस्कियौ उसको ग्रुप हामीभन्दा अगी थियो। मेरा आँखा उसैलाई हेरिरहेका थिए। अनिश पफ्कन लिनलाई लाइनमा बस्यो हामी सबैजना छेवैमा पर्खेर बस्यौ उनिहरुको ग्रुपबाट पनि एक जना जवान जवानै देखिने लोग्ने मान्छे लाइनमा बसे उनिहरु हाम्रो अपोजिटमा त्यसै गरी उभिए। बेला बेला गफ गर्दै पुलुक्क मतिर नजर लगाउथी उ। म पनि मेरो नजर उसैमाथि लगाइ रहेको थिए। म सक्दो मेरो मुटु बाट उसको मुटुमा तिखा वाणहरु हानिरहेको थिए उसलाई लाग्थे या लाग्दैनथे उही जानोस। केटाहरु सबै के छ त गोल्डेन सिट पाइयो है भनेर जिस्काउदै थिए। भाई सँगै भएकाले केही भनिन अनिशलाई हल्का कानेखुसी गरेर सुनए उ हैट! भनेर हास्यो। म पनि हासे।
फिल्मको सेकेन्ड हाल्फको लागि फेरी भित्र पसियो, यता मेरो पनि गेमको सेकेण्ड हाल्फ हुनेवाला थियो। ऊसलाइ चेसमाझै चेक दिेएर जित्न चाहान्थे। म हिंड्ने बेलामा ट्वाइलेट जान्छु भनेर ट्वाइलेट छिरे यसो गर्नुको कारण म लास्टमा पुगेर फेरी त्यही सिटमा बस्न पाउ भन्ने थियो। उ त्यही सिटमा होस् फेरी भनेर पुकार्दै मुख सुख धोएर फ्रेश भएर गए। त्यही सिट खाली थियो अनी छेउको सिटमा उ नै बसेकी थीइ। फिल्म पुनः सुरु भयो, बत्तिहरु निभे।
मलाई यता खेल सुरु गर्नु थियो। फेरी मेरो हातको पुलिस सारे, उसले केही भनिन थोरै कोट्याए अनी हात झिकेर सुल्टो पारेर राखे उसको हात त्यसमाथि मागेर। त उसले केही गरिन, मैले थापिरहे। करिव २ मिनेट पछी उसको हात बिस्तारै मेरो हात माथि थमाईदीइ, मैले उसको हातलाई मेरो हातले मज्जाले कसे।
भाग-३
एक हातले उसको हात पकडेको थिए यसरी कि मानौ हाम्रा हातहरु सुपर ग्लु लगाएर टासिएका छन। आँखा त स्क्रीनमै धेर राखे होला तर फिल्ममा के-के भयो केही याद थिएन। म आँखा बङ्याएरै उसलाई हेर्नैमा खुशी थिए। पफ्कन खा भनेर दिदा नि खान्न भनिदिए उनिहरुले पनि पफ्कन ल्याएका थिए देब्रेहातले २-४ पटक तानेर खाएको देखे। दिमागनै नभएपछी त आँखाको मात्र केही काम नहुदो रहेछ, पागल जस्तो। उ पनि म जस्तै भएकी थि शायद। हात पाएर पनि मुटुको धड्कन अलिकती ढिलो भएको थिएन। आकर्षण त मलाई उ तिर बाहिरै भएको थियो तर प्रेम? प्रेम आकर्शण बाटै सुरु हुने हो तर यो मेरो मात्र आकर्षण थियो या उसको पनि कसरी जान्न सक्थे र म? तर उसका ति कृयाकलापहरुले मलाई यही मात्र संकेत दिन्थे कि उसमा पनि केही आकर्षण भएको छ। मानौ सुरुवातमा ख्याल नगरेकै मान्छे म थिए भनेपनी हाल्फमा त उसले मज्जालेनै हेरेकी थीई।
उसको हात मेरो हात माथि पाएपछी म मन भित्रै खुशीले ३-४ फिट उफ्रिएर नाचेको कसैले देखेन शायद, म यस्तै ठाउँ बिपनामा पनि चाहन्थे तर यो सोच्दा म भित्रको मानवता झस्किन्थ्यो। म मनमनै सोच्न थाले- पहिला त प्रश्नका साथ नै सुरु गरे यसरी- यो कस्को हात हो त आँफै भन जसलाई तैले तेरो हातमा पसिना छुट्ने गरी समातेर राखेको छस? कैले चिनेको तैले उसलाई? के-के थाहा छ उसको बारेमा? के तलाई फिल्मी काहानी जस्तो प्रेम हुन्छ जस्तो लाग्छ?
साच्चै! म त्यो के गरीरहेको थिए म आँफै उत्तर बिहिन थिए। अझ ति मनले सोधेका प्रश्नका उत्तर कसरी जान्नु? सबैको केही उत्तर थिएन म सँग बरु फिजिक्सका हिसाबहरु सजिला हुन्थे अझ यि प्रश्नहरु त्यसै पनि कहिल्यै नपढेको पाठबाट आएकाझै थिए, असाध्यै अफ्ट्यारा भए। यस्तो लाग्यो म त धेरै साथीहरुले आज यसो गरे, हिजो उसो गरे, अस्ती एउटिलाई त्यसो गरे भनेर सुनाएकाजस्तै घटनामा अर्को एउटा घटना जोड्न आटिरहेको छु। एकछिन अगाडि बाहिर देखिएकी उ अब मेरो मस्तिस्कले उत्तर खोज्नु पर्ने प्रश्न चिह्न बनिसकेकी थीई। यतिखेर म एकैछिन भएपनी भबिस्यमा पुगेर आउने मौका पाउथे भने, उ मेरो जिन्दगीमा के महत्व राख्छे भनेर हेरेर त्यसै किसिमको व्यबहारमा उत्रन्थे होला।
उ हात राखे पछी अली रातो अनुहार बनाएर अत्तिएकी थिई, म कस्तो भएको थिए मेरा आँखाले देखेनन। बेला बेला मेरा हातमा कस्सिएका उसका हातका औंलाहरु यताउता चलाउथी उ, म हात केहि खुकुलो पारीदिन्थे। कहिले स्क्रिनको उज्यालो हामी माथि बढी पर्दा उसलाई म पुलुक्क हेर्थे उसैगरी, आँफै छेउमा भएका ति अरु सबैको डर लागेर हो कि के भएर हो रातो अनुहार अझ रातो बनाउथी पाकेको खुर्सनी जस्तै।
हात समाएर मात्र काम केही हुन्नथो एउटा फिल बाहेक। कसो-कसो सोच्दा सोच्दै एउटा idea आयो हतार हतार मेरो पकेटबाट मोबाइल निकाले। उसको हात समातिरहेको मेरो हात निकाल्न खोजे उसले आफ्नो हात उचाल्दीई, बाधीएका हाम्रा हात फुके। मैले मेसेज बक्समा गएर अङ्ग्रेजी रोमनमा “हाइ! म आयुश” लेखेर देब्रे हातले फोन उ तिर ढल्काए। उ पढेर मुसुक्क हासी मात्र, मैले जस्तै मोबाइल निकालेर उत्तर देली भन्ने थियो तर त्यसो गरिन। फेरी मैले नै लेखे- “प्लिज तिम्रो मोबाइल निकालेर यसरी नै कुरा गर न।” फेरी अर्को मुस्कान दीइ लजालु पारामा तर मोबाइल निकालिन। तेश्रो पटक मैले “प्लिज” थपे। एकछिन अन्कनाएझै गरेर अर्को हातमा बोकिराखेको सुनौलो रङको पर्सबाट मोबाइल निकाली अनि मैलेझै मेसेज बक्समा उसको सिट छेउकी एक जना महिलालाई लुकाउदै लेखी-“हाइ! म सपना”
त्यती पढिसक्दा मेरो खुशीले पखेटा लगाइसकेको थियो। अब के लेखौ लेखौ भए। एकछिन सोचेर टाइप गरे-“कस्तो अनौठो लागिराछ।” उस्ले पनि “सेम हियर” लेखी। खै दिमाग शुन्य भएजस्तै भएको थियो तर कुरा त त्यतिमै अन्त्य गर्ने रहर थिएन मलाई। म लेखुन्जेल उ हेर्दिन थिइ तर अनिशले देखिरहेको हुन्थ्यो अनी हास्थ्यो थोरै उसले थाहा नपाउने गरी। लेखिसकेर म उ तिर मोबाइल ढल्काउथे तब मात्र हेरेर उत्तर लेख्थी। फेरी मैले अली फरवार्ड भएर लेखे- “तिमी धेरै राम्री देखिएकी छौ, आई थिन्क आई एम फलिङ फर यु।” हल्का मुस्कुराएको स्माइली देखियो उसको मुहारमा। तर जवाफ फर्काइन, लजाएझै गरी। अब त उ सँगको डर अली हराइसकेको थियो मनको बाघ अघिको डरको बाघमाथि झम्टन थालइसकेको थियो। टाईप गरे-“तिम्रो contact नम्बर प्लिज” लेखेर। के सोची कुन्नी फ्याट्टै लेखीदीई- “९८१३…….” एन सेलको नम्बर थियो।
हतार हतार नम्बर टिपेर नाम पछाडि दुई वटा हट को इमो राखेर सेभ गरे उ हेर्दै थीइ । उसले नि मेरो नम्बर मागोस भन्ने लागि रहेको थियो तर मागिन, माग भन्न मिलेन। आँफै लेखिदिए- “मेरो चाँही नम्बर ९८४२२…….” अली मतिर फर्केर आफ्नो डायल बक्समा सारी र देब्रेपट्टी फर्केर “Handsome आयुष” लेखेर सेभ गरी, म खुशीले पुरै मुस्कुराए, मलाई त्यो Handsome शब्द सबैभन्दा ठुलो जवाफ बन्यो तर उसलाई मैले देखेको छु भन्ने थाहा भएन।
म अझै बोल्न खोज्दै थिए झलक्कै हलका बत्तिहरु बले हाम्रो खेल नसकिदै फिल्म सकिएछ। रातको दश बजेको थियो। मनमा त उसैसँग त्यही बसिरहु भैरहेको थियो तर सकिन्नथ्यो। उठ्दै गर्दा बिस्तारै मुखैले भनिदिए “बाइ”। सबै हिंडेपछी अन्त्यमा उ थिई उनिहरुको ग्रुपमा, हिंड्नै लाग्दा जवाफ फर्काइ “बाइ”।
भाग-४
भाग ३ सकिसक्दा रातको ३ बजेछ। फेरी कलेज पनि जानु पर्थ्यो नि बिहान। म मा पनि निन्द्राको प्रभाव अघी देखिनै देखिसकेको थियो तापनी कुनै घटनाहरु छुट्छन कि भनेर चनाखो चै भैरहेको थिए। त्यसपछी मैले शनिबार बिहान खाना खाएपछी फेरी अरु भागहरु लेखौला भनेर उसलाई भने। उसले सहमतिको भाव देखायो। कथामा त्यसपछी के भयो होला? भन्ने खुल्दुली म लेखक आँफैलाई नि नभएको होइन तर म पनि लेखक र पाठक दुबै बन्न खोजिरहेको थिए।
शनिबार ९ बजे नै आयुश मेरो कोठामा आयो। म उठेर त्यही उसको काहानीमा गरिएका कमेन्टहरुको उत्तर लेख्नमा ब्यस्त थिए। म पनि हतार हतार खाना खाएर आउछु है भनेर हतारिए। खाना खाएर आउँदा उ भित्तामा सिरानी पछाडि राखेर ढेस्सिएर बसिराखेको रहेछ। मैले आफ्नो दराज बाट डायरि निकालेर सानो टेबलमाथि राखेर लेख्न तयार भए। तर केही घटना नछुटुन भनेर अस्तिको अन्तिम अनुच्छेद पढेर सुनाइदिए। उसले आफ्नै कोठामा पनि पढेर आएको रहेछ, भनिहाल्यो- “यस्तो दमदार लेखक हुनुहुदो रहेछ तपाईं, पढेर यती खुशी लाग्यो कि मैले तपाईंको लेखकिय क्षमता माथि सलाम गर्नु पर्छ।” मैले फिस्स हासो छडिदिए। कथा सुरु भयो म लेख्दै गए-
उसले “बाइ” सम्म भनेर हिंडेपछी मेरो मन यसै उडिसकेको थियो ठुल्ठुला पखेटा लगाएर। हतार हतार लिफ्ट बाट तल झरेर बाईक निकालेर अन्तिम पटक उसैलाई हेर्न बाहिर साथीहरु सँग बसे। म बाइकमै थिए, उनिहरु बाहिर उभिएका थिए। उसको ग्रुपनै अाइपुग्यो मलाई उसले देखी पनि तर मैले आँखा जुधाएर हेर्न सकिन। चोरि नजर लगाएर २-३ पटक हेरे। खै उसलाई देखे पछी मन कती हलुङ्गो हुन्थ्यो कुन्नी! उचालिएर निक्कै माथि आएजस्तो लाग्थ्यो। रातको १०:१५ बजिसकेको थियो। बाटो पनि खुल्ला देखिन्थ्यो। म त यसै पनि हसिलो खुशीलो भएको हुदो हु। त्यही खुशीमा हुईक्याइदिए बाइक पछाडि भएको साथी कराउदै थियो “अली स्लो गर” भनेर तर आफ्नो गतिमा अलिकती कम गरिन बरु बढा भनेको भए सजिलै मान्ने थिए होला।
त्यतिखेर पनि म र अनिश यही होस्टलमा बस्थ्यौ। दिनेश मेरो फुपुको छोरा हो, बाहिर बस्थ्यो भाडामा। भाई २-४ दिन घुम्न आएको दिनेशकोमै बसेको थियो। त्यो दिन सबै उतै गैयो। दिनेश मात्र भएको भए त यसो कुरा निकाल्थे होला भाई पनि भएकोले सकिन। यत्तिकै सुतियो २-२ जना २ वटा खाटमा।
भोलिपल्ट बिहानै होस्टल आए। ए लेभल सकिएर बसेको थिए कुनै काम थिएन। नम्बर त दिएकी थिई उसले तर सिधै फोन गर्न सकिन। नाम थाहा थियो तर थर थाहा थिएन। यसै फेसबुकमा सर्च गरे “सपना” लेखेर। चौथो नम्बरमै उसको त्यही कालो गाउँन लगाएको प्रोफाइल पिक्चर भएको ID देखा पर्यो १ म्युचल फ्रेण्डसहित। नाम थियो “सपना बस्नेत”। हतार हतार उसको प्रोफाइल हेरे अनी सबै फोटाहरु एक एक गरेर केलाए कुनै नछुटाइ ३ चोटि दोहोर्याएर। timeline पनि हेर्न भ्याइहाले। सुरुमै यस्तो status थियो- “The very first time I realized what unconditional love meant.” जुन ३ घण्टा अघाढी लेखिएको थियो।
यती पढ्नासाथ मेरो खुशीले सगरमाथाको चुच्चोबाट म आँफैतिर झन्डा देखाउदै थियो। यसै रुममा एक्लै थिए २-३ वटा गीत बजाएर कुनै सुर तालमा ननाच्ने बिहेका जन्तीजस्तै नाचुजस्तो भयो। बल्ल थाहा पाएको थिए मैले आफु भित्र खुशी उम्लियो भने कती चन्चलता पैदा हुदो रहेछ भनेर। त्यो दिन यसै ट्वाइलेट जाने आउने मात्र करिब ५० पटक गरे होला, कारण एेना हेर्न। अनि साच्ची! त्यो उसको status लाई त कती पटक हेर्दाइ राख्दै मुस्कुराउदै गरे त्यो भन्न सक्दिन।
बेलुका पख उसलाई फ्रेन्ड रिक्वेस्ट पठाएँ। मैले यो चाहन्थे कि छिट्टै रिक्वेस्ट accept होस्। यसै wifi on नै छाडेर कुरिरहे। जती पटक ट्वाङ्ट्वाङ गरेर notification आई राख्थ्यो त्यती नि पटक म झस्किदै मोबाइलमा हेर्थे। यो होला, त्यो होला, अब त भयो होला भन्दै १५-२० notification हेरिए तर सबैले निराश मात्र बनाए। अन्तत: करीब बेलुका ८ बजे तिर रिक्वेस्ट accept भयो।
म त्यो देख्न साथ खुशीको बगैचामा मेरो मन फुलिसकेको थियो। अस्तिको खेल त अस्तिकै भैसक्या थियो अब फेरी पुलिस सारेरै सुरुवात गर्नु थियो। पुलिस सारे ‘हाइ” लेखेर। उताबाट पनि पुलिसनै सारेर उत्तर आयो “हाइ” लेखेर। मैले “चिन्यौ मलाई?” लेखेर अली हासेको ईमो पछाडि जोडीदिए। उसले पनि “मज्जाले” लेखेर अली लजाएको ईमो जोडी। भावनामा डुबिहाले यसो भनेर- ” मिस यु एण्ड विश द्याट मोमेन्ट टु कम अगेन।” उसले मुसुक्क हासेको ईमो पठाइ। उसको त्यो ईमो आउँदा नआउँदै मेरो अर्को च्याट सेन्ड भैसकेको थियो- ” क्युट नेम सपना ” यसको लागि नि त्यही अगिकै रिप्लाई ईमो काफी भयो।अस्ती सम्म डरको थुप्रोभित्र पुरिएर थरथर काप्ने मेरो बोलीमा आज यत्तिको आट र साहस उनैले हालेको status ले दिएको थियो।
त्यो रात धेरै कुरा भयो मैले उसको घर पढाई सबै सोधे। घर हात्तीबन ललितपुर र CCRC कलेजमा १२ मा म्यानेजमेण्ट पढ्दै गरेको बताइ। उसले पनि केही मेरो बारेमा सोधी। सबै कुरामा उसले मलाई हजुर भनेर सम्बोधन गरी, मलाई कती मन परेको थियो त्यसो कमले मात्र भन्ने शब्द नि भएर होला मलाई हजुर शब्द उसैको आवाजले नै बोलेर मधुर स्वरमा भनेको जस्तो आभास भैरहेको थियो। , सायद धेरै कमले मात्र भन्ने शब्द नि भएर होला मलाई हजुर शब्द उसैको आवाजले नै बोलेर मधुर स्वरमा भनेको जस्तो आभास भैरहेको थियो। मैले पनि सबै बताइ दिए। नाम आयुश पौडेल घर पथरी मोरङ पढाई जेभियर्स कालेजबाट ए लेभल सकेको भनेर। त्यो दिन राती झन्डै १२ बजेसम्म यस्तै परिचयात्मक कुरा सके पछी के-के ठट्टा गर्दै बस्यौ। मैले सबै फिल्म हलका सबै घटनाहरुले आफुमा आएको डर त्रासको धेर कुरा गरे उ धेरै जस्तो “ए” भनेर हासोको ईमो पठाइ तर आफुलाई के कसो भयो भनेर भनिन। म त उ बोलेकी भए रात हैन महिना कटाइ दिन सक्थे त्यसरिनै च्याट गरेर। उसले कलेज जानु पर्छ भोली भन्दै बिदा मागी। मैले कल गरेरै “बाइ भन्नु पर्छ” उ माथि आफुलाई अधिकारवादी बनाउन खोजे। उसले नाइ भन्दै थिई मैले नै कल गरिहाले उसले “कस्तो हजुर त!” भन्दै मिठो स्वरमा “बाइ” भनी। मेरो कानमा यही “बाइ” को प्रतिध्वानी गुन्जयमान बन्यो रातभरी।
यसरी सुरु भएको हाम्रो सम्बन्ध हप्ता दिनसम्ममै धेरै गाजिएर आयो अनी लहरिएर अलि-अली गर्दै बर्दै लग्यो दुबैलाइ कसेर। ३-४ दिन देखिनै हामी एक अर्कालाई बेला-बेला फोन गर्ने भयौ अन्लाईन बोलाउन। म त सिधै बोलाउथे तर उ सक्दिन थिई, त्यस्को सट्टा मैले सोधेको प्रश्नको जवाफ दिदै बसीरन्थी यत्तिकै फोन गरेको भनेर। म आँफै बुझेर अन्लाईन छौ भन्दै सोधेर म पनि आउछु नि त भनेर फोन राख्थे।
सातौ दिनको राती धेरैबेर कुरा भयो अन्लाईनमा त्यस पछी फोनमा मैले कुरा गर्ने भने अनी फोन गरे। धेरै बेर उसको सुन्दरताको बयान गरे उ म त्यस्तो छैन मात्र भनी रही मैले जबर्जस्ती गरेर हो भन्न लगाए। अन्त्यमा “लौ हारे” भनेर “हो” भनी। फोन काट्ने बेलामा मैले उसलाई फेरी अनलाइन आउन भने उ किन फेरी भन्दै सोध्दै थीई मैले आएसी भन्छु भने उ हुन्छ भन्दै गै। मैले च्याट को पहिलो वाक्य नै यस्तो लेखेको थिए- “सपना आई लभ यु”। च्याट सीन हुनसाथ उ offline भै। रिसाइ कि भनेर फोन गरे। फोन पनि स्विच अफ गरिएको थियो।
भाग-५
फोन नै स्विच अफ गरिदिएपछी त के लाग्छ! देखेको भए त यती रातिनै भएपनी उसको घरमै गएर ढुङ्गा हान्नु जस्तो भएको थियो मलाई। रिस त उठेको थियो नि तर पनि फेरी accept पो गर्दिन कि भनेर देखाउन नहुने, आखिर रिजेक्ट नै गर्नलाई फोन समेत अफ गरेकी होला भन्ने लाग्यो। सोचे चेस खेल्दा खेल हारेर मन्त्री जोगाउनु को के अर्थ? आखिर जे हुनु त भकै छ भनेर अझै मेसेज थपिदिए भावनामा पग्लिएर- “सपना यो म भन्दिन कि तिमीले पनि मलाई मन पराउनै पर्छ, त्यो खुशी तिम्रो मनको हो। म यती भन्न सक्छु कि जब तिमीलाई देखे त्यती बेलै बाट मलाई तिमी प्रती आकर्षण सुरु भयो। तिमी सँग बोल्दै जादा मैले मेरो सपनाको संसारमा तिमीलाई लुकाइसकेको थिए। तिम्रो त्यो मिठासपूर्ण बोलि, व्यबहार, बिचार अनी सुन्दरता सबैले मलाई डोरी लगाएर कसेर ताने तिमीतिरै यो अबधिभरी। सोच्यौहोला केटाहरु यस्तै हुन्छन बोल्न साथ माया गरिहल्न पर्ने, तर मसँग त तिमीले नै बनाइ दिएका धेरै आधारहरु थिए, त्यो फिल्म हलमा भएको हामी बिचको सम्बाद अनी त्यो हात सबैले मलाई यती भन्न वाध्य बनाए। अरु जे सोच, तिमी हुन्छ भन्छौ भने जिन्दगीभर तिमीलाई साथ दिने कसम खाएर साथ दिन तयार छु। हैन हुन्न भन्छौ भने पनि कुनै कर छैन खुलेर सरी भन्न सक्छौ। अगेन आई लभ यु। म तिम्रो उत्तरको पर्खाइमा छु, आशा छ नकार्ने छैनौ। बाइ!”
बिहान पख भैसकेको थियो अनी निदाएछु। बिहान ९ बजेमात्र ब्युझिए, फोन गर्नु भन्दा पनि हतार हतार आँखा मिच्दै फेसबुकनै खोले तर केही उत्तर आएको थिएन अनलाइन पनि आएकी थिईन ऊ। फेरी मन हिजोकै हालतमा झरी गयो, कलेज गएकी होला फोन त के उठाउथी तै पनि एकचोटी मैले बोल्न खोजिरहेको छु भन्ने चाँही बुझोस् भनेर कल गरे तर फोनै उठो आत्तिएर बोले- “हेलो” एकछिन कुनै आवाज आएन। म डराए अरु कसैले त फोन उठाएन भनेर अनी अघी चिर परिचित मान्छेलाई नै भने जसो गरेर भनेको “हेलो” अब कुनै अन्जान ब्यक्तिलाई भेटदैछु जस्तो बनाएर बोले “हेलो, यो कहाँ पर्यो?”। सपनानै हासेको सुने। शायद मेरो दुईखाले बोलिले गर्दा उसको हासो छुट्यो। उसको बोली सुन्नसाथ मेरो मुखबाट छुट्नै आटेको हासोको भाब पनि बिलाएर गम्भिरता तिर पल्टिदियो। अनी सानो स्वरले भने- “हिजो किन फोन स्विच अफ गरेकी?” उसले अली हसिलो स्वरमा मलाई गिज्याएझै गरेर उत्तर दीइ -“त्यसै गर्न मन लागेर गरेकी।” मलाई उसको त्यो उत्तर सुनेपछी केही अरु सोध्न मनै लागेन। जिब्रो काटेको जस्तै गरेर सुनेर मात्र बसे। फेरी उ हाँस्दै बोली-“के भयो रिस उठ्यो?” म यता अर्कै टेन्सनमा पिरोलिएको बेला उ चै खुब खुशी भजस्तो गरेर मलाई नै जिस्क्यएझै गर्दै थीई।
भनिदिए-“मान्छे यहाँ टेन्सनले रात भरी सुत्न सक्या हैन मज्जा छ है तिमीलाई त खुब खुशीमा छौ।”
अली नरम र भावुक पनि भैछ क्यार- “त्यसको लागि सरी” भनी। अली बौलाएको मन थोरै भएनी सम्हालियो। अब मज्जाले मैले बोल्न पाएको थिए। “आशा पनि छैन अब त उत्तर पनि त्यही सरी अाइ ह्याभ अ bf त होलानी” भनी दिए। उसको उत्तर अझै बाङ्गिन छाडेको थिएन। फेरी त्यसरिनै भनी- “थाहा थियो रैछ त फेरी प्रपोज गर्नुको अर्थ के? अर्काको लभ लाइफ बिगार्न मन लाग्यो हजुरलाई?” हिजो सम्म बोल्दा अतिनै मिठो लागेको यो हजुर शब्द त्यहा चै पिरो भएको थियो मलाई। मलाई यसरी उत्तर नपाईने भयो भनेर उसको ध्यान मतिर केन्द्रित गराउन भित्रैबाट अघी देखी उ प्रती लागेको तितो दबाउदै मिठो स्वरमा उसलाई बोलाए- “सपना” अली भावुक र गम्भिर भएजस्तो गरेर बोली- “हजुर भन्नु न” मलाई पनि भित्रको साहसि साहसमानले अब सोध भनेर अर्डर् गर्यो जे अर्हायो मुखले त्यही बोलिदियो- “तिम्रो उत्तर नो नै हो त?” उसले भनी-” तपाईंकै च्याटमा पढेकी, मैले के भन्ने त्यो मेरो मनको खुशी हो कर हुँदैन भनेर। तपाईंले त सोचेरै भन्नु भा होला यत्तिकै पनि मेरो लागि यो जटिल बनेको छ, मैले हात दिएकी थिए तर साथ दिनको लागि धेरैकुरा सोच्नु पर्दो रहेछ। यत्तिकै पनि म छोरी मान्छे। तपाईंलाई चिनेर नै निर्णय लिने बिचार थियो केही त तपाईंलाई चिने पनि, आज सोच्न दिनुस।” अब फेरी के भयो कुन्नी अलिकती रिसाइ- “तपाइलाई चै ठाउँ को ठाउँ उत्तर चाहिने है, म पनि के भन्ने भनेर तयारी भएर बसेको छु जस्तो लाग्छ क्या हो? म पनि तपाईंले भनेकै समयमा उत्तर फर्काउुछु त्यसरिनै यसको मत्लब यो नबुझ्नु कि मेरो उत्तर तपाईंकै पक्षमा पर्छ मैले नो भने भने पनि तपाईं रिसाउन पाउनु हुन्न नि” मैले हुन्छ भन्नबाहेक अरु केही बोल्न सकिन। फोन राख्यौ।
दिन अब त्यही उत्तरलाई पर्खेर बिताउनु पर्ने थियो, सबै कुरा सम्झे- हलमा दिएको उसको हात, गरेको बिदाइ, स्टाटस अनी यती दिन सम्मको कुराकानी। सबै राम्रै त थिए, तर उसले नो पनि भन्न सक्छु भनेकी थीइ। उसको त्यही एउटा नो भन्न पनि सक्छु लाखौं पल्ट दिमागमा घुमी रह्यो अनी पोली रह्यो मन हल्का पिल्सिएको ठाउमा झन खुर्सानी दलेजस्तै भएर। एक-एक सेकेण्ड गनेर बिताउदा त एक घण्टा पनि एक दिन जतिनै लामो जस्तो हुदोरहेछ। कहिले त्यही समय कटाउन छतमा गएर आकाश तिर हेरिरहन्थे, मनका बिभिन्न भावना हरु कितावका पत्तामा हावाले हानेजस्तै गरेर फर्फराइ रहे, कहिले कुन पत्तामा गएर रोकिन्थ्यो त्यही बिचार मनमा आउथ्यो। अस्ती खुशीले हेरेको त्यही एेनामा गएर आज बिवश आफ्नै अनुहार हेरे २-३ पटक।
बल्ल बल्ल अधेरो त पारे तर अझै १२ पनि बजाउनु थियो। आँफैलाई झपारे कती राती प्रपोज गरेछु भनेर। मलाई पनि बिचमा उसलाई फोन अनी च्याट गरेर आँफैमा बढीरहेको खुल्दुली अझै बढाउन मन लागेन। पर्खिरहे त्यो १२ बजेलाई, तर त्यो पर्खाइ रोगिले औषधी पर्खेजस्तो हुन्थ्यो या मृत्यु त्यो जान्न बाँकी नै थियो।
बल्लबल्ल पर्खाइको घडी समाप्त भयो अन्लाईन गए, उ अाइसकेकी थिई। कुनै ढिला गरिन कुर्दा कुर्दा थाकिसकेको थिए, सिधै सोधे- “मलाई पहिला रिजल्ट चाहियो।” उताबाट टाईपिङ सुरु भयो तर ५ मिनेट सम्म पनि रोकिएन। पर्खिरहे १-१ सेकेण्ड गन्दै दिउसोझै। बल्ल उसको रिप्लाई आयो लामो.. एकछिन आँखा चिम्ले आँफैलाई suspense बनाए आँखा खोल्दा झट्टै रिप्लाई देखु भन्ने थियो तर देखिन पढ्दै गए। यस्तो लेखिएको थियो- “तपाइको प्रपोज आउछ भन्ने शायद मैले पहिले नै बुझी सक्नु पर्ने कुरा हो र केही बुझेको थिएपनी, आकर्षण मलाई पनि भएको थियो तपाईंप्रती। तपाईं जस्तो केटामाथि आकर्षण नहुने केटी शायदै हुन्छन होला त्यो म बन्न सकिन, मन तपाईं तिरै गयो। तर एउटा कुरा हामी केटीहरुलाई बाध्यता छ कि कसैलाई पनि हामीले सहजै स्विकार्न मिल्दैन, मिल्थ्यो त तपाईं पनि अर्कै रेड लाइट एरियामा पाउने केटीको उपनाम दिन पछी पर्नु हुन्न थ्यो। तपाईंका हरेक बोली, व्यबहारले मलाई पनि तान्यो। तर प्रेम खुशीमा ब्यक्त गर्नु पर्छ, बेखुसिको अाइ लभ यु त आज भोली पैसामा पनि किन्न पाईन्छ। जे जती तपाईंलाई बुझेको छु सबै कुराले तपाईंलाई मन पराएकी छु, अबको दिनमा म यत्ती चाहन्छु कि मैले कहिल्यै यही प्रेमबाट धोका नपाउ, लभ यु टु handsome आयुश।”
म यती पढिसकेर खुशीको कुन यान बनाएर हावामा उडेको थिए कुन्नी! उफ्रिदिए यतीकै कोठामा अनिश पनी ब्युझियो, कस्लाई सुनाउ सुनाउ हुदोरहेछ उ त झन मेरो साथी भनीहाले। अनी उसलाई नै फोन गरे मेरो खुशी देखेर उ पनि अचम्मित भै अनी मैले भोली उसको कलेज सकिने टाइममा आफु कलेज अगाडि लिन आउने भने उसले एकछिन त मानिन लाज लाग्छ भन्दै तर मेरो जिद्दिलाई स्विकारीनै। फोनबाट छुट्यौ, मैले ट्यो रात नम्बर भएर पनि फोन नगेरका कती साथीलाई त्यती राती पनि फोन गरेर बोलिदिए। खुशी छछल्किएर यता पोखिन्छ कि उता पोखिन्छ झै भैरहेको थियो।
उसैलाई भोली भेट्ने कुरा सम्झदै सुते।
भाग-६
रातैभरी उसैको याद अाइरह्यो, रात पनि पुरा रात के भन्नु सबैसँग कुरा गरेर सुत्दा १ बजिसकेको थियो। मन खुशीको कुन संसारमा उडिरहेको थियो खै तबसम्म पनि आफ्नो बशमा आएको थिएन। निन्द्रा त झन के लाग्थ्यो आँखा खोल्यो, कोठैभरि उ नै छाइदिन्थी आँखा बन्द गर्यो आँखाभरी उ नै आईदिन्थी। फेसबुक खोलेर धेरै पटक त्यो उसको मेसेज पढे, उसका फोटाहरु एक एक आफ्नो मोबाइलमा सेभ गरे अनी हेर्दै छातीमा टासेर निदाउने प्रयास गरे। २ ३ बजे तिर निदाएको हुदो हुँ बिहान ७ बजे ब्युझिए।
उसको फोन आएको रहेछ निन्द्रामा थाहानै पाएनछु कल ब्याक त गरौ भनेर गरे तर कक्षामा थिई शायद फोन उठेन। मलाई उसको एक कल छुटाउनु पनि ठुलो पिडाको बिषय बन्थ्यो १ बर्ष पढेर बोर्ड एक्जाम छुटाएझै। उसले सधैं जसो ११ बजे कलेज सकिने कुरा गर्थी। मलाई त के गर्ने कसरी जाने सुझीरहेको थिएन। कहिल्यै कतै आफ्नो लवाइ र ब्यक्तीगत पहिरनमा ध्यान नदिएको म उसको छेउमा लाज हुने हो कि भनेर भरसक राम्रो पल्टिन खोजिरहे थिए। नजिकैको सैलुनमा गएर कपाल काटेर फेसियल गराए कपाल काट्ने दाईसँग सधैंजसो गईरहने भएकाले पहिल्यै देखी चिनजान थियो जिस्काउदै भने- आज gf भेट्न जारहेहो क्या? , बाइक पनि ग्यारेजमा लगेर धुन लगाएर टिलिक्क पारे। बिहान बिहाननै जाडो हुँदै थियो आफुपनी नुहाए। भित्र सेतो कलरको टिसर्ट, जिन्स ज्याकेट र कालो फिटिङ पेण्टमा कालो जुत्ता लगाएर बाहिरबाट अत्तर छर्किए। एक एक कुरा गर्दा म केही नबिग्रियोस भनेर यू-ट्युबमा भिडियो हेर्थे। बश! अब उसको फोनको प्रतिक्षा थियो।
१० बजेसम्म पनि फोन नआएपछी बाहिर गएर पर्खने सुरमा कोठाबाट निस्किए। बानेश्वर पुग्नै लाग्दा मनले यत्तिकै त कसरी जानु यती मन पराएकी आफ्नी प्रेमिका भेट्न भन्ने लाग्यो। छेउकै गिफ्ट सपमा गएर एउटा रोज किनेर ज्याकेटको भित्री गोजिमा हाले। त्यहाका २-३ जना केटीले मेरो चाल र पहिरनबाटै सङ्का काटेका हुन शायद मुसुक्क मुसुक्क हाँस्दै थिए। मैले सबैको हासो देखेर पनि केही नजानेझै गरेर निस्किए।
तिनकुने पुग्नै लाग्दा उसको फोन आयो हतार हतार बाइक साइड गरेर उठाए। उ अली रिसाएर बोली- हजुर त फोन गर्दा नि नउठाउने है?
गल्ती स्विकार्दै भने- निद नै लागि राख्या थेन बिहान कती बेला निदाएछु थाहा पाइन सरी! यही सरी भन्न अरुसँग भए मलाई मान मर्यदाको नाश भएको जस्तो लागेर हिनताबोध हुन्थ्यो होला उ सँग भने सरी भन्न पनि मज्जा लाग्ने। तर गल्ती गरेर हैन, अन्जानमा भएका गल्तिका लागि मात्र।
उ चुप लागिरही सायद आजको हाम्रो प्लानिङको बारेमा कुरा निकाल्न सकिन शायद। म आँफैले भने- अनी तिम्रो कलेज कतिबेला सकिने हो, म आउँदै छु सोध्न पनि बिर्सिएछु खुशीले सबैकुरा बिर्सिएर।
हतारमा बोली- अब १ पिरियड बाँकी छ म क्लास सकेपछी फोन गर्छु, अाइ सक्नु भएछ एकछिन बाहिर कुर्दै गर्नु है। मैले टोइलेट आएर कल गरेकी जान्छु बाइ!
हस बाइ!
कलेज बाहिर रोड छेउकै एउटा क्याफेमा गएर चिया खाँदै बेला बेला गोजिको गुलाब छाम्दै सोची रहे- आउन त अाइयो अब कहाँ जाने होला यहाँ बाटो बाटो बसेर त हुन्न। कतै घुम्ने ठाउँमा लिएर जाउ, उसको युनिफर्मले नहुने। फेरी आफुलाई त्यता तिरका कुनै क्याफे थाहा थिएनन। सोचे बानेश्वरनै जाम भन्छु। कारीव २० मिनेट त्यहा कुरेपछी उसको फोन आयो। अब मुटुको धड्कन त्यही फिल्म हलको जस्तो धड्किन थाल्यो जिउ तातिएर गर्मी भयो, अनुहार पनि रातो पिरो बनाएको हुदो हुँ। फोन उठाएर आफु बाहिर क्याफेमा छु बाहिर निस्क भने। म भने छिटो छिटो मेन रोडको तल्लो छेउमै गएर बसे। उ अगाडी आएपछी मन कस्तो हुने हो चिस्सिएर कुन हालतमा पुग्ने हो भनेर आँफैलाई सम्हाल्न खोजी रहेको थिए।
उ पछाडि ब्याग बोकेर हल्का निहुरिदै फोन गर्दै अाइ यता म भने कुन लाजले हो हेलमेट पनि लगाइसकेको थिए। गोरो अनुहार, कालो आधाजिउ ढाकेको खुल्ला छाडेको कपाल, सट पाइन्ट खुब मिलाएर लगाएको थिई बाहिर कोट पनि थियो खुबै सुहाएको। म उसलाई पाएकोमा मनमनै आफुलाई धेरै भाग्यमानी ठानिरहेको हुदो हुँ, उसको फोन आयो। मैले तिमीलाई देखी राख्या छु माथि तिर हेर त भनेर लाज लुकाउदै हेल्मेट अली माथितिर सारे। उसले आफुसङै आएकी साथीलाई खै के भनी अनी आफु भुइतिर हेर्दै लजाउदै मुस्कुराउदै म भएतिर अाइ साथी अर्कैतिर लागि। म पनि यता लाज लुकाउन ठाउँ खोज्दै थिए तर सकिरहेको थीइन।
जसो तसो मलाई निडर देखिएर बोल्नु थियो केही बोल्न आएन खल्तिको फुल निकल्नु त कता हो कता अगिनै उस्ले देख्छेकी भनेर त्यही कतै माटोले पुर्नु जस्तो भएको थियो मनमनै। आफु भित्रको त्यो सबै लाज र असजिलोलाई दबाउदै १० बर्ष देखी मिल्ने साथीजस्तो गरेर सुरुमै सरी बिहान फोन उठाउन सकिन भनिदिए। उसले सरी नभन्नु भनेर भावनात्मक सम्बन्ध देखाइ। मैले उसलाई पछाडि बस्न भने, उसले कहाँ जाने हो र भनेर सोधी र आफुसँग समय धेरै नभएको बताइ। मैले बानेश्वर सम्म मात्र जाने हो कहाँ बाटोमा बस्ने त भने अनी आफुले घर छेवै सम्म लगेर छडिदिने बाताए। उ सहमत जनाउदै धेरै बेर बस्न नसक्ने भन्दै पछाडि बसी।
उ पछाडि यसरी बसिदीई कि कतै जिउ पनि नछुवाइ परै। मैले पनि लाग्थ्यो कसकी श्रीमती, कसकी गर्लफ्रेण्ड बोकेर हिडिरहेछु अनी यो कतै हाम फालेर भाग्ने वाला छ। सिधै बानेश्वरको RnB लिएर आए। उ पनि कहाँ लादैछ के गर्दैछ भनेर अचम्मित भएकी हुदो हो, पुरै अन्जान अनी उत्सुक अनुहार बनाइ रहेकी थीई। बसेर धेरै बेर कुरा गर्यौ, खै मलाई कती माया लाग्न थाले थियो कुन्नी! बढी आत्मिय मै बन्न खोज्थे। उ हाँस्दै बोल्थी, म पनि हासिदिन्थे। मलाई कसरी त्यो गुलाब दिनुझै भैरहेको थियो, तर सकिरहेको थिईन।
बिचमा मैले जे हुन्छ हुन्छ भनेर आँखा चिम्लिन लगाए उ किन-किन भनेर एकछिन त मानिन। मैले चिम्ल कि चिम्ल भनेपछी चिम्लिदीइ। मलाई त त्यो फुल फुत्त निकालेर उसको हातमा राखिदिन मन थियो तर सकिन। उसले र मैले खाएको चिसो कोकको बोतल एकैठाउ राखेर आफ्नो जुन रोज्यौ त्यही आफुले खानु पर्ने भनेर भने। उसले एउटा र अर्को गर्दै अन्तमा मेरो छानी अनी पिईदीइ मैले पनि उसको बोतल लिए। भने जुठो खायो भने आत्मियता बड्छ रे! उ है ल बढोस् भनेर मुसुक्क हासी। खै उसलाई के लाग्यो कुन्नी उसले हजुर चुरोट, हुक्का खाइसिन्छ कि नाइ भनी? मैले नाइ! कहिल्यै खान्न भने उ खुशी हुँदै खाने मान्छे मन पर्दैन भनी। मलाई मैले खान्छु भनेको भए खानेनै मन पर्छ भन्थी होला भन्ने नलागेको हैन तर भनिन।
उसको मुस्कानमा कती राम्री देखिन्थी खै म हेरेको हेरै हुन्थे। बेला बेला आँखा जुदाइदिन्थे उ अली अर्कै तिर हेरेर तर्काउथी। करिव १ घण्टा जती बसेपछी मैले शनिबार गोदावारि घुम्न जाम है भनेर प्रस्ताव राखे उसले घरमा कुरा मिलाएर बताउने भनी। मैले उसको घर छेवैमा पुर्याइदिने भनेर भने उ हैन म गाडीमा गैहल्छु भन्दै थीई मैले “के म चाँही कोही हैन कि क्याहो भनेर रिसाइदिए।” उ हजुर त भन्दै पछाडि चढि अगिको भन्दा अली टासिएर मैले बाइक चलाऊदै खुब खुशी लागिरहेछ भने उ केही बोलिन। हासी मात्र।
घर पुग्ने ५ मिनेट अघीनै मलाई रुकाइछ अनी अब ५ मिनेट लाग्छ गै हाल्छु भनेर बिदा माग्दै हासी। उसको हासो मै धेरै कुरा बुझ्न बानी पेरिसकेको म, बिदाइ गरेर फर्किए। गोजिको गुलाब गोजिमै थियो। धन्न कपडाको थियो र अर्को पटक दिन्छु भनेर जस्ताको तस्तै राखे।
भाग-७
बेलुका च्याटमा बोलाएर भनी “यु वेर लुकिङ वेरी ह्यान्डसम”
मैले मुसुक्क हासेको इमो पठाए, हासेको ईमो मात्र थिएन म आफै पनि हासेको थिए।
फेरी “माइ हिरो” लेखेर हासेको इमो जोडी दीइ उसले पनि।
“तारिफ धेर भयो बेडबाट हाम फाल्छु है म।” रिप्लाई गरे।
फेरि “मैले म त तिमीलाई जती शब्दले बर्णन गर्दा पनि कम हुन्छ के लेखौ” टाइप गरेर पठाए।
सँगसगै “मस्ट बीउटिफुल लेडी आई ह्याभ इभर सिन” थपे।
उ मुस्कुराएको भाव देखाउदै होला “हइ” लेखी।
साच्चै! सपना मेरो लागि सपनै जस्ती थीई तर दिउसो देखिएकी। सपानकै परी जस्ती, जसको चित्राङ्कन मैले सपनामा मात्र गर्न सक्थे तर यहा त बिपनामा पनि उसैलाइ पाएको थिए। म उसको प्रेममा यती डुबिसकेको थिए कि लाग्थ्यो म त्यहा बाट कहिल्यै निस्कने छुइन र सक्दिन पनि। एक-एक क्षण म उसैको यादमा बिताउथे,कुनै यस्तो समय हुन्न थियो जतिबेला उ मेरो दिमागमा हुन्नथी। उ पनि एकछिन फ्री भई भने मलाई फोन गरी हाल्थी अनी कि फोनमै बोल्थी कि अन्लाईन आउन भन्थी। तर बिहान बेलुका चाँही एकै छिनमा कहिले बाबाले कहिले ममिले कराउनु हुन्छ भन्दै जान्थी। हामी बिशेष बोल्ने बेला उसको कलेज सकिएर घर पुगेसी बेलुका ४ बजेसम्म हुन्थ्यो। हामी च्याटमा बढी जिस्किन थालीसकेका थियौ, उ पनि भन्थी मलाई हजुर सँग कुरा गरेन भने त खल्लो लागिरहन्छ। म चिनी हाल्नु पर्छ नि त भन्थे। यस्तै बिभिन्न कुराहरुमा हासी मजाक चलिरहन्थ्यो। कहिले म किस को इमो पठाउथे, उ केटा मान्छे को सक्कली रुप आयो भन्दै गिज्याउथी। म हासिदिएको भाव देखाउथे।
उसको घरमा बाबा ममी र उसको भाई थिए। त्यो फिल्म हेर्न चाँही उ अंकल आण्टीहरु सँग गएकी रहिछ। उ सँग त्यही क्याफे बस्दा धेरै कुरा गरि घरका। बाबा मन्त्रालयको उपसचिव र ममी नर्स हुनु हुदो रहेछ। भाई ७ कक्षामा पढ्दै छ भन्थी। उसले मेरो परिवारको बारेमा त पहिले सोधेकी पनि थीई तर मैले उसको परिवार बारे सोध्न बिर्सिएछु। त्यो क्याफे बसाइले धेरै कुरा एक अर्काको बारेमा थाहा भयो। “मेरो बाबा ममिनै ब्यापारी हो घरमा सामसुङ डिलर र मेडिकलको होलसेल बिक्रेता हौ” उसले सोध्दा जवाफ दिएको थिए। शायद! केटीहरुलाई प्रेममा सबै कुराहरुको जानकारी हुनुपर्छ, म त कस्तो बुद्धु! खाली उसको बारेमा मात्र सोधी खोजी गर्थे। अनी केटा र केटीको प्रेमको फरक पनि यही होला केटी केटा सङ्सङै केटाको घर व्यबहार राम्रो चाहन्छे तर केटा जो कसैलइ प्रेम गर्छ उसलाई केटीमा उसले खोजेको कुनै गुण र ब्यबहार र अनुहार राम्रो भए पुग्छ।
उसले अर्को शनिबार मैले घुम्न जाउ भनेको प्रस्ताव घरमा साथीहरु सँग घुम्न जाने हो भनेर मिलाए भन्दै बिहीवार स्विकार गरी। यता फुल बोकुवा भएर आँफै भित्र पानीमरुवाको परिचय बनाएको मैले उसलाई त्यसरी फुल लिएर आएको तर दिन नसकेको भनेर सुनाएको पनि थिईन, किनकी त्यो सुनाउदा मेरै बेईज्जती र साहस माथिको अट्टाहस हुने डर थियो। म अलिकती पनि उसको छेउमा कमजोर बनेर देखिन चाहान्नथे। मलाई उसको राजै बन्न मन थियो उसको मनको महलमै बस्न मन थियो, राज गर्दै। त्यसैले मन मनै यो प्रण गरेको थिए कि अबको भेटमा जसरी भएपनी उसलाई यो गुलाव दिदै भन्ने छु “आई ट्रुली लभ यु सपना”।
उसले मलाई शुक्रबार बेलुका “म के लगाउ भोली?” भनेर सोधी। म हासे यो खुशीमा कि अब उसलाई लगाउन समेत मेरो च्वाइस चाहिन्छ,मेरो खुशीको रङमा रङ्गिएर सजिन चाहन्छे उ, अनी मलाई पनि मेरै खुशीले रङ्गाउन चाहन्छे। प्रेममा सत्यताको आभास पनि त्यतिखरै हुदो हो जतिखेर एकअर्काको खुशीको बन्देज भित्र आँफैलाई समर्पण गरेर कसेर! राखिन्छ। मैले “जे लगाएनी हुन्छ तिम्रै खुशी” भने। मेरो च्वाइस नै त उ थिई भने उसले जे लगाउथी ति मेरा च्वाइस थिएनन भने पनि अब च्वाइस बन्दै जान्थे। भन्न त मलाई यो मन भित्रको न्यानो मायाको जे-जे बनाउन मन छ त्यही लगाउ भन्न मन थियो अनी यो माया कपडा हुन्थ्यो त शायद उसले जती लागएपनी सकिने थिएन सुरुवात थियो तर अन्त्य कहिल्यै भेटिने थिएन। अन्त्यमा उसले कुर्ता लगाउन “मलाई कती मन पर्छ इष्टर्न वेयरमा आउछु है” भनी। मैले “हुन्छ” भनिदिए, अनी मनमनै उसलाई कुर्ता लगाएर हेर्न थाले। कल्पना सबै साकार हुन्थ्यो त उसको र मेरो छुट्टै संसार हुन्थ्यो, जित आधा आधा हुन्थ्यो अनी हार नि बराबर हुन्थ्यो। मेरा अनेक कल्पनाहरुमा उ कहिल्यै नराम्री भएर निस्किन, सधैं खुशीमा हासिरहन्थी मुस्कुराइ रहन्थी।
मैले फोन गरेर सोधे “भोली दस बजे त्यही पहिला छाडेको ठाउमा लिन आउछु है? कि…??” । उसले LA कलेज पस्ने बाटोतिर कतै बसिराख्न भनी शायद ढाटेर आउँदा थाहा हुन्छ कि भन्ने डरले होला। मैले “हुन्छ तर ढिला नगर्नु फेरी केटीहरुलाई त सिङ्ग्रिन धेरै समय लाग्छ” भन्दै जिस्काए। उसले “हजुर पनि जे पायो तै” भन्दै हासेर फोन राखी।
दोश्रो पटक उ सँग भेट हुँदै थियो मेरो म पहिलो भेटमा जस्तै आफुलाई जती सक्दो हिरो बनाएर गए एक-एक कुरालाई जती सक्दो ध्यान दिएको थिए। पहिरन कपडा फेरिए पनि उस्तै खालको थियो। आज चाँही फुल बोक्न अली ठुलो वाईन्ड चिटर खाल्को तर अली बाक्लो ज्याकेट लगाए त्यो पहिलो ज्याकेटलाई तँ अनलक्की भन्दै राखिदिए। हिंड्ने बेलामा नि “आउँदै गर है” भनेर फोन गरेको थिए, त्यो दिन लाज अली हटेको थियो क्यार कुन्नी! हेलमेट झिकेर खुल्लै भएर LA जाने बाटो छेउकै क्याफे अगाडी रोकिए। फोन गर्न लाग्दै थिए अली परतिर देखीइ उ।
हल्का हरियो रङमा गाढा फुलबुट्टा भएको लाई छोटो-छोटो कुर्ता भएको चुरिदार कुर्ता सलवार लगाएर कपाल खुल्ला छाडेर आएकी थीइ। देब्रे हातमा त्यही हलमा भएको पर्स जस्तै सानो ब्याग थियो। कती सुहाएको थियो बर्णन गर्नै सक्दिन। उसलाई नसुहाउने कुरा त म मात्र हुँ जस्तो लाग्थ्यो मनमनै। गोरो लामो चम्किलो मायालु चेहेरा, हल्का गाजल पोतेका आँखा, मिलेको सलक्क परेको सुगठीत शरीर झन्डै मेरै जत्रो उचाइ थियो। पहिला उसको जवानीमा आकर्षित मलाई उसको व्यबहार र आचरणले यस्तो बनाइसकेको थियो कि उसको भित्री सुन्दरताको अगाडि बाहिरी सुन्दरता कम हो। म उसैले बोलाओस भनेर यता उता हेर्दै नहेरी मोबाइल चलाएझै गरेर बसी रहे। छेउमै आइपुग्दा त्यही उसको कपालको वास्ना अघी-अघी आयो मेरो नाकमा ठोकिन। म अझै फोन तिरै हेरेर टाउको उठाएको थीईन। उसैले दाहिने हात उठाउदै लाज मिसिएको हासो निकाल्दै हाइ! गरी। ति मिलेका चम्किला दात देखिएको हासो अनी गुलाबी रङ्गकै लिपस्टिक लगाइएका ओठ देख्दै म भित्र भित्रै जलिसकेको थिए। अनी ति हातका चिटिक्क परेका औंला, रातो नेल पोलिस भर्खर लागाइका जस्ता नङ थिए। सोचे! उसलाई कुन कोणबाट कहानेर नराम्री भनौ अह! म जती खोज्न पाएपनी सक्दिनथे। हाइ! फर्काएर टाईममै आयौ भने। जवाफ फर्काइ- “हजुर आई पुग्नु नै भयो होला भन्ने सम्झदै आएकी थे आई पनि पुग्नु भएछ”। उसलाई पछाडि बस्न भने। तर आज दुबै खुट्टा एकैतिर झुन्ड्याएर बसिदीई। कहिल्यै त्यसरी एकैतिर राखेर नबोकेको मलाई अब लडाउने पो हुँ कि भन्ने फसाद पर्यो, कतै हल्लिने पो हो कि जस्तै गरेर पुर्याए मौसम अली गडबड अघी देखिनै थियो हामी गोदावारी गार्डन भित्र पसेका मात्र के थियौ पानी छिट्याउन थाल्यो मैले त्यही पनि हामी त्यो ग्रिन हाउस भन्दा माथि तिर लाग्यौ एकान्त खोज्दै। अली माथिपट्टी एउटा ठुलो रुखको पछाडि मैले उसलाई बसौ भने। उ हजुर बसी स्यो न भनेर उभ्भी रही।
मलाई गोजिको गुलाबले आज पनि मलाई डुलाएर मात्र लैजाने भईस भनेर गिज्याइ रहेको थियो। एक मनले त झट्टै उडेर त्यो गुलाब उसको त्यो ब्याग भित्र पुगिदिए पनि हुन्थ्यो भनेर सोची रहेको थियो। तर त्यहा त्यस्तो चमत्कार हुनेवला थिएन। आँफैले आफ्नै साहसलाई साहसको औषधी खुवाए र यो भन्दा अर्को मौका आउँदैन भनेर सम्झाए, यता उता पुलुक्क हरे कोही देखिन अनी झट्टै हल्का झरिमै घुडा टेकेर उतिर फर्केर फुल दिदै “आई ट्रुली लभ यु सपना” भनेर निहुरिए। उसले हल्का लजाएझै गरेर फुल समाउदै “लभ यु टु” भन्दै मेरो हात समाएर उठाइ। मलाई केही मात्रामा लाज भएपनी मन रुवाझैँ हलुका भएको थियो।
दुबैजना बस्यौ। पानी झन बढ्न थाल्यो। कुनै फिल्मको काहानी जस्तो भएको थियो यो बातावरण फरक यती थियो कि यो कुनै फिल्म सुटिङ थिएन। उसको एकसरो लुगा भिजी पनि सकेको थियो। मलाई के गर्नु गर्नु भयो, त्यहा आएर त्यतिकै जाने मन लागेन। ज्याकेट खोलेर आधा आधा गरेर उसलाई पनि ओढाए। यदी हामीलाई कसैले देखिरहेको हुन्थो त छेउमा क्यमरामेन खोज्थ्यो होला। यो सबै त्यही पानीको देन थियो एक मन त पानीलाई पनि धन्यवाद भन्न मन लाग्याथियो। उसले गुलाब आफ्नो ब्यागमा राखी झन्डैले नअटेको! मैले नै मिलाएर अटाइदिए। उ खुशीले होला झनै चम्किलो अनुहार लगाइरहेकी थीइ।
मेरो पुरुषत्व मानेन! उसलाई दाहिने हातले अङ्गालो हाले। उसको जिउबाट छुट्टै मिठासको सेन्ट आइरहेको थियो, उसैको मायाले नशालु भएका आँखा हल्का निहुराएर उसका ओठमा मेरा ओठ पुर्याए, फितलो घर्षण सुरु भयो। बाहिरबाटै किस गर्न थाले हल्का गरेर उसका ति गुलाबी ओठ छाडिदीइ, हामी दुबैका आँखा बन्द भए म उसका ओठमा मेरा ओठ मिसाउन थाले। उ बेहोसिझै गएर बिस्तारै जिउ मतिर छाड्दै गई मेरो देब्रे पाखुरामा सुम्सुम्याउदै काधमा हल्का समाइ। दुबैका आँखा बन्द थिए ओठ एक अर्काका ओठमा सल्बलाई रहेका थिए। उसको सास बढेर मुटुको धड्कन ठुलो आवाजमा ढुक-ढुक गरिरहेको थियो।
भाग-८
भाग-७ सकिसक्दा घाम डुब्नै लागेका हुँदा हुन म आँफैलाई कथा सुनिरहु, लेखिरहु जस्तो भैरहेको थियो। अब १ भाग लेखेर राती खाना खाएर लेख्ने भनेर भने। आयुश ढल्किरहेको सिरानीलाई अली मिलाउदै थियो, लामो सास फेर्यो अनी हुन्छ को ईशारा गर्यो। उसले कथामा अगाडि बढ्ने अनुमती माग्यो मेरा हात केही गलेका भएपनी उसलाई भन्दै जान लगाए। मेरो मन पनि उत्सुकताले भरिएको थीयो कसरी रोकिन सक्थे लेख्दै गए-
नितान्त नौलो किस थियो त्यो। हाम्रो व्यबहार हेर्दा दुबैजाना कक्षा-१ मा रहछौ त्यो मामिलामा जस्तो लाग्थ्यो। एउटा सिकाइको स्वरुप थियो त्यो। यतिकै पनि ओठहरु यता उता सल्बलाई रहेका थीए। उसका ति बन्द आँखाको साथ अनी बेहोसिझै भावमा एकोहोरो म प्रती गरिएका गुलाबी ओठका सफ्ट टङ किसहरु अर्कै आनन्दका थिए। करिब २ मिनेट यसरिनै दुबै जनाका ओठ एक अर्काका ओठमाथि हावी भैरहे। ओठ बिस्तारै मैले नै हटाए। दुबै जनाका हात पनि हटे। एकछिन छाताको काम गरिरहेको एउटै ज्याकेट अझै जस्ताको तस्तै थियो। दुबै जनाको बोलीनै बन्द भयो। केही बोली आएन, उ झन एकोहोरो भएर अर्कैतिर हेरिरहेकी जस्ती देखिन्थी। लाज त त्यसपछी एकछिन मलाई माथि रुखमा बसेको चरालाई देख्दा नि देखेछ भनेर लागिराथ्यो। आज पानि मगमग त्यो कपालको वास्ना फिल्म हलमा जस्तै लामो लामो सासमा तानिरहेको थिए, अमृतको वास्ना जस्तै मानेर।
स्थितिलाई सहज बनाउन मलाईनै कर लाग्यो फेरी उसैगरी अङ्गालो हाले माया त मलाई कती लागेको थियो तर थोरै मात्र देखाउन सक्थे। सोधे-“के भयो?” अली सिरियस जस्तै भएर भनी- “नाइ केही भको हैन।”
मैले उसलाई केही नराम्रो फील भएको ठानेर मतिर तानेर मेरो छातीमा उसको जिउ टासे। उसले टाउको मेरो काधमा राखी, मेरो हात उसको काधैमा उसलाई चेपिरहेको थियो। त्यसरिनै कुरा गर्दै बस्यौ एकछिन, पानी पनि रह्यो। मैले उठेर ज्याकेट लगाए उ बसिबसि कपाल मिलाउदै थीई। तलबाट एक जना गार्ड हामीतिर आए। मैले वास्ता गरिन। हामी नजिकै आएर नम्र स्वरमै भने-“पहिलो पटक घुम्न आउनु भएको हो?”
मैले पहिलो पटक नभएपनी-“हो भन्दिए”म पहिला कलेज पढ्दानी २ पटक अाइसकेको थिए। एक पटक साथीहरु सँग र एक पटक भाईलाई घुमाइ दिन।
गार्ड “यहाँ यसरी बस्न पाइदैन तल तिर जानुहोला है” भनेर अझै माथितिर लाग्यो। सपना अली आत्तिए जस्तो गरी एकैछिन अघिलाई सम्झेर होला। म भित्र केही गल्तिको आभास भएपनी बाहिर देखाइन। मलाई उसको अघि राजा जो बन्नु थियो। गार्डको सुझाव सामान्य थियो सामान्यै तरिकले लीइदिए। लाजले होला उ मायाप्रेम भन्दा पनि घरायसी कुरा गरेर बोल्न खोज्थी। त्यहा पनि त्यस्तै भयो उ घरायसी कुरामै ब्यस्त थीई। “ममिले जिस्काउदै लभ पर्या छ क्या हो तेरो खुब च्याटमा हुन्छस जतीखेर नि भन्नु भयो रे। उसले चै यो ममी नि जे पायो त्यही भन्नु हुन्छ भन्दै टारी अरे, अनी मन भित्र भित्रै छै मलाई सम्झी रहे” भन्दै सुनाइ। अनी मैले किन नभनेकी त डर लाग्यो भन्दै जिस्काइ दिए। उ नाइ म त भन्दिन बरु पछी पछी भनौला भनेर उसैगरी मेरो काधमा हलुका गरेर टाउको राखी। उसको त्यो प्रेम युक्त हर्कत देखेर अनि त्यस्तो उत्तर सुनेर मेरो मन यो खुशीमा साहसिलो हुदै यमराज सँग पनि जोरि खोज्ने भएको हुदो हो। म यो सोच्न थाले कि म सँग उसले भबिस्य सोचेकी छ, सपना बुनेकी छ त्यसैले त पछी घरमा भन्छु भन्छे। सत्य हो! सच्चा प्रेमिहरुले आजलाई मात्र हैन भोलीलाई समेत हेर्छन किनकी उनिहरु सम्बन्ध कहिल्यै नछुटोस भन्ने चाहन्छन। फेरी मेरो नाक तान्दै अती प्यारो हुँदै भनी- “हजुर त्यस्तो केही त खाइसिन्न नि? मैले थाहा पाए भने फेरी के गर्छु थाहा पाइ स्या छ नि?” उसको बोल्ने यो भाषाले नै मलाई उसको गाली पनि गुलियो लाग्थ्यो भने अरु कुरा त झन सुनी रहु जस्ता हुन्थे। “के गर्छौ भन त?” अली जिग्यासु स्वरमा भने। “बोल्दिन कहिले पनि!” भन्दै अर्कोतिर फर्की। नाइ! म कहिल्यै त्यसो गर्दिन र गर्नेछुइन पनि भन्दै उसलाई अँगालो हाले। यदी सपना म सँग नबोल्दी हो त मेरो हालत के हुन्थ्यो म भन्न सक्दिन यत्ती तुलाना गर्न सक्छु कि पानीबिनाको माछा, सिम बिनाको मोबाइल , फल बिनाको रुख अनी अडियो बिनाको फिल्म आदी।
फेरी दुबैजना मायालु भावमा देखियौ बेलुका पख भेट भएका ढुकुरका जोडी जस्ता। उ पनि केही अघी सरेझै गरी, मेरा पनि ओठ लम्की गए। फेरी दुबैजना त्यही पहिलेकै अवस्थामा पुग्यौ, यो किस पहिलाको भन्दा केही सभ्य थियो शायद। कहिले उ बिस्तारै आफ्ना ओठले मेरा ओठ खेलाउथी अनी मलाई छाडिदिन्थी, म पनि उसै गरी उसका ओठ मेरा ओठले खेलाउथे, रुवाले छोएजस्तो, कतै काउकुती लागेजस्तो, छुट्टै अनुभव थियो त्यो।
दिउसोको २ जती बजेको हुदो हो, हामी त्यहाबाट हिड्यौ। जादा अघिपछी हुँदै गएकी उसले फर्कदा मेरो दाहिने पाखुरामा समाइ। अली-अली दुबैजनाको लाज हराएको जस्तो भयो। शायद पानीले कुटेर पखालिएछ क्यारे! मैले फोटोहरु खिच्दैनौ त भने उसले फेरी ममिले फोटो हेरौ न भन्नु भयो भने है भन्दै एक दुई वटा फोटो खिच्न लागाइ। उभिएर चुप लागेर मलाई हेरेजस्तो गर्थी म मुस्कान भनेर आफु हासिदिन्थे अनी उ पनि हास्थी। हजुर पनि खिच्नु भनेर ३ ४ वटा उसले पनि फोटो खिचिदीई। कती दिनसम्म लाजमा अड्किएको हाम्रो माया त्यही किसले धेरै सहज् बनाइ दिएको थियो। निस्केर अली माथिको घुम्तीमा आएर दुबैजनाले म:म खायौ। खाँदैगर्दा मैले उसको प्लेटबाट एउटा म:म झिकेर खाइदिए। उसले हाँस्दै म तिर हेरिरही अनी त्यसै गरेर मेरो प्लेटबाट झिकेर उसले पनि खाइदीइ। मैले आफैले अर्को म:म मेरै प्लेटबाट झिकेर खुवाइदिए उसले आधा मात्र खाएर मलाई खुवाइदीइ। उसलाई के लाग्यो कुन्नी! अाइसक्रिम खाम न भनी। उसलाई भेनिला मन पर्दो रहेछ मलाई स्ट्र बेर्री मन पर्ने मैले मगाइ हाले।
अब उ पुरै हास्न थाली पख्नु हजुरलाई भनेर! म उसको रुपमा सुहाएको त्यो हासो देखेरनै एकोहोरी रहेको थिए। अाइसक्रिम आयो अब उ किन छाड्थी अलीकती आफु खाँदै मलाई खुवाउदै गर्न थालि मैले पनि त्यसै गरे। खाजाको पैसा पनि म तिर्छु भनेर अघी सर्दै थीइ, मैले मानिन आँफैले तिरे।
प्रेम मौसमी हुँदैन। प्रेम हुन न कुनै मौसम चाहिन्छ न कुनै ऋतु, न घाम चाहिन्छ न त पानीनै। अनी बढ्नलाई न कुनै स्केल चाहिन्छ न निस्चित ठाउनै। प्रेम छिनमै बढेर रुखजस्तो बन्न सक्छ अनी छिनमै बिलाउन पनि।यदि सच्चा प्रेम हुन्छ त त्यो प्रेम अमर हुन्छ अनी सदाबहार हुन्छ। शायद सपना र मेरो प्रेम त्यस्तै थियो, कम समयमै ठुलो रुखजस्तो बनेको।
अघी आउँदा एक तिर फर्केर पर बस्ने सपना त्यहाबाट दुबैतिर खुट्टा झारेर म सँग टास्सिएर बसी। मेरो पनि बोल्ने साहसले शक्ती पैसाकेको थियो अघी आउँदाचै के भा थियो अर्काकी बुडी जस्तो गरेर पर बसेथ्यौ त खुट्टा पनि एकैतिर राखेर भन्दै जिस्काए। उसले पनि जिस्किदै हजुरको ड्राईभिङ चेक गरेकी नि भनी, तर उसको जती जिस्केपनी सत्यता बताउने बानी थियो अन्त्यमा लाजले नि भन्दै हासी। मैले अब त लाज छैन होला नि भनेर सोधे। आउँदा जस्तो छैन भन्दै फेरी मुस्कुराइ। उ मेरो दाहिने काधमा टाउको राखेर कुरा गर्दै अाई म पनि हेलमेटको ग्लास माथितिर सारेर बोल्दै आए। छुट्टीने बेलामा अब भेट्ने कहिले भन्दै सोधे, उसले खै भनेर अली नरमाइलो मानेझै गरी। आँफैले म तिम्रो कलेज सम्म भए नि अाइराख्छु नि भनेर सम्झाए। उसले हवस टाटा भन्दै हात हल्लाएर बिदा मागी, म हात हल्लाउदै बाइक फर्काएर उ तिरै हेरेर बसिरहे उ तलसम्म पुग्दा नि बेला बेला फर्किदै हेर्दै हाँस्दै गई।
भाग-९
यसरी दिनहु जसो च्याट, फोन अनी उसको कलेज सकिएपछी भेटेर हाम्रो सम्बन्धले जरा गाड्दै गयो। उ पनि फेसबुक र इन्स्टाग्राममा मलाई डेडिकेट गरेका स्टाटस राखेर फोटो हाल्थी म पनि त्यसै गर्थे। म उसलाई संसारका सबै राम्रा नाम तिम्रा, राम्री तिमी भन्दै जिस्कन्थे। नजिस्किउ अनी नभनु पनि कसरी त उसको छेउमा मलाई सबैकुरा फिक्का लाग्थे। म उसलाई अली अरु नामहरुले पनि बोलाउन थालिसकेको थिए कहिले “सप्ना” कहिले “काली” कहिले “नानु” आदी। उ मैले काली भनेर बोलाँउदा प्यारो लाग्छ भनेर भन्थी। त्यसैले धेरै जसो म उसलाई काली भनेर बोलाउथे। भन्दा काली भनेपनी उ मेरो मनमा जुनेली रातकी चन्द्रमाजस्तै चम्किली अनी गोरी भएर बसेकी थीइ। सपना मेरो दिमाग अनी मन र कल्पनाको महलमा राज्य चलाएर बसेकी थीई। जब मन भित्रको राज्यबाट उसको केही काम गर भन्ने आदेश हुँदैन थियो म केही गर्न सक्दिन थिए। केही गलत कामको सुरुवात म बाट भयो भने पनि उसैले त्यो नाक समाउदै कहिले पनि बोल्दिन भनेको यादले पिरोल्थ्यो जसरी सरले कुटेको सम्झेर स्कुलमा पढ्दा म होमवर्क गर्थे। उ पनि हजुरबिना सक्दिन एकै क्षण पनि भनेर रौलाझै गर्थी। भेट हुनासाथ मेरो फेब्रेट हात भनेर मेरो दाहिने हातको पाखुरामा समाएर हिड्थी।
यसरी बोलेर नै महिना बितिसकेका थिए। उ मलाई बेला बेला मलाई कहिल्यै छाड्दिन भनेर कसम खानु भनेर कसम खुवाउथि। उसले कसम खुवाएपछी म पनि उसलाई त्यसै गर्न लगाउथे। हामी छ्ट्टिको नत्र उसको कलेज छिटो छुट्टीको अवसर पारेर फन पार्क, चोभार, ह्वाईट गुम्बा, गार्डन अफ ड्रिम, साँगा सबै तिर पुगिसकेका थियौ। हरेक ठाउँ जादा बाइकबाट उत्रेपछी उ मलाई त्यसै गरी समाउथि अनी हाँस्दै गफ लगाउदै हिड्थी। कतै बसेको ठाउमा मेरो कपाल सुम्सुम्याउदै मिलाई दिन्थी अनी मेरो हिरो भन्दै नाक तान्दै जिस्क्याउथि। म पनि उसका स्याउ जस्ता पोटिला पोटिला गाला समाउदै मेरी हिरोइन भन्थे।
एकदिन पशुपतिनाथ मन्दिरमाथिको चौरिको एक छेउमा रुखको मुनी बसेर गफ गर्दै थियौ। उ कलेज ड्रेसमै थीई ब्याग आफ्नै छेउमा राखेर बसेकी थीई म उसैको काखको सिरानी लगाएर सुतेको थिए गफ गर्दै गर्दा झुल्दै थिए उसैको काखमा निदाएछु,नानीदाउ पनि कसरी उसकै प्रेमको पारखी म उसैको काख पाएको थिए, जड्याहाले भट्टीनै खान पाएजस्तो भएको थियो। उ एक्कासी आत्तिएर “बुडाहौ” भनेर कराइ म पनि आत्तिएर जुरुक्कै उठे। एउटा मातेको मतुवा उ मात्रै रहिछ भन्ने ठानेर होला उसको छेवैमा अाइसकेको रहेछ। म जुरुक्कै उठेपछी हजुर त्यस्तो केही हैन उहा कराउनु भयो आत्तिनु भयो भनेर हात मात्र जोडीरह्यो मैले के भन्ने उसलाई केही काम हो भने भन्नुस् नत्र आफ्नो बाटो जानुस् भन्दिए। उसले पनि मतिर मात्र ध्यान भएकाले कतै हेरिनछ। यहाँ मेरै छेउमा आएर मलाई समाउन लाग्या थियो के-के गुनगुनाउदै भन्दै थीई। मानिस धेरै किसिमका हुन्छन शायद उ पनि केही सुराको भरमा कोही एक्लै खोज्दै हिंडेको थियो या अरु केही? त्यो थाहा हुन सकेन।
उसले मलाई भनेको त्यो बुडा शब्द शायद मेरो अगाडि भनेको पहिलो पटक थियो। उ मलाई च्याटमा अांशिक रुपमा यही सम्बोधनबाट पनि बोल्ने गर्थी। उसको मुखबाट त्यही शब्द फ्याट्ट निस्किनुमा केही सन्केत पक्कै चोखो मायाको थियो। शायद मलाई उ यही नामले सम्झीरहन्छे। मैले बुडा भन्न कसरी आयो भनेर जिस्काउदै सोधे पनि। उसले आफु आत्तिएको बेला के-के नसोध्नु है भन्छु त म भन्दै कारण खोलिन।
सपना मेरोलागी एक नसा बनेकी थीइ जुन एकैछिन लिन नपाउदा म छट्पटिन्थे। म रुममा एक्लै हुँदा पागल जस्तो एक्लै उ सँग कुरा गर्थे। लाग्थ्यो उ त्यही कतै छ मेरै वरिपरि। मेरो मुखबाट कहिले उस्लाई जिस्क्याउदै गरेका शब्द निस्किन्थे कहिले माया गरेर मेरी बुडी भनेर अङालेका, कहिले उसलाई यसो नगर भन्दै हकारेका शब्द अनी उ डराएर माफि मागेको कल्पना। म अब उसलाई हैन उसको बस्ने ठाउलाई समेत कतै प्रेम गर्छु जस्तो लाग्थ्यो कसैले हात्तीबनको कुरा गर्यो भने मेरा कान आँफै ठाडा-ठाडा हुन्थे अनी दिनहु चिया खादा कतै हात्तीबनको केही समाचार देखे भने कुनै लाइन नबिराइ पढ्न थालएको थिए, जवकी म अरु न्युजको हेडलाइन भन्दा अरु केही हेर्दै हेर्दिनथे। एक पटक बसमा एक नौलो मान्छे सँग परिचय भयो कता बस्नुहुन्छ भनेर सोधे मैले नयाँ बानेश्वर भने मैले पनि “हजुर चाँही नि?” भनेर प्रश्न गर्दा उनले हात्तीबन भने मैले भविस्यको ससुराली हो भन्न मन लागेपनी सकिन। मलाई त्यहाको कुनै ठाउँ थाहा नभए पनि उसैको ठाउको नाममा हात्तीबन कता भनेर सोधेको थिए। उनले के जवाफ दिए याद गरिन त्यती सोधेरै मलाई आत्मसन्तुस्टी भैसकेको थियो।
प्रेम साच्चै यस्तै एउटा नसा हो जसमा मानिस फसेपछी नराम्रो गरी फस्छ। अनी प्रेम एक प्रकारको आकर्शण नै हो त्यो नसा प्रतिको। कती मानिस त्यही नसा नपाउदा आत्महत्या गर्छन। मेरो लागि पनि सपना एक प्रेमको नसाजस्तो भैसकेकि थीई जो एकैछिन नहुँदा म भित्र अनेक प्यासको तिर्खा लाग्थ्यो अनी म छट्पटिन्थे उसकै यादमा। आखा चिम्ले पनि उही खोले पनि उसैलाई देख्ने भएका थिए मेरा आँखा पनि। उसलाई भेट्दा पनि लाग्थ्यो उसलाई एकनासले हेरिरहु एक सालीकले शहर तिर फर्केर हेरिरहे जस्तो बनेर।
भाग-१०
भाग-८ सम्म गत शनिबारनै आयुशले कथा भनिसकेको थियो। त्यसपछी भाग-९ लेखेर पोस्ट गर्ने दिन अस्ती बिहीवार सम्म पनि उ फेला परेन। भेट्ने कुरा पनि भएको थियो। बेलुका ५ बजिसक्दा पनि उ मेरो कोठामा नआएपछी म नै उसको कोठामा खोज्दै गए। अस्ती सम्म मेरो कोठामा आएर कथा लेख्दिनुस् भनेर भन्ने आयुशको रुममा फेरी म नै उसको कथा माग्नलाई पुगेको थिए। कथाको मोडले मलाईनै अब के भयो होला के हुन्छ होला भनेर सोच्ने बनाइसकेको थियो। तर रुमको साथी अनिशले आयुश मामाघर किर्तिपुर गएको २ दिन भैसकेको बतायो। अनिश सँगै फोन नम्बर मागेर फोन गरे उसले मामा बिरामी भएर हस्पिटलमा भर्ना भएर आउन नसकेको भन्दै म सँग माफि माग्यो, मैले सहजै त्यस्तो माफि दाजुभाइमा चल्दैन भनेर उसलाई सम्झाए। उसले भोली शुक्रबार जसरी भएपनी आईपुग्छु भनेर कसम नै खायो मैले हुन्छ बाहेक अरु केही भन्ने ठाउँ थिएन ओके भनेर फोन राखिदिए। भाग-८ लेखिसक्दा केही लामो भएर सानो टुक्रा बाँकी रहेको थियो त्यसैलाइ अली मिलाएर थपघट गरेर भाग-९ को रुपमा पोस्ट गरिदिए। धेरै पाठकले कथाले बाटो बिर्सिएको टिप्पणी गर्नुभयो, म डराए केही गल्तिको महसुस नि भयो। कतिखेर आयुश आउछ र कथा अगाडि बढाउ भनेर मलाई उसको तिब्र प्रतिक्षा थियो। नभन्दै हिजो बेलुका खाना खाएर पढ्न बस्न लागेको थिए रातको ८ बजेको हुदो हो उसले म आयुश भनेर ढोका ढक्ढकाउन थाल्यो मैले खोलेर भित्र बोलाए। कताबाट रक्सी खाएर आएको रहेछ, मातेको थियो। एक मन त गाली गरु भन्दै थियो तर मलाई अहिले चाहिएको कथा थियो यस्तै बेलामा झन खुलेर भन्ला भन्ने मनमनै सोचे। अनि कथा सक्किए पछी सम्झाउला भन्ने सोच बनाए। म उसैगरी उसलाई छेवैमा राखेर डायरि र कलम बोकेर बसे। तर रक्सी खाएपछी खुशी भन्दा पिडा छिटो ओकलिन्छ क्यार! उ पिडा सुनाउन तिर लाग्यो। मैले पनि कर गरिन उसको पिडानै लेख्ने भनेर के भएको हो सबै सुनाउ भने। उ आफ्नो भित्री दर्द मातेको सुरमा खुलेर भन्दै गयो म लेख्दै गए-
फाल्गुन ३ गते भ्यालेन्टाइन डे पछी भेट भएन। उसको कलेज पनि छुट्टी रहेछ मलाई फाल्गुन १६ गते ल्होसारको दिन भेट्न त्यही पहिला अाउजाउ भई राख्ने ठाउ LA कलेज जाने बाटो अगाडिको पुल सम्म आउन भनी,मैले हुन्छ भने। च्याटमा पनि कम बोल्न थालेकी थिई। मैले कती के भयो भनेर उसलाई सोधेको पनि थिए तर केही हैन परिक्षाको लागि तयारी गर्दै छु भन्ने गर्थी। प्रीबोर्ड परिक्षा २८ गतेदेखी छ, पढेको छैन धेरै भनेर आत्तिन्थी पनि। फोन गर्दा पनि धेरैबेर बोल्न खोज्दिन थीई अरुबेला बोलौला भनेर काट्थी। उसको त्यस किसिमको ब्यबहार मलाई नौलो भैरहेको थियो। नहोस् पनि कसरी त उसको बानी परिक्षाको बेला सधैं त्यस्तै हुन्थ्यो भने पनि म पहिला देखी जानकार र बानी पनि परेको थीईन। मैले पनी पढ्छु भनेर उसले समय माग्दा कसरी हुन्न भनु्? फेरी उ नै आफुलाई सम्हाल्नु न भनेर मलाई सम्झाउथी। यस्तो लाग्थ्यो जब-जब मानिस कसैलाई प्रेम गर्दै जान्छ उ आफ्नो प्रेमी/प्रेमिका का सबै असफलता, मुर्खता र नराम्रा कुराहरुलाई स्विकार्दै जान्छ अनी एक अपूर्ण कुरामा पूर्णता देख्न थाल्छ। म पनि उसका हरेक कुरालाई हाम्रो भबिस्यको निम्ती भनेर सहज रुपमा स्विकार्न थालेको थिए। आफुलाई सम्हालेको थिए, कती उसैको यादहरु आउथे तापनी डिस्ट्र्ब गर्न हुन्न भन्ने सम्झन्थे यद्दपी मनमा कता-कता आफ्नै प्रेमले यही हो सत्य माया? के यस्तै हुन्छ मायामा समर्पण? भनेर आँफैलाई प्रश्न पनि गरिरहन्थ्यो। मनको कुनै त्यस्ता भावनालाई म आँफै प्रेम र विश्वाशमा यस्तो सोच्न हुँदैन भनेर सकेसम्म आफु बाट हटाउने प्रयास गरिरहेको हुन्थे। डेटिङ स्पट उसैले चोभार भनेकी थीई। उसको रोजाइमा झन रमाउने मैले उसैले ठाउँ रोज्दा झन हुन्न भन्ने कुरा नै थिएन। सधैं म के लगाउ भनेर सोध्ने उसले त्यो दिन केही पनि सोधिन। मैले पनि किन सोधेनौ भन्ने कुरा आउँदैनथ्यो बिर्सी होली भन्ने माने।
त्यसरिनै म उसलाई त्यो दिन पनि लिन खरिको बोटको पुल सम्म गए म पुल तर्दै गर्दा उ पनि बाटोमा निस्की। अली भित्र जान पर्छ घर पुग्न भन्थी मैले परैबाट घर हेर्ने सम्म पनि अवसर पाएको थीईन। मनमनै सम्झे राजा भनेको राजा हो नि त्यो पनि उसको दिलको राजा झ्याप्प कुनै दिन ज्वाँई बनेर गईन्छ। तर एउटा कुराले मलाई देख्ना साथनै चकित पारेको थियो सधैं चन्द्रमाझै उज्याली भएर आउने उसको अनुहारमा अलिक ग्रहण लागेको थियो। उसको कपडा लगाइ, मेक अप अनि तयारी हेर्दा पहिला भन्दा आकाश जमिनको फरक थियो। पेण्ट र टिसर्ट लगाएकी थीई। कपाल पनि राम्ररी कोरिएको जस्तो देखिन्नथ्यो। पछाडि कालो लेदर ब्याग बोकेकी थीई पछाडि बस्दै भनी आज साथीकोमा एकाउण्ट सिक्छु भनेर ढाटेर हिंडेकी। मैले पढाईको धन्दाले होला सबै कुरामा ध्यान पुर्याउन नसकेकी भन्ने सम्झेर कुनै प्रतिकृया जनाइन। त्यहा सोध्नु नै थियो भने धेरै प्रश्न सोध्नलायक भएपनी सोधिन। बसाइ पनि केही अनौठो नै थियो सुरु चोटि उ जसरी टाढै बसेकी थीई त्यस्तै। बेला-बेला म बोल्दा मेरो कुरा सुन्न मतिर सर्थी नत्र उस्तै। म सबैकुरा ख्याल मात्र गरिरहेको थिए कुनै अनुसन्धानकर्ताले झै।
चोभारमा दिन भरी जसो बसियो फेरी त्यहा खुब आत्मियता देखाए जस्तो गरेर भावुक बनी। मैले उसलाई आफुतिर तान्दै गाला, निधारमा किस गरे। उसलाई पनि के भयो कुन्नी झ्याप्पै मलाई अङालो हालेर टङ किस गर्न थाली मेरो तल्लो ओठलाई उसका दुबै ओठले च्यापेर। म पनि एक यौन संसारमा पुग्न वाध्य भए उसैगरी उसलाई नि किस गरिदिए। खै के भाथ्यो कुन्नी! ज्यानै छाडेर मलाई धेरै बेरसम्म किस गरिरही। मेरा पनि हातहरु बेहोसिमै उस्का जिउका सानठुला सबै अङ्गहरुसँग रुमल्लिन भ्याए। केही आत्मिय देखिए पनि उसले आफ्नो कुनै कुरा मलाई सुनाइन खाली एक्जाम अनि घरको बारेमा कुरा गरी। मलाई ममिले खाली फेसबुक चलाऊछेस पढ्दैनस भनेर गाली गर्नुहुन्छ भन्थी। “म धेरैजसो फोनमा झुन्डिदा आजभोलि कसले फोन गरेको भन्दै सोध्नु हुन्छ खाली साथीले भन्छु कतिछन साथी पनि भनेर सोध्दा म झर्किदिन्छु के भन्न खोज्नु भको भनेर”- भन्दै सुनाइ पनि। मैले भ्याएको बेला आँफै कल गर्नु नि त म अली काम गर्छु भन्दिए। त्यो दिनको व्यबहार पनि अली भिन्न खालको अनुभव गरे मैले। सधैं मलाई मेरो जिउमा यता उता टाउको राखेर, मेरो कपाल सुम्सुम्याएर नाक तान्दै कुरा गर्ने उ त्यो दिन किस बाहेक अरु कुरामा केही फर्मल देखिन्थी।
खाजा खाँदै गर्दा मैले उसलाई आफ्नै हातले बेर्गर खुवाइदिए, खाइसक्दा उसका आँखा रसाए। मैले के भयो भनेर सोध्दा मुख अाँ… गर्दा गर्दा नि भनी। तर यो उत्तर कत्तिको सान्दर्भिक थियो बिचार गरिन। म जे भनेपनी विश्वाश गर्थे उसलाई। सत्य यो हो पनि कि प्रेमको एक महत्वपूर्ण आधार भनेको विश्वाश हो। यदी रथका दुई पाङ्रा प्रेमी प्रेमिका भए तिनिहरु बिचको प्रेमलाई जोड्ने कुरा विश्वास हो तब न रथ कुद्नलायक हुन्छ! जती विश्वाश कम हुँदै जान्छ सम्बन्ध जिर्ण हुँदैजान्छ अनी जती विश्वाश बढ्छ त्यती नै बलियो पनि। उसलाई बिहान लिएर गएकै ठाउमानै ल्याएर छाडिदिए। निस्केर पर्खनु है भन्दै झोला खोतल्न थाली मैले बाइक फर्काएर उ भएतिरै गए। एउटा सानो पातलो बाहिरबाट गिफ्ट सपमै गएर र्याप गरिएको गिफ्ट जस्तो बस्तु ल्याएर मेरो ज्याकेटको पकेटमा हालेर रुममा गएर हेर्नु है भन्दै चेन लगाइ दीइ र बाटो लागी। अली पर पुग्दा सम्म मैले उस्लाई हेरिरहे। निहुरिएर आँखामा हातले केही पुछेझै गरी अनि मतिर फर्की। आसु थिए आँखामा मैले देखिहाले फेरी बाइक फर्काएर उतिरै गए आशु पुच्दै थीई मैले “के भयो?” कि “के भयो?” भनेर ५ मिनेट सम्म सोध्दा पनि उ बोलिन। अन्त्यमा हजुरको मायाले भनी। मैले सम्झाइ बुझाई गरेर आशु पुछीदिेएर पठाएँ। आशु नझारे पनि हुक्क हुक्क गर्दै गई। म पनि उसको रुवाइले खिन्न हुदै बिदा मागेर रुमतिर हुइकिए।
म पनि उसको रुवाइले भित्र त रुइसकेको थिए तर आशु देखाइन। कोठामा आएर उसको त्यो गिफ्टमा के छ भनेर हेर्न बाँकी नै थियो। त्यही उत्सुकताले पनि मेरो बाहिरी रुहाइलाई कम गरेको थियो। बाटोभरी आँखा रोड तिर भएपनी मन त्यही सानो गिफ्टमा थियो के होला त्यो भनेर! मनले धेरै कुरा सम्झिरहेको थिए यो होला कि त्यो होलाकी भनेर धेरै सङ्का ‘घडी’ नै होलाकी भन्नेमा थियो उसले दिन मन छ भनेकि पनि थिइ। भ्यालेन्टाइन डे मा मैले नि उसलाइ घडि दिएको थिए।
आउना साथ हतार हतार कपडा, जुत्ता पनि नफुकाली गिफ्ट खोलेर हेरे। हेर्नासाथ मन चिसो भएर आयो जिउ लल्याक लुलुक भएजस्तो भयो। सगरमाथाको टुप्पोमा पुगेर खुशीले संसार हेर्दै गरेको मान्छेलाई एकाएक हिउपहिरोले तान्न खोज्दा के होला सोच्नुस् त त्यस्तै भए म पनि। आयुश गहभरी आशु पारेर घुक्क घुक्क रुन थाल्यो, म सम्झाउदै कथामा आउन भन्न थाले उसले सकेन म रोक्किए।
भाग-११
धेरै बेरसम्म आयुशलाई सम्झाइरहे, जे भयो त्यसलाई सम्झेर रुन हुन्न भनेर। यसो त भने तर के भएको थियो म आफैलाई थाहा थिएन। सम्झाउनु थियो त्यहा उसलाई एक साहारा बनेर, त्यसै गरे। उसका आशु रोक्किए पनि अनुहारमा रुवाइको भाव अझै उस्तै थीयो। मैले नजिकैको बोतलको पानी पिउन लगाए। पानी पियो अनी फ्रेश भएर आउछु भनेर टावेल मागेर बाथरुम गयो। लगभग ५ मिनेट पछी उ मुखसुख अनी कपाल भिजाएर आएछ। लजालु स्वरमा सरी है दाजु रोइहाले भन्यो। म अघी उसले भनिसकेको भाग काटछाट गर्नमा ब्यस्त थिए। फेरी उसलाई माफि माग्न नपर्ने भन्दै कथामा आउन भने। उ लामो सास तानेर अगाडि बढ्यो म लेख्दै गए-
मलाई त्यो गिफ्टले यसै एकाएक आफ्नै साथीले छुरा हानेर लडाएजस्तो पारेको थियो, पातलो गिफ्ट भित्र मैले उसलाई भ्यालेन्टाइन डे मा दिएको त्यही घडी फिर्ता पठाइेएको रहेछ। मन त्यती देख्दै चिसो भयो, अनी फेरी एकाएक तात्तिएर आयो। हात खुट्टा थर थर काप्न थाले। मैले आँफैलाई सम्हाल्ने शक्ती धेरै मात्रामा त्यती देख्दै गुमाइसकेको थिए। हेर्दा हेर्दै थाम्न नसकेर हातबाट भुइमा झर्यो त्यो बट्टा। मैले सारा संसार बिर्सिए। अरु केही कारणले पो पठाएकी हो कि भन्ने तिर एक रत्ती पनि मन गएन। फोन गरेर उसैलाई सोध्छु भनेर हतार हतार गोजिबाट फोन निकालेर फोन लगाए तर फोन उठेन। ५ पटक पनि फोन नउठेपछी फेसबुकमा पुगे। नयाँ मेसेज उसकै नाम बाट देखियो। हेरे, लेखिएको थियो- फुट्नु थियो कतै यही फुटियो, हरेक कुराको सुरुवात र अन्त्य हुन्छ भने हाम्रो पनि प्रेमको अन्त्य यसैलाई सम्झनुहोला। मेरा सबै मेसेज, नम्बर डिलिट गरेर अगाडि बढ्नुहोला। मलाई बिर्सनै पर्छ भन्ने छैन तर यो स्विकार गर्नुस् कि सपना अब कहिल्यै तपाईंकी सपना हुनेछैन। अब कहिल्यै हामी “हामी” हुनेछैनौ, ति चुम्बनहरु हुने छैनन, ति अङगालाहरु एक अर्कका लागि हुने छैनन, अब ति “हाइ”, “लभ यु”, “टाटा सि यु” र “गूड् नाइट स्विट ड्रिम्स” का टेक्स्टहरु हामीबिच हुनेछैनन, ति स्टुपिड झगडाहरु हुने छैनन, ति माफिहरु हुने छैनन अनी मेलमिलाप पनि। सबै भन्दा ठुलोकुरा त हामीबिच अब यि सबै कुराको अबसर हुने छैन। अलबिदा आयुश।”
पढिसक्दा ठुलो भिरबाट खसेजस्तो भए। यस्तो लाग्थ्यो कसैले मलाई ठुलो भालाले मेरो छात्तिमा हानिरहेछ तर म मरिरहेको छुइन। के गरौ गरौ भयो अनिश पनि कोठामा थिएन। सपना हो कि बिपना हो भनेर धेरैबेर छ्ट्याउन सकिन। कहिलेकाही आफुलाई खुब अफ्ट्यारो परेको बेला यो सपना भईदियोस भन्दा भन्दै झसँग ब्युझिन्थे अनी मन कती हलुका र शान्त हुन्थ्यो। त्यहा पनि धेरै बेर कुर्दा पटक्कै यो सपना बनेर निस्किएन। थर-थर कामेका हातले त्यही च्याटमा “के भयो तिमीलाई?” सम्म बल्ल बल्ल लेखेर सेन्ड गर्दा भन्यो- You can’t reply to this conversation! मलाई अघिनै ब्लक गरिसकेकी रहिछ। नाम सर्च गरेर हेर्दा थाहा पाए This person is not available भन्यो। फेरी फोन गरे १० पटक जती तर रिसिभ एकैचोटि भएको भए त मार्दिनु! त्यतिसम्म आफुलाई सम्हाल्न खोजेको मैले अब भने सक्दै सकिन अलिकती पनि। आशुको पोखरी फुट्यो दुइतिर बाट आशु धारा बगे जसरी बग्न थाले म टाउको दुई हातले समाउदै अर्कोतिर फर्किए। झरेको बट्टाको घडी एकातिर लडेको थियो बट्टाको भित्र पट्टी एउटा पट्याइेर सानो पारेको कागजको टुक्रा देखियो। त्यसलाई टेपले टालेर फुक्न नसक्ने बनाइेको थियो। यो पनि त्यस्तै होला भनेर अन्दाज त पाइसकेको थिए तर केही कारण भेट्छु कि उसले किन यसो गर्दैछे भन्ने लाग्यो, फुकाएर पढ्न थाले। रातो अक्षरमा यस्तो लेखिएको थियो-
प्रिय आयुश,
अन्तिम सम्झना।अन्तिम पटक हजुर सँग भेट्न अाइरहेकी छु। हुन त हामी दुबैको लागि यो भेट केही फलदायी छैन। किनकी हामी बिचको सम्बन्ध जो तोड्ने निर्णय मैले गरिसकेकी छु, त्यो बदलिने छैन। यती मैले भन्दासम्म हजुरलाई केही अनौठो लगिसकेको होला। लाग्नु स्वाभाबिक पनि छ। तर म जे गरिरहेकी छु त्यसले हजुरलाई केही पिडा देला त्यसको लागि माफि चाहन्छु। कुरा घुमाउन सकिन सिधै भन्छु “आजैबाट मैले यो सम्बन्धको अन्त्य गरेकी छु” जुन कुरा हिजोसम्म हामीबिच थिए अब हुनेछैनन। लाग्दैछ, आज आँफैलाई सम्हाल्न सक्दिन होला। तर प्रयाश गर्नेछु। अनी तपाईंलाई किन मैले यो सजायपूर्ण धोका दीइरहेकी छु त्यो मैले भन्न नपर्ला र भन्न चाहान्न पनि। यत्ती भन्न चाहन्छु हामी बिचका कुराहरुले काम गरेनन। यसो भन्न म आँफैलाई पनि घ्रिणा लाग्छ, तर यि सबै कुराको अन्त्य गर्नुमा नै राम्रो छ हामीलाई। म भबिस्य के कसो होला भनेर त भन्न सक्दिन तर अहिलेनै यो अड्कल काट्न सक्छु कि भबिस्यको लागि हामी अहिले छुट्टीनुनै बेश छ। गन्तब्यहिन यात्रा गर्नुभन्दा आधा बाटो बाट फर्कनु उपयुक्त होला। पल-पल हजुरको यादले नसताओस भनेर हजुरको गिफ्टलाई पनि फिर्ता पठाइदिएकी छु। तर यि यादहरु फिर्ता गर्न सकिन सरी। हजुरलाई खुशी अनी सुखद भबिस्यको कामना। अलबिदा!
सपना
शायद! यती पढिसक्दा मलाई पृथ्वीले थिचेजस्तो भएको थियो। टाउको जिउ सबै तात्तिएर कसैले ठुलो ह्यामरले हानेर फुटाइदियोस जस्तो भयो। अब रुवाइले केही आवाज पनि निकलिसकेको थ्यो। हातमा भएको कागज छाडिदिए अनी दाहिने हातले मुख छोपेर आवाजलाई सक्दो रोक्ने प्रयाश गरे। सबैभन्दा नराम्रो रुवाइ त त्यही हुन्छ, जसमा कुनै आवाज निस्किदैन। त्यो रुबाइ जतिबेला सबैजना निदाएका हुन्छन। त्यो रुबाइ जुन आफ्नो सुन्निएका आँखा र दुखेको घाटिले मात्र देखाउछ। त्यो रुवाइ जसमा सकेसम्म आफ्नो सासलाई रोकेर पेटको हलचललाई कम गर्ने जबर्जस्ती गरिन्छ। अनी त्यो रुवाइ जुन जो ब्यक्तिका लागि रोइन्छ त्यो आफ्ना लागि सबैभन्दा महत्वपूर्ण हो भन्ने थाहा हुन्छ। मेरो रुवाइ पनि यही रुवाइ भन्दा फरक थिएन शायद। फोन जती गर्दा पनि उठ्दै उठेन बरु बेलुका खेर स्विच अफ गरियो। घर देखेको भएरनि सिधै गएर घाटिमा समाएर सोधु जस्तो भैरहेको थियो किन म माथि यो पिडा दिईदैछ अनी के गल्ती गरे कहानेर चुके म भनेर तर आट आएन। तर त्यो कल्पना मात्र थियो। अनिश पनि खै को आफन्तकोमा गएको २-३ दिन आउँदैन रे भन्दिनु है भनेर खबर छाडेर गएको रहेछ। कल त गरेको रहेछ तर मोबाइल silent मा भएकाले थाहा पाइनछु। झन दु:ख पोख्ने पनि कोही भएन यो सब प्रेमकहानी थाहा भएको उ मात्रै थियो। फोन गरिगरी सुनाउने आट आएन।
रात त्यसरिनै बिताए छट्पटिमा। एक झिपिक्क पनि निन्द्रा लागेन। बेलुका खाना त के पानीसम्म खाइन बाहिर सम्म नानीस्की ढोका थुनेर बसे। राती सबैकुरा सम्झदा सम्झदै मुटु फुट्लाजस्तो भएर आउथ्यो आँखाले अझै रुन बिर्सिएका थीएनन। उसको फोटो छात्तिमा टासेर निदाउने प्रयास गर्थे तर कहाबाट सक्नु! फेरी रुदै त्यही फोटोसँग मेरो गुनासो र किन मलाई यस्तो गर्यौ तिमीले भन्दै आफ्नो पागलपन देखाउथे। उसैको नसा लागेको म एकाएक एक्लिएको थिए कोही छैनन जस्तो लाग्थ्यो आफ्नो। संसारमा मानिसलाइ सबैभन्दा बढी नसा दिने लागुपदार्थ भनेको पनि मानिसनै हो। यसरीनै म पनि सपनाको नसामा लिप्त भएर डुबेको थिए। तर के थाहा मलाई बिसले पनि नसा दिन्छ भन्ने! कसैले फोन गर्यो भने पनि हल्का घाटी दुखेको छ भनेर टार्थे। भोलिपल्ट ममिले फोन गर्दा नि त्यसै भनेर टारे अनी फोन काटेपछी घरका सबैलाई सम्झिएर नमज्जाले उसैको मात्र यादका आसुले पखालेको जिउ घर परिवारको मायाका आशुले पखाल्दिए। यसरिनै दिनहरु उसैको याद र केही फोन र मेसेज आउछ कि अनी मेरो फोन उठाउ छे कि भन्ने झिनो आशमा बित्न थाले। ३-४ दिन बाहिरै नानीस्की बसे। अनिश आएपछी नि एकचोटी मत्थर भैसकेको घाउलाई आँफैले कोट्याएर उसैगरी रोए, उसले धेरै सम्झायो। सकेसम्म एक्लै हुन दिदैनथ्यो। गतिगरास फुरै खुस्केको थियो कोपिलामै सुकेर रङ हराएको फुलजस्तो। अनिशले धेरै ख्याल गर्यो।
२८ गते उसलाई भेट्छु भनेर उसैको कलेज बाहिर कुरे। धेरै कुरा सोध्नु थियो मलाई। मिल्नु उसलाई थिएन भने पनि मलाई छाड्नुको चित्त बुझ्दो उत्तर चाहिएको थियो। परिक्षा सकेर निस्की। मलाई बाहिर देखेपछी उसकी साथीले पहिला झै छाडिदीइ तर उ म भएतिर हेर्दै नहेरी गाडी रोकेर चढ्न लागि मैले उसको हात समाएर म भएतिर ताने आसु झरिसकेका थिए तैपनी सोधे- भन के भयो तिमीलाई? के गल्ती गरे मैले? कहानेर चुके म?
आफ्नै बिगतलाई एकपटक सम्झेर हेर्नु भनेर मेरो हातबाट हात फुकालेर एउटा रोकिराखेको बसमा चढी। म फर्किए। मन बुझेन, भोली पल्ट पनि त्यसरिनै उही ठाउमा पुगे। सबै प्रश्न त्यही थिए तर रुवाइमा अर्को एउटा प्रश्न थपे- के हामी मिल्न सक्दैनौ?
उसले नो चान्स भन्दै हात फुकाली। मैले फेरी उसैगरी समाते। उसले रिसको झ्वाक निकालेर भनी- पुलिस बोलाएर ल्याउन नपरोस। म अवाक भएर छाडिदिए। उसको त्यस्तो धम्किले मलाई पनि यो धोकामा पुलिस केस गर्न मन थियो तर नमिल्ने! अब त उसको त्यो व्यबहारले मन पनि मरेको थियो।
अन्तत: त्यही बेलुका उसलाई अन्तिम बिदाइको स्टाटस राखिदिए यस्तो लेखेर- “मेरो लागी तिम्रो मनको ढोका सधैं भरिलाई बन्द भएपनी मेरो मनको मायाको ढोका तिमीलाई सधैं खूला रहनेछ, सङ्ग्राहलय जस्तै बनेर अनि मेरो माया जागिरहनेछ बन्द ताल्चामै पनि। हावाले उडाएर ल्याएको पिपलको बोट घरको भित्तामा उम्रदा त मार्न कती गार्हो पर्छ, तिम्रो मायाको बिउ त मैले मेरो मनमा प्रेमले उमारेर बडो रुख बनाएको छु त्यसलाई कसरी मार्न सक्छु! अनी यो नभुल्नु मेरो जीवन तिमी भन्दा दुर अन्जानको भए पनि मन त्यतै तिम्रै वरिपरि घुमिरहेको हुन्छ। अलबिदा सपना।” आशा छैन अब फर्केर आउछे कि भन्ने। आज उसैको यादमा पिउने भएको छु दाई भन्दै कुराको बिट मार्यो।
भाग-१२
आयुशले खाएको तालमा पिडा अघी पोखिदिएर गयो। यद्दपी कथाको अन्त्य भने त्यो थिएन। पाठक र लेखक मलाई कारण चाहिएको थियो। कारण त्यो कारण जसले उनिहरुबिच जोडीएको एक मुटु एक मनलाई दुई टुक्रा पारीदिएको थियो। फेरी आयुश सँग भेट भएन। नयाँ बर्षमा घुम्न गएको रहेछ। हिजो बेलुका फेरी त्यही माफिका साथ मेरो कोठामा देखा पर्यो। मलाई माफि हैन कथा र कारण चाहिएको थियो। एकैछिनको गन्थन पछी सदाझै म लेख्न तयार भए उ भन्दै गयो-
गोदावारीको त्यो डेटिङ पछी हामी झन-झन धेरै नजिकियौ। कसैले एउटा बिज्ञानको नियम प्रतिपादन गर्छ भने गरिदियोस कि “प्रेम दुईजनाको आत्मियता सँग समानुपातिक हुन्छ।” आत्मियताले हामी दुबैलाइ यती धेरै खप्टेर कसिसकेको थियो कि फुत्कन सक्ने सामार्थ्य नै थिएन न त चाहना नै! सपना धेरैजसो आफ्नो कलेज छुट्टी हुनसाथ मलाई फोन गरी हाल्थी। कुनै दिन आज अली काम छ है भन्दा उ फोनै काटेर रिसको झट्टी हानिदिन्थी। म माफी माग्दै एकैछिन भए नि पुगिहल्थे। उ पाउरोटी झै फुल्लिरहन्थी। म हसाउन अनेक प्रयाश गर्थे।
एकचोटी च्याटमा उसैले भनेकी थीई-“हाम्रो सानो परिवार बनाएर बस्नु पर्छ है मिलेर! हजुर राजा बनिस्यो म रानी बन्छु भनेर” साथै एउटा जिब्रो टोकेको ईमो पनि जोडीदिएकी थीइ। जवाफमा मैले “दर्जन नभए त आजभोलि केही पनि बिक्दैन” भन्दै जिस्काएको थिए। उ “बाफ्रे म त मर्ने रहेछु” भन्दै धेरैबेर हासेको ईमो पठाइरही। साच्चै! मेरो मन भित्रको दरवारकी रानी त उ बनिसकेकी थीई। कल्पनाको दरवार त आँखा चिम्लिएपछी बनिहल्थ्यो बिपनाको दरवार कुन झुपडी हुन्थ्यो या अरु केही पत्तो थिएन।
एकदिन त्यसरिनै कलेज सकिएपछी फोन गरेकी रहिछ म साथीहरुसँग फिल्म हेर्न जाने तरखरमा थिए। भेट्न आउन भनी मैले आज ब्यस्त छु भन्दिएको मात्र के थिए फोनै काटिदीइ। म साथीहरुसँग आफु जान नसक्ने भन्दै उसलाई भेट्न हुइकिए। फोन उठाइन पर्खिरहेकी रहिछ। म त्यही कुरा निकालेर हसाउने प्रयाश गर्न थाले। मन्द स्वरमा उसले मात्र सुन्ने गरी बाईकबाटै बोले “सपना २ वटा मात्र जन्माउने नि त, छोरा तिम्रो छोरी मेरो।” उसले लुकाएर राखेको मुखको मुस्कान फ्यात्तै फुस्केर निस्कियो। फुस्किएको मुस्कान समेट्दै उतै फर्केर “जन्माउनु नि त” भनेर अझै फन्किरहि। शायद! सबैभन्दा मानिसमा नलुक्ने कुरा भनेकोनै मुस्कान हो, उसले पनि लुकाउन सकिन कती रिसले छोपेर ताल्चा मारेकी थीई कुन्नी! फोरेर निस्किहाल्यो।
मैले हातैमा समाएर उसलाई मतिर तानेर भने- “त्यही त यो सपना बिना मेरो त्यो सपना पुरा हुनै सक्दैन नि त।” उसले “खुबै!” भनेर बनावटी रिश अझै देखाउदै थपी-
“म चाहिन्थ्यो भने भेट्न बोलाँउदा चै किन आउदिन भनिस्या त? फिल्म हलमा अब अर्की खोज्न जान लागिस्या होला नि!”
म उसैको लवजमा भन्थे- “आउँदा चाँही किन रिसाइस्या त?” रिस उसलाई म फिल्म हेर्न जाने भनेकोले लागेको रहेछ। अझै पुरा रिस हाराइसकेको रहेनछ “बोल्दिन म कट्टी!” भनेर धारे हात घाटिमा राखिदीई। शायद! प्रेम जती गाढा बन्दै जान्छ त्यती प्रेमी प्रेमिका केटाकेटीपनमा जान्छन। केटाकेटिको जती निस्छल माया अरुको हुन नसक्ला नत्र त्यो जिद्दिपन, प्याउलोपन र माया सबै प्रेमी
प्रेमिकामा हुने थिएन। हेर्दाहेर्दै उसका आँखा रसाए। मैले “सरी” भन्दै यताउता हेरेर उसको आसु पुछिदिए। १-२ ढिका आसु हासो सँग मिसाउदै रुन्चेहासोमा “आफुलाई चाँही कस्तो हेर्न मन लाग्छ” भनेर मेरो हात समाइ। मैले हिडन त तिमीपनी फिल्म हेर्न भनेर प्रस्ताव गरे। उसले घरमा कराउने भन्दै हुन्न भनी। त्यसो भए गार्डन अफ ड्रिम्स जाउ भने उसले “हुन्छ तर छिट्टै फर्कने है त” को सर्त राखी मैले लिएर गए।
उ आफ्ना ब्यतिगत कुराहरु पनि लुकाउन छाडेकी थीई मिन्च भको देखी लिएर अफ्ट्यारो लाग्ने नलाग्ने सबैकुरा भन्न थालेकी थीई। उसका र मेरा ओठहरु एकान्त देख्नै नसक्ने भेएका थिए। एक अर्कालाई पछार्न तम्सिहाल्ने! धेरै बेर लडाईं गरिरहे तर हारजित कहिल्यै नहुने त्यहा पनि भएन। हामी एक अर्काको काधमा हात राखेर धेरैबेर कुरा गरिरह्यौ। उ हरेक बोलाइमा एउटा मुस्कान फुत्त फालिदिन्थी मलाई उपहार बन्थ्यो, उसकै मुहारको मुस्कान टिपेर मेरो मुहारमा जोड्थे म। भन्दै थीई आज मिन्च भएकी छु उठ्दा त पछाडि पट्टी पेण्टमा टाटो लागेको रहेछ। उ के गरौ के गरौ भै। मैले पनि यस्तो समस्या झेलेको थीईन। झट्टै यही सोध्न पुगेछु- “अनी प्याड लगाको थिएनौ?” भनीसक्दा के सोधेछु भनेर आफ्टेरो लाग्यो। तर उसले पनि सामान्य जस्तै गरेर उत्तर दीइ- “लगाको थिए तर चेन्ज गर्न बिर्सिएछु” मैले आफ्नो ज्याकेट उसलाई कम्मरमा बाध्न लगाए र बाहिरसम्म लिएर आए ब्लड ज्याकेटमा पनि भित्रपट्टी त लागेको हुदो हो तर बाहिर देखिएन। उसलाई सधैं छाड्ने ठाउँ सम्म पुर्याइदिए। फोहोर भैसकेको ज्याकेट उसैले धोइदिन्छु भनेर लगी। हामीलाई अब आफ्ना ब्यतिगत समस्याका कुराहरु सुनाउन सामान्य लाग्दइ गयो। शायद! प्रेमी भनेको अत्यन्तै मिल्ने साथी पनि त हो।
दशै आउन हप्ता दस दिनजती बाँकी भएको हुदो हो। उसले एकबिहानै फोन गरी। कलेज आउँदै रहिछ। सार्है याद आयो र फोन गरेकी भनेर मायालु भै। उसले बिहानै फोन गर्नुको अर्थ धेरैजसो यस्तै हुन्थ्यो। आज त कलेज जानपनी कती अल्छि लागेको छ भनेर कछुवाकै गतिमा भनी। मैले आउ न त यता अल्छि लाग्यो भने भनेर जिस्किदै भन्दिए। उसले आउनु न त लिन भनेर फ्याट्टै जवाफ फर्काइ। मैले साच्चै! भनेर पुन: सोधे। उसले साच्चै! भनेर कोटेश्वर चोकमा आउने भनी। म हतार हतार गरेर पुग्दा ८ बज्नै लागेको थियो। ढिला हुँदा पनि त्यो दिन भने उ रिसाइन। छुट्टै चमक थियो अनुहारमा।
मैले नगरकोट जाम भन्दिए। आज घरमा कोही हुनुहुन्न हाम्रो घर जाम न! भनेर उल्टो प्रस्ताव राखी। मैले नाइ भन्न सकिन, धेरै अघिदेखी आफ्नो ससुराली घर हेर्न आतुर मलाई कता-कता मनमा चिसो लागिरहेको थियो। उ बाटो देखाउदै यता उता भन्दै गई मैले त्यतै बाइक हुक्याइरहे। नभन्दै ससुराली घरमा पहिलोचोटी प्रवेश पाइयो। उसले आफ्नो कोठामा लगेर ढोका लगाइ। आफु मेरै अगाडि कपडा चेन्ज गर्न थाली। मेरो पनि सुतेको मन्त्रिले ढोका ढक्याउन थाल्यो। शायद आज मेरो चेस गेममा मन्त्री सार्नुपर्ने दिन थियो।
भाग-१३ – अन्तिम भाग
पहिलो पटक उसको घरमा गईरहेको थिए, उसको पो घर अनी हुनेवला माइत मेरो त ससुराली थियो त्यो। हरेक चिजहरुलाई मायाले हेरे आफ्नै जस्तो लाग्यो। निर्जिव कुरामा न त घमण्ड न त भोक तिर्खा न त इर्श्या नै। सबैले मेरो मायालाई स्विकारीरहे। त्यहा पुग्नसाथ मेरा आँखा बजारमा साथी खोजेको मान्छेका जस्ता भएका थिए। म चाहन्थे कुनै चिज र कुनै बस्तु त्यस्तो नहोस् जुन मैले नदेखेको होस्। मनमा एकतर्फ त खुशीको मयुर नाचेको थियो तर अर्कोतिर डरको भालुले नङ्ग्रा तिखारिरहेको थियो। कोही आईपुगेको खन्डमा त्यो परिस्थितीलाई सम्हाल्नु सबैभन्दा गार्हो हुन जान्थ्यो।
अर्कोतिर सपना भर्खर फुलेको फुल जस्तै सुगन्धित भएर बसेकी थीई। म आँफैलाई सम्हाल्न सक्दो प्रयास गरिरहेको थिए। उ कफी बनाएर ल्याउछु भनेर किचन तिर लाग्दा मैले पर्दैन त भनेको थिए तर छोरी मान्छेको पकाउने बनाउने जिद्धीलाई कहाँ रोक्न सकिन्छ र? एकैछिन त हो भनेर गैहाली। म उसका टेबल अनी भित्तामा भएका हरेक कुराहरुलाई एक एक गर्दै नियाल्दै थिए। उसको बेडको सिरानीलाई समातेर मनमनै सोचे अब तैले मलाई भिनाजु भन्न पर्छ। भित्तामा झुन्डिएको उसको भाईलाई हेर्दै चोरि अौला निकालेर तैले पनि भने आवाज नानीकाली। उ कफी लिएर आई र खुब सम्मानका साथ छेउमा ल्याएर राखिदीइ। खै के गरी कुन्नी कफी अली तितो तितो बनाइछ। कस्तो भयो भनेर सोध्दा “हैट! बब्बाल” भन्दिए तर गुलियो खान सक्दिन भनेर आधा पनि खाइन। सोचे! प्रेम यस्तो पनि चिज हो जहाँ केही सानातिना गल्तिहरु हेरिदैनन। कफी खाइ सकेर झन गफ गर्न थालिम। उ धेरै जसो हरेक कुरामा जिस्किन खोज्थी अनी मलाई छुइहाल्थी। मलाई उसका हरेक स्पर्शले जिउमा अर्कै उर्जा थप्न थालिसकेको थियो। म पनि उसलाई त्यसरिनै कहिले अङालो हालेर कहिले कपाल सुम्सुम्याएर कहिले हात समाएर कुरा गरिदिन्थे। यत्तिकैमा म उसको काखमा टाउको राखेर सुतिदिए। उ मेरो कपाल सुम्सुम्याउदै कुरा गरिरहेकी थीई। अक्सर उ मलाई मेरो राजा भन्थी। मेरो पनि छात्ती फुलेर चौडा भएर आउथ्यो। उसको त्यो शरीरको सुगन्ध, मुस्कान अनी आनन्दित काखले मेरा कलेटि परेका ओठलाई रस खोज्न वाध्य बनाउदै गए। मैले आँफैलाई सम्हाल्न सकिन निहुरिएर मेरा आँखामा हेर्दै कुरा गरिरहेकी उसलाई गालामा किस गरिदिए। उ अलिक ईमोशनल भैदि। मलाई पनि साहस मिल्यो। मैले उसको ओठैमा मेरा ओठहरु पुर्याए। उसले नकारीन बरु साथ दिन थाली। हाम्रा लठ्ठिएका दुबै जिउ बिछ्यौनामा पल्टिए। एक्कासी उसले मलाई रोकेर भनी “के हो ज्याकेटमा त अनौठो अनौठो कुरा भेटियो त!” म झस्किदै “के हो?’ भनेर सोधे। “हेर थाहा नपाएझै गरिसेको” भनेर मेरा आँखामा हेरिरही। साथीहरुले पनि लगाइ राख्ने मेरो ज्याकेटमा चुरोत सुरोट त राखिदिएनन भनेर म डराए। “साथीहरु पनि लगाइ दि राख्छन खै मैले त त्य्सतो केही राख्या छुइन” भने। उ अली हाँस्दै उठेर “होला खुब देखाएसी थाहा हुन्छ” भन्दै आफ्नो दराको भित्र कोट्याउन थाली। अनी एउटा कागजको सानो चारपाटे डल्लो निकालेर “ल हेर्नुस्” भनेर मेरो हातमा थमाइदीई। मैले यसो छमेको मात्र के थिए चिप्लिएर गुजुक्क गर्यो। मैले थाहा पाइहले कण्डम रहेछ। कसम! म कहिले पनि बोक्दिनथे। होस्टलका अरु साथीहरुले पनि कहिलेकाही लगाइदिन्थे कसले राखिदियो कुन्नी फसाद मलाई पर्यो। धेरै बेर सम्झाउदा सम्झाउदा गरेपछी पत्याइ।
फेरी कुरामा गर्दा गर्दै मैले उसलाई नाकमा छुन खोज्दा उसले मेरो हातलाई रोक्न खोजी र दुबइहातले फल्दा उसको छातीमा गएर अडिए। मैले हत्तपत्त हात निकाले उ पनि तर्सी। बोल्दाबोल्दै मलाई छाड्ने त होला नि! केटाहरुको के भर भनेर अर्कोतिर फर्की। मैले के भनेकी यस्तो हाम्रो प्रेम यस्तो छ र? भनेर उसलाई अङालो हाले। उसले फेरी नसालु प्रेमी आँखाले म तिर हेर्दै “लभ यु” भन्दै छात्तिमा टास्सी र मायालु अनुहारले मलाई हेरिरही। फेरी मेरा ओठ थामिन सकेनन न त उसकै। दुबैजना एउटा स्वप्न संसारमा पुग्यौ। त्यतिसम्म बन्द कैदिजस्ता भएका मेरा हात एकाएक फुस्किएर उसका जिउभरी सल्बलाउन थाले। दुबै जनाका धड्कन र सास बढेर कुन बिन्दुमा पुगेका थिए कुन्नी! उसको ठुलो आवाज आएजस्तो भाईरहेको थियो। “मैले वातवरनण शान्त पार्न सकिन न त उसलेनै सकी!” बरु मैले छेवैमा बेवारीसे जस्तो फालिएको मेरो मोबाइलबाट गाना सानो आवाजमा गाना बजाइदिए “भीगे ओठ तेरे प्यासा दिल मेरा…..”
उसले मलाई अङालो हालेर छाड्दै छाडिन। दुबै आँखा बन्द थिए। मेरा हात उसका ति प्यासी अङहरुलाई एक एक गर्दै स्पर्श दिनमा ब्यस्त अनी मेरो मुख बच्चाको जस्तो भएको थियो। एक एक कपडा खोलिदै गए। हामी बिच केही कुरा छोपिएर रहेन। मैले उसलाई त्यो कण्डम दिने ईशारा गरे उसले निकालेर दीइ। फेरी केही क्षण हामी यौन संसारमा डुबुल्की मार्न पुगयौ मैले उसको मुखबाट निस्केको आवाज भन्दा अरु केही सुनेको थीईन। आँफैभित्र हराएको थिए म।
केही क्षणको स्वप्न संसारको आनन्दले दुबै जनालाई सिथिल बनाएछ म ट्वाइलेट गएर सफा भएर आएर सुते उ पनि नुहाउन निस्की। उ नुहाएर आउँदा म हल्का निदाएको रहेछु। सासुले बिहानै खाना पकाएर राख्दिनु भएको रहेछ। उसले खान्न भन्दा पनि आफ्नै हातले खुवाएरै छाडि। म खाना साना खाएर बिदा मागेर निस्के। निस्केर अली पर पुगेर फर्केर हेर्दा उ मलाई नै हेरिरएकी थीई।
म दसैं मान्न घर आए। आएको भोलिपल्ट साथीहरुले गेट टुगेदर गर्ने कार्यक्रम राखेका रहेछन म पनि गए। हाम्रो भन्दा पछील्लो ब्याजका पनि मिल्ने मिल्ने भाई बहिनी हरु आएका रहेछन २-४ जना। दिनभरी गफ गरियो खानपिन भयो सबैले फोटाहरु खिच्यौ। म पनि सबैसँग भेट्न पाउदा खुशीले गदगद भएको हुदो हुँ सबै जना सँग फोन नम्बर मागे। बेलुकापख घर फर्केर एउटा ग्रुप फोटो सबैलाई ट्याग गरेर फेसबुकमा हालिदिए।
हालेको केही बेरमै सपनाको मेसेज आयो “अन्जनालाई चीन्नु हुन्छ त्यो तपाईंले हालेको फोटोमा छ त” मैले “हो चिन्छु एउटै स्कुलको बहिनी हो” भने। उसको कक्षाको साथी पनि रहिछ। कलेजकै होस्टलमा बस्छे भनेर सुनाइ। शायद मैले उसलाई रिक्वेस्ट पठाउदाकी म्युचल फ्रेण्ड उहीनै थीई। मैले हेर्न बिर्सेंछु। दसैं तिहारमा पनि दैनिक धेरै जसो हामी च्याट गरिरहेकै हुन्थ्ह्यौ। उ मेरा बुवा ममी भाईलाई मैले झै बुवा ममी भाईनै भनेर कुरा गर्थी म सँग। एक चोटि फोन कोठामानै छाडेर म बाहिर निस्केको बेला ममिले फोन आएको थाहा पाएर उठाउदा साथी हो भनेर बोलिछ। ममिले खुब फोन आईराख्या थियो के हो लभ पर्या छ कि क्या हो मेरो छोराको भनेर जिस्काउनु भयो मैले “जे पायो त्यही नभन्नु है भनेर टारे”
दशै तिहार पछी फेरी म काठमाडौं आए। फेरी त्यसरिनै हाम्रा भेटहरु बाक्लिन थाले। जाडो महिना म बिहान म छिटो उठ्न नसक्ने भएकाले उ सँग रिसारिस पारीरहन्थ्यो। आएको पहिलो शनिबार नै हामी धुलिखेल घुम्न गयौ। उसले त्यतिबेला नै मलाई सोधेकी थीई हजुरलाई कुन ठाउँ मन पर्छ भनेर मैले तिमी जहाँ हुन्छौ त्यही छेउको ठाउँ मालाई खुब मन पर्छ। अनी तिम्रा मुटुका चारै कोठा मेरा लागि बेस्ट हुन भन्दिएको थिए। उसले भावुक हुँदै मेरो अनुहारमा हेरेर “लभ यु” मात्र भन्न सकी। उसका हरेक पहिरन मैले रोजिदिएका मात्र हुन्थे। म जे राम्रो भन्थे त्यही लगाउथी। जसो भनो त्यसै गर्थी पनि। शायद मैले भनेका कुनै कुरामा उसले नाइ भनिन।
त्यो जाडोको एक दिन फेरी उसले मलाई बिहानै फोन गरेर भेट्न अाइज भनी। म राम्ररी निन्द्रा नखुलेकै अवस्थामा उठेर हिंड्न पर्यो। आज पनि घर लाने हो कि भन्ने सङ्का भने लागिरहेको थियो। तर घरको कुरा नै निस्केन। मैले नगरकोट जाम भनेर प्रस्ताव गरे। उ सधैं जसो ढिला नगरि फर्किम है भनेर स्विकर्थी। त्यहा पनि त्यसै भनी “मैले मानिदिए” तर उसको कलेज ड्रेसले अफ्टेरो पारीरहेको थियो। एउटा तिसर्टमा आफु नङ्गिएर उसलाई त्यही सधैंको फेमस बनिसकेको ज्याकेट दिए। लागेर गोजी चेक गर्दै हासी। मैले बाइक हुइक्याए।
एउटा होटलमा रुम बुक गरियो। उसले खाना नखाने भनी मलाई नि खान मन लागेन। अरु नै खाने कुराहरु मगाएर खायौ। उसले बर्गर मगाइ मैले म:म। उसले खादा खाँदै आधा खाएर मलाई मुखमा राखीदीई मैले थोरै टोकेर उसलाई खुवाइ दिदा अलिकती बर्गर उसको छात्तिमा झर्यो। मैले मेरो हातैले निकालेर पुछिदिए। दुबैजना एउटै बेडमा एक अर्कापटी फर्केर सुत्यौ उ मेरो कपाल सुम्सुम्याउदै मेरो आनुहार र जिउमा हात लर्बराउन थाली। मैले खप्नै सकिन सिधै उसको ओठमा मेरा ओठहरु पुर्याइ हाले। त्यहापनी ओठ बाट सुरु भएको हाम्रो प्यास यौन सम्म पुग्यो। बेलुका फर्कदा उसको घरमा कलेजबाट कलेज नाआएको भनेर फोन गएको रहेछ रे। उसले अर्की पनि सपनानै नाम गरेकी साथी भएकाले झुक्किएर आएको होला भनेर ढाटे भन्थी। धन्न थर चाँही कलेज बाट फोन गर्नेले भनेनछ।
त्यो असुरक्षित संपर्क भएको थियो। त्यस पछी २-४ दिनमै उसको पिरियड हुनु पर्ने भएन। ६-७ दिन कुर्दा पनि भएन। उ आत्तिएकी थीई। म पनि आत्तिएको थिए। उसले प्रश्न गरेकी थीइ- “यदी यो हाम्रो बच्चा रहेछ भने तपाईं यस्को बुवा हो, तपाईंले मलाई एक्लो पार्न पाउनु हुन्न नि!” म त मर्छु बरु। मलाई यो बिल्कुल नौलो र नयाँ प्रश्न बनेको थियो। म जसो जे भएपनी त्यतिखेरै विवाह र पत्नी भन्ने कुरा रोज्न सक्दिनथे। मैले उसलाई उत्तरमा पनि त्यसै भनेको थिए “म जे गर्छु बरु तर यस्तो कुरा बारे मैले सोचेको पनि छैन, तिमी चिन्ता नगर सबै ठीक हुन्छ” आफुलाई साहरा चाहिएको बेला आफ्नो कर्तब्यनै भुल्ने हजुर भनेर रोई, मैले भोलिपल्ट नै उसको कलेज सकिएपछी हस्पिटल लिएर गए। पिसाब चेक गर्दा गर्भ भएको देखायो। औषधी दिएर खादा ठीक हट्ने भनेर सल्लाह पाइयो। एउटा साथीलाई लगेर मेडिकलमा गएर औषधी किनेर उसलाई भोलिपल्ट पुर्याइदिए। लुकाएर खानु भनेर। बिचरी! वोमिट आएर केही खानै मन लाग्दैन भनेर भनी २-४ दिन सम्म। तर त्यो मेरो उत्तर प्रती धेरै दिन सम्म चित्त दुखाइरही।
उसको सेकेण्ड टर्म सकिएर बसेकी थीई। एक शनिबार बेलुकी मलाई आत्तिदै अनलाइनमा आउन भनी। मैले किन हो कुन्नी भनेर हतार हतार गरेर सोधे। पहिलेनै रुएको ईमो पठाइ मैले के भयो भनेर सोधी रहे। भनी-“एक जना बाबाकै स्टाफ को साथीको घर बाट मेरो विवाहको लागि प्रस्ताव आएको रहेछ। अनी कुरा मिले मेरो बोर्ड एक्जाम सकिएपछी विवाह गर्ने भन्या छन रे। केटा अष्ट्रेलियन पिआर वाला रे।” म भर्खर निन्द्राबाट ब्युझेजस्तो झसङ्ग भए। सोधे अनी तिमी के गर्छ्यौ त? उसले रिसाएर भनी- “अब यस्तै कुरा गर्नु हजुर चाँही म के गर्छु त्यो पनि आज सम्म थाहा पाउन सक्नु भएन।” फेरी यो कुराले पनि हामीमा नराम्रो स्थिती ल्यायो। म जे भएपनी विवाह अहिलेनै गर्ने अवस्थामा छुइन। बाबा मम्मिलाई सम्झाउ भनेर भने। उ थोरै कुडीइ यो कुरामा पनि। जे कुरामा पनि मलाई हजुरले साथ किन दिनु हुन्छ त भनेर झगडानै पर्यो। २-३ दिन फेसबुकमै बोलेनौ। म ति कुरा बाट पन्छिन खोजेको थीईन मात्र मैले भबिस्य निर्माणलाई पहिलो प्राथमिकता दिएको कुरा उसलाई बाटएको पनि थिए। उसले मलाई स्वार्थी पनि भनीदीइ रिसको झ्वाकमा मैले केही उत्तर फर्काइन। उसको नजरमा म स्वार्थी देखिए पनि उसलाई कती माया गर्थे त्यो कसरी देखाउन सक्थे र? सबैकुरा सहिरहे।
२-३ दिन नबोले पछी उ नै फेरी बोल्न अाई। भ्यालेनटाइन डे नजिकिदै थियो। जे जे भयो त्यो भयो भनेर मैले माफि पनि मागे। भेट्ने कुरा पनि भयो। म उस्लाई सबै माफिका साथ घडी उपहार लिएर गए। चोभार जाने सल्लाह भएको थियो। उसलाई त्यसै गरी म लिन गएको थिए। चोभार पुगेपछी मैले आई लभ यु भन्दै गुलाब र घडी थमाइदिए। खुशी भएजस्तो गरी तर मलाई त्यतिले पुगेको थिएन तर पनि केही भनिन। उसले पनि मलाई हिजो बाहिर निस्कनै पाइन बिहान तिर कतै रोज पाइन यही लेर आए है २-४ दिन राख्नु अनी मलाई नै फिर्ता दिनु नि भनेर त्यही मैले पहिला बडो दु:खका साथ दिएको रोज हातमा राखेर लभ यु टु भनी। मैले यस्तो खुशीयालीपूर्ण दिनमा कसरी निरास पार्ने भनेर केही भन्न सकिन। फुल बोकेर आए। उ त्यस पछी एक्जाम आएको भनेर च्याट र फोनमा पातलिन थालि। अन्तत: हाम्रो सम्बन्धले बिश्राम लियो। आयुशले गहभरी आसु पर्यो। नरौउ भन्दा भन्दै मेरा पनि आशु झरे।
मैले फेसबुकमा अनी उ सँग भएको नम्बरमा फोन गर्ने प्रयाश गरे तर लागेन। फेसबुक पनि डीक्टिभेट रहेछ। आशा छ कुनै दिन सपनालाई भेटेर किन यसो भयो भनेर दुई तर्फी कुरा गराउने छु।
समाप्त।
समर्पण: माया गर्ने सबैलाई।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)