~बिष्णु राई~
जिन्दगीका यात्राहरुमा हिड्दै जाँदा
जिन्दगी नै ठोकिएको थाहा भएन
हृदयका इछ्छाहरुलाई किच्दै जाँदा
उकालीमा घाम डुबेको थाहा भएन
दोभान पारी अँधेरीमा जिन्दगीलाई कहिले बिसाई हेरेँ
मनको भारी टेकाएर खोलासँगै सुसाई हेरेँ
धेरै धैरै घामपानीमा जिन्दगीलाई कहिले डोहोर्याछई हिडेँ
खुशी पाउने झुठो आशामा कहिले आँफै रमाई हेरेँ
शब्द – बिष्णु राई
संगित – दिनेश सुब्बा
स्वर – अरूण थापा