~भूपेन्द्र काफ्ले ‘नयन’~
“…….आज डिसेम्बर २१ ,आज डिसेम्बर २१ ……..”
कसैले हल्ला गर्दै थिए र मान्छेका आखामा प्रष्टै भय देखिन्थ्यो | बिशेष गरि बिरामी र उनिहरुका आफन्तहरुमा अनि केहि मात्रामा डाक्टर र म जस्ता नर्सहरुमा पनि |
“तपाइलाई कस्तो छ ?”, वार्ड चेक गर्दै जादा एक बिरामीलाई सोधे |
“खै नानी बाचेकै छु भनु कि कालले लान सकेन भनु दोधारमा छु |”
उनले रमाइलो तरिकाबाट आफ्नो बिराम प्रति तिखो घोचो प्रहार गर्दा त्यसको पिडा मलाई पनि पर्दै थियो | एउटा मध्य स्तरको परिवारमा बाल-बच्चा कि आमा बिरामी अनि बुबा पनि सानैमा बितेका छोरा-छोरी गाऊमा अरुको सहारा मा ……..|
सायदै अरुको दू;खमा आफ्नो भावना धेरै नै बगे छु जस्तो छ , आफैलाई रोक्दै र मनलाई सम्झाउदै थिए तर अचम्म अन्य बिरामीलाई जस्तो ति दिलमाया दिदिको आखामा संसार अन्त्य हुने डर थिएन न त मर्दै गरेको शरीरको नै पिडा थियो | चिन्ता थियो त केवल ति आफ्ना साना लाला बालाको जसको जीवन उनि सगै अस्पतालमा कैदी बनेर बसेको थियो | मैले हास्दै भने ,” दिदि आज त सबै मरिन्छ रे नि है ?”
उनले ठाडो उतर दिदै भनिन,” खोइ आफु त त्यसकै आशमा छु| “
एक समय मलाई तिनै दिदीले भनेकी थिन, उनको उपचारमा सबै सम्पति सकिएछ तर ति पापी मृगौलाले उनलाई सताउन कहिलै छाडेनन् रे |”छोरा छोरीलाई स्यार गरेर बस्ने बेलामा अस्पताल आएर बस्नु पर्यो सार्है पापी रहेछु म त”,उनि भन्दै थिइन् |
उनको त्यो बेदनाले मलाई हरपल एउटा गरिब झुप्रोको दू:ख अबगत गराउदै थियो | एक्कासी कसैले पछाडीबाट बोलायो ,” सिस्टर दिदिलाई कस्तो छ अहिले?”
दिलमाया दिदिका भाई रहेछन | अलिक ठिक हुदै छ भन्ने मेरो झिनो आश उनीलाई पनि बाढ्न भ्याए| उनले उपचारका लागि अलिकति बचेको घर खेत पनि बेचेर आएका रहेछन | रुदै सुनाए |
म त्यहाँबाट चाडै निस्कने प्रयास गर्दै अघि बढे, हुन त मेरो नाईट डिउटीको समय सकिएको थियो | म बिस्तारै घर तर्फ लागे | अलि अलि हुसु र ठिक्क चिसो , मौसम राम्रै मान्नु पर्छ| घर पुगेपछि त म पनि त्यहि भएको पछाडी लागेर होला घरबाट बाहिर निस्कने आट नै भएन |
साझ सगै फेरि अस्पतालको सम्झना अनि हतार हतार गर्दै लागे अस्पताल तिर| बाटोमा एउटा बालकले आफ्नो साथीलाई भन्दै थियो ,” आज त ९:१५ मा प्रलय हुन्छ रे |” बाल बालिकामा परेको मानसिक प्रभाब थियो सायद यो | अस्पताल पुग्न्ना साथ पुन: बिरामीको स्याहार गर्न थाले तर पुन: अचम्म लाग्यो| बिहान त्यस्तो कालो अनुहार बनाउने दिलमाया दिदि निकै खुशी थिन| उनको त्यो खुशीमा मेरो मनले कुनै तरङ्ग जन्माउन सकेन, तरङ्ग जन्माउने पुरै प्रविधी नै पुरानो भैसकेछ क्यारे|
रात अन्धकारमय हुदै जादा बिरामीका कुरुवाको चहलपहल भने घट्दै थियो | परबाट तिनै दिलमाया दिदिका भाई आउदै थिए, अलिक हताश मुद्रामा …..| मलाई नै केहि भन्न आएका हुन् जस्तो पनि लाग्यो र सोधे ,” के भो दाजु ?”
उनले भने,” हेर्नु न सिस्टर दिदि कता जानु भो कता बेडमा त हुनु हुदैन | “
अर्को तर्फबाट आवाज आयो,” यहाँ कोहि झुन्डिएको छ |”
साच्चै त्यहाँ दिलमाया दिदि नै थिन|आफ्नो सलको साहारामा सिडी मुनि उनले आत्महत्या गरिछन | म आफैमा एकोहोरिन पुगेछु | सोच्न पुगेछु , बाबु नभएका र आमाले पनि साथ छोडेपछि ति साना लाला-बालाको जीवनमा साच्चै प्रलय आएन र? लाग्यो उनीहरुको संसार अन्त्य भए जस्तै लाग्यो | कतैबाट मेरो आखा भित्तामा भएको घडीमा ठोकिन पुगेछ | त्यहाँ ९:१५ बजेको थियो, हो त्यहि ९:१५ जसले दिलमाया र उसको परिवारमा प्रलय ल्यायो |
(स्रोत : रचनाकारको ब्लगबाट सभार)